Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

पर्सामा चालु आर्थिक वर्षको ६ महिनामा ९ सय ९९ उद्योग दर्ता 

वीरगंज । कोरोना सङ्क्रमणको कारण मुलुकका अन्य क्षेत्र प्रभावित भए पनि पर्सा जिल्लामा साना तथा घरेलु उद्योग भने उत्साहजनक रुपमा थपिएका छन् ।...

वीरगंज । कोरोना सङ्क्रमणको कारण मुलुकका अन्य क्षेत्र प्रभावित भए पनि पर्सा जिल्लामा साना तथा घरेलु उद्योग भने उत्साहजनक रुपमा थपिएका छन् । 

मुलुकको प्रमुख आर्थिक केन्द्र तथा औद्योगिक नगरी वीरगंजमा बहुराष्ट्रिय कम्पनी, ठुला उद्योग कलकारखाना सँगै साना तथा घरेलु उद्योगहरू समेत खुल्ने क्रमले तीव्रता पाएको छ । 

घरेलु तथा साना उद्योग कार्यालय वीरगंज पर्साकी प्रमुख रिमा साहले चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा पर्सा जिल्लामा ९ सय ९९ वटा उद्योग दर्ता भएको जानकारी दिनुभयो । 

उहाँले कोरोना सङ्क्रमण तथा त्यसका कारण सिर्जित असहज परिस्थितिमा पनि छ महिनामा ९ सय ९९ उद्योग थपिनु आर्थिक विकासका लागि सकारात्मक रहेको बताउनुभयो । चालु आर्थिक वर्षमा उत्पादनमूलक १ सय ६३, कृषि तथा वनजन्य उद्योग ३ सय ७२, सेवामूलक उद्योग ४ सय ६१, पर्यटन सँग सम्बद्ध ३ वटा गरी ९ सय ९९ उद्योग दर्ता भएको  साना उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय वीरगंज पर्साका सूचना अधिकारी सरिता खड्काले बताउनु भयो । 

उद्योग दर्ता सँगै चालु आर्थिक वर्षमा थप ९ सय २२ महिला र २ हजार ७ सय २१ पुरुष गरी ३ हजार ६ सय ४३ जनाले प्रत्यक्ष रोजगारी पाउनुको साथै ६ महिनामा ७० लाख ६ हजार ९ सय ३ रुपैयाँ राजस्व सङ्कलन समेत भएको कार्यालयले जनाएको छ । 

कार्यालयकी सूचना अधिकृत खड्काले आर्थिक बर्ष २०७७÷७८ मा साना उद्योगले ७ हजार ८ सय ११ जनालाई रोजगारी दिएको तथ्याङ्क रहेको जनाउँदै तीमध्ये महिलाको सङ्ख्या २ हजार ६ सय ७५ र पुरुषको सङ्ख्या ५ हजार १ सय ३६ रहेको बताउनुभयो । 

कोरोना महामारीको समयमा पनि यति धेरै उद्योग खुलेर ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गरिनु आर्थिक विकासका लागि निकै महत्त्वपूर्ण रहेको बीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोध गुप्ताले बताउनुभयो । 

दुई वर्ष कोरोनाका कारण आर्थिक क्षेत्र निकै प्रभावित भए पनि घरेलु उद्योग भने वृद्धि हुनु सकारात्मक रहेको बताउँदै वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक वैद्यले    बेरोजगारी समस्या समाधानका लागि पनि घरेलु तथा साना उद्योगले राम्रो भूमिका निर्वाह गरेको तथ्याङ्कले देखाएको जानकारी दिनुभयो । 

आर्थिक बर्ष २०७७/७८ मा घरेलु तथा साना उद्योग कार्यालयमा १ हजार ४ सय ९ वटा उद्योग दर्ता भएको तथा १ करोड २८ लाख २० हजार २ सय ९५ रुपैयाँ राजस्व सङ्कलन गरेको सूचना अधिकारी खड्काले बताउनुभयो ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content