Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बेहुली लिन जाने क्रममा रथ पल्टिदा २ को मृत्यु, १४ घाइते

वीरगंज । बाराको आदर्शकोतवाल गाउँपालिकामा गएराति बेहुली लिन जाने क्रममा रथ पल्टिँदा दुई युवतीको घटना स्थलमै मृत्यु भएको छ भने रथले च्यापिएर...

वीरगंज । बाराको आदर्शकोतवाल गाउँपालिकामा गएराति बेहुली लिन जाने क्रममा रथ पल्टिँदा दुई युवतीको घटना स्थलमै मृत्यु भएको छ भने रथले च्यापिएर अन्य १४ जना घाइते भएका छन् ।

घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको हुँदा वीरगंज स्थित एल.एस.न्युरो अस्पतालमा उपचार भइरहेको छ भने अन्य ६ जना घाइतेको कलैया स्थित राज्यलक्ष्मी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं डिएसपी राजेश थापाले जानकारी दिनुभयो । 

रथ पल्टिएर घटना स्थलमै मृत्यु हुनेमा आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ बतरा निवासी बनारसी रामको छोरी १६ वर्षीया निलम कुमारी राम र सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ जानकी नगर निवासी दीपेन्द्र रामको श्रीमती २५ वर्षीया बालकुमारी राम रहेको डिएसपी थापाले बताउनुभयो । 

स्थानीय लक्षु राम महरा चमारको छोरा सियाराम महरा चमारको बिहेका लागि चार पाङ्ग्रे रथ गाउँमा ल्याइएको थियो । 

रथ समेत लिएर गाउँकै ब्रम्हस्थानमा पूजा गरी फर्किने क्रममा रथ अनियन्त्रित भई पल्टिएर सो दुर्घटना भएको थियो । रथ दुलही लिन जानका लागि दुलहा चढ्न अगाडि नै पल्टिएको प्रवक्ता थापाले जानकारी दिनुभयो ।  


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content