जनकपुर,११ माघ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ चारनाथ पुलमा गएराती बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
स्थानीय ६५ वर्षीय राजेन्द्र प्रसाद जैसवालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
ना ७ ख ७४ ४३ नम्बरको बसले पैदल हिडिरहेका उनलाई गएराती साढे १० बजे ठक्कर दिएको हो । बस सहित चालकलाई प्रहरी चौकी पोर्ताहाले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया