Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

"रिलायन्स सुगर एण्ड केमिकल ईन्डष्ट्रिज प्रा.लि.ले ८ दिनमा १ लाख ३५ हजार मैट्रिक टन उखु क्रसिङ गरे , लक्ष्य लिएको उखु क्रसिङ समयमा नै हुने उखु महाशाखा प्रबन्धक नन्दलाल प्रसाद कुशवाहाको भनाइ "

 अजय यादव वियोगी  कलैया ,बारा । "रिलायन्स सु गर एण्ड केमिकल ईन्डष्ट्रिज प्रा.लि.ले ८ दिनमा १ लाख ३५ हजार मैट्रिक टन उखु क्रसिङ गरे , लक...

 अजय यादव वियोगी 

कलैया ,बारा ।


"रिलायन्स सु


गर एण्ड केमिकल ईन्डष्ट्रिज प्रा.लि.ले ८ दिनमा १ लाख ३५ हजार मैट्रिक टन उखु क्रसिङ गरे , लक्ष्य लिएको उखु क्रसिङ समयमा नै हुने उखु महाशाखा प्रबन्धक नन्दलाल प्रसाद कुशवाहाको भनाइ "

 बाराको कलैया उपमहानगरपालिकाको मनहर्वामा रहेको चिनी मिलको काम धमाधम भईरहेको छ ।रिलान्यस सुगर एण्ड केमिकल एण्डष्ट्रिज प्रा.लि.ले समयमा उखु क्रसिङ गर्न थालेपछि  उखु किसानहरु खुशी भएका छन् ।यहीँ पुस १७ गते देखि सुरु भएको उखु क्रसिङ ८ दिनमै १ लाख ३५ हजार मैट्रिक टन उखु क्रसिङ भईसकेको छ।चिनि मिल यही रफ्तारमा चले समयमा नै मिलले लक्ष्य लिएको उखु क्रसिङ गर्न सकिने उखु महाशाखा प्रबन्धक नन्दलाल प्रसाद कुशवाहाले बताउनुभयो ।मुख्य रुपले चिनी मिल सञ्चालन भएपछि चलान ,जेटिएहरुको काम ,अाम किसान सम्म पुगाउन अाफूहरु लागि परेको उखु महाशाखा प्रबन्धक कुशवाहाले बताउनुभयो ।श्री गढीमाई राष्ट्रिय दैनिकले यसअघि नै प्रकाशन गरिसके अर्थात १८ लाख मैट्रिक टन उखु क्रसिङ गर्ने लक्ष्य मिल प्रशासनको रहेको उखु महाशाखा प्रबन्धककुशवाहाले बताउनुभयो ।यसपालि समयमा नै रेट निर्धारण भएकाले उधोगपति देखि लिएर अाम किसान सबै खुशी भएका छन् ।नेपाल सरकारले प्रति क्विन्टल ५ सय ९० रूपैयाँ निर्धारण गरेको उखु महाशाखा प्रबन्धक कुशवाहाले बताउनुभयो ।चिनी मिलले किसानलाई प्रति क्विन्टल ५ सय २० रुपैयाँ मात्र भुक्तानी दिने उखु महाशाखा प्रबन्धक कुशवाहाले बताउनुभयो ।बाँकी रहेको ७० रुपैयाँ नेपाल सरकारले कोलिनाका माध्यम किसानको खातामा सिधै पठाउने उखु महाशाखा प्रबन्धक नन्दलाल प्रसाद कुशवाहाले बताउनुभयो ।उखु मिल ७५ दिन देखि ९० दिन सम्म निरन्तर रुपले चल्ने उखु महाशाखा प्रबन्धक कुशवाहाले बताउनुभयो खास गरि अहिले मिलमा टेलर ,टेलारी ,टायर र ट्रकबाट ढुवानी हुने गरेका छन्  ।पहिला भन्दा मिलको काम राम्रो भएको उखु किसान नरेन्द्र प्रसाद साहले बताउनुभयो ।पहिला भुक्तानी लिन अान्दोलन गर्ने गरेको भएपनि अहिले सिधै ५ दिनदेखि  १५ दिनको भित्रमा भुक्तानी मिल्ने गरेको किसान   साहले बताउनुभयो ।टेलरमा ७५ क्विन्टल ,टेलारीमा ५० क्विन्टल ,टायरमा २५ क्विन्टल  र ट्रकमा १ सय ५० क्विन्टलका दरले ढुवानी गर्ने गरेको मिल प्रशासनले जानकारी दिएका छन् ।कामदार र अन्य कर्मचारीका कारण दिनरात चिनी चलिरहेको मिल प्रशासनले जानकारी दिएका छन्  ।अहिले किसानलाई सहज होस भनेर पालैपालो चलान समेत दिएको अवस्था रहेको मिल प्रशासनले जानकारी दिएका छन् ।प्राविधिक धार समेत मजबुत बनाईएको छ ।सबै कर्मचारीहरुको रेखदेख राम्रोसँग गरिने गरेको मिल प्रशासनले जानकारी दिएका छन् ।मिलबाट निस्केको फोहर जन्य पदार्थबाट अर्गानिक मल बनाउने गरेको ,पानीको निकास समेत राम्रो बनाईएको उखु महाशाखा प्रबन्धक नन्दलाल प्रसाद कुशवाहाले बताउनुभयो ।उखु किसानहरुलाई उखु मिलमा पुर्याउन चटारो भएको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content