Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

सरकारद्वारा निर्धारित तलब माग गर्दै बाल विकास शिक्षिका र कर्मचारी आन्दोलित

रौतहट माघ १९, २०७८ सरकारद्वारा निर्धारण गरिए अनुसारको तलबको माग गर्दै रौतहटको कटहरिया नगर क्षेत्रका बाल विकास शिक्षिका र विद्यालय कर्मचारी आ...

रौतहट माघ १९, २०७८
सरकारद्वारा निर्धारण गरिए अनुसारको तलबको माग गर्दै रौतहटको कटहरिया नगर क्षेत्रका बाल विकास शिक्षिका र विद्यालय कर्मचारी आन्दोलित भएका छन् । नगरपालिकाले आफै घोषणा गरेको र सङ्घीय सरकारले घोषणा गरेकोको तलबमान माग गर्दै शिक्षिका र विद्यालय कर्मचारी आन्दोलित भएका हुन् ।

आर्थिक वर्ष २०७७/७८ मा कटहरिया नगरपालिकाले नगर क्षेत्र अन्तर्गतका  बाल विकास कोटामा कार्यरत शिक्षिका र विद्यालय कर्मचारी गरी ६० जना लाई खाइपाइ आएको मासिक तलबमा २ हजार थप्ने घोषणा गरेको थियो । लगत्तै आर्थिक वर्ष  २०७८/०७९को सङ्घीय सरकारले बजेट भाषणमा खाइपाइ आएको भन्दा थप मासिक ७ हजार स्थानीय तहले दिनुपर्ने घोषणा गरेको थियो । कटहरिया नगरपालिका आफैँले घोषणा गरे अनुसार तथा सङ्घीय सरकारले गरेको घोषणा अनुसार तलब नदिएर पुरानो तलबमान ८ हजार मात्र दिँदै आएको मावि कटहरियाका कार्यालय सहयोगी हरि यादवले कटहरिया एफएम लाई गुनासो गरेका छन्  ।

सरकारको घोषणा गरे अनुसार तलबको माग गर्दै  त्रिशक्ति प्रावि कटहरिया १ भसेढवाकी  बाल विकास शिक्षिका सिकिला देवी दाशको नेतृत्वमा दर्जनौँ शिक्षिका र कर्मचारी  मंगलबार नगरपालिकाको मूलगेटमा तालाबन्दी गर्न गएको थियो । तर कटहरिया नगर प्रवक्ता चन्दन कुश्वाहाको पहलमा उनीहरूको आन्दोलन तत्कालका लागि स्थगित भएको छ । नगर प्रवक्ता चन्दन कुश्वाहाको नेतृत्वमा बसेको  दुई पक्षीय बैठकमा हाल बाहिर रहेका मेयर सियाराम कुश्वाहा आएको १ हप्ता भित्र समस्या समाधान गर्ने लिखित सहमति भएको छ। सहमति अनुसार कार्यान्वयन नभएमा नगरपालिका कार्यालय मा अनिश्चित कालिन तालाबन्दी गरी आन्दोलन गर्ने शिक्षिका तथा विद्यालय कर्मचारीले चेतावनी दिएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content