वीरगंज, १८ पुस । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल पर्साको पांचौ जिल्ला अधिवेशन वीरगंजमा सम्पन्न भएको छ । जिल्ला अधिवेशनले श्याम बन्जाराको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्य समितिको निर्विरोध निर्वाचित गरेको छ ।
प्रेस चौतारीको उपाध्यक्षमा तुलसी भण्डारी र कविता खड्का निर्वाचित भएका छन् भने सचिवमा राजेन्द्र सिंह नेपाली, सहसचिवमा महम्मद सदाब र सन्तोष पटेल, कोषाध्यक्षमा राकेश साह निर्वाचित भएका छन् । सदस्यहरुमा नेहाल खान, मनीष पौडेल, एसके चौरसिया, दिपेन्द्र साह, धनञ्जय मिश्र, शम्भु थारु, प्रकाश तिवारी, नीलम चौधरी, हेमकृष्ण चापागाई, कृष्ण कुशवाहा, विकास साह, मन्सुर खान, एन्जल चौधरी, नितेश कर्ण, लगायत रहेका छन् ।
त्यसैगरी सल्लाहकारमा प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, किरणराज पाण्डे, सञ्जय साह, सरोज खडका, मनोज मिश्र, युवराज खडका र लक्ष्मी खरेल निर्वाचित भएका छन् । केन्द्रीय प्रतिनिधिमा महेश दास, अनुप तिवारी, महेशचन्द्र गौतम, सुषमा शर्मा चयन भएका छन् भने प्रदेश २ प्रतिनिधिमा जितेन्द्र साह, श्याम कुशवाहा, निरञ्जन मिश्र, लक्ष्मी खरेल, सफल खतिवडा, कन्हैया गुप्ता, आशिक अन्सारी निर्वाचित भएका छन् । नवनिर्वाचित पदाधकारी सदस्यहरुलाई प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले शपथग्रहण गराउनभुभएको थियो । उद्घाटन सारोहमा नेकपा एमालेका केन्द्रयि सदस्यहरु निर्मला देवकोटा, अरविन्द सिंह, राजकुमार गुप्ता, प्रभु हजरालायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया