Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

रेणु यादवले राउतलाई मार्ने नियतले अभिव्यक्ति दिएको होइन- राज्यमन्त्री यादव

जनकपुर, ७ माघ । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले भौतिक पूर्वाधारमन्त्री रेणु यादवले जनमत पार्ट...

जनकपुर, ७ माघ । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले भौतिक पूर्वाधारमन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतको हत्या गर्ने नियतले अभिव्यक्ति नदिएको दावी गरेका छन् ।

हिंसात्मक अभिव्यक्ति दिएकी मन्त्री यादवको सर्वत्र आलोचना भइरहेको बेला राज्यमन्त्री यादवले आज जनकपुरमा पत्रकार सम्मेलन गरेर उनको बचाउ गरेका हुन् । उनले मन्त्री यादवले हिंसात्मक गतिविधि नगर्न सीके राउत र उनका कार्यकर्तालाई सुझाव दिएको दावी गरे ।

‘सीके राउतकै कार्यकर्ताले मन्त्री यादवसहित जसपा कार्यकर्तामाथि सांघातिक हमला गर्ने योजना बनाएको थियो’, जसपा नेता तथा राज्यमन्त्री यादवले दावी गरे, ‘बाटो छेकेर हमला गर्न खोज्ने १५र२० जना राउतका कार्यकर्ताका अगाडी हजारौं जसपाका कार्यकर्ता संवेदनशील नभएको भए अर्कै परिस्थिति सृजना हुने थियो ।’

राज्यमन्त्री यादवले किसान आन्दोलनको नाममा जनमत पार्टीले गैरलोकतान्त्रिक र अराजक गतिविधि गरिरहेको आरोप समेत लगाए । उनले भने, ‘रेमण्डको टाई र सुनको सिक्री लगाउने सिके राउतको किसान आन्दोलन नक्कली हो ।’

गौर नरसंकार नै दोहोर्‍याउने अभिव्यक्तिको सवालमा उनले भने, ‘गौर घटनामा हाम्रो पार्टीको संलग्नता छैन । जनताले प्रतिकार गर्दा त्यो घटना घटेको थियो । र मन्त्री ज्यूले गौर घटना नै दोहोर्‍याउने कुरै गर्नभएको छैन ।’

गौर क्रान्तिकारी भूमि भएको र यसरी हिंसात्मक गतिविधि गर्दा त्यस्तै घटना दोहोरिनसक्ने भएकाले त्यस्तो गैरलोकतान्त्रिक र अराजक गतिविवधि नगर्न मन्त्री यादवले चेतावनीमात्र दिएको उनको तर्क छ । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content