Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

" बारामा गेहुँको बीउ छर्नेको चटारो ,रासायनिक मलको अभावले किसान चिन्तित "

सन्दिप प्रसाद यादव  कलैया ,बारा । " बारामा गेहुँको  बीउ छर्नेको  चटारो ,रासायनिक मलको अभावले किसान चिन्तित " शिक्षित ,सुखी जनता सा...

सन्दिप प्रसाद यादव 
कलैया ,बारा ।
" बारामा गेहुँको  बीउ छर्नेको  चटारो ,रासायनिक मलको अभावले किसान चिन्तित "
शिक्षित ,सुखी जनता सारा 
समुन्नत ,सक्षम ,अात्मनिर्भर बारा यहीँ नाराले बाराबासी खुश हुन्थ्यो ।तर कृषि प्रधान देशमा कृषि सामाग्रीको अभाव हुने हो भने किसानको हाल बेहाल नै होला।अहिले यहीँ भएको छ बाराबासीलाई  ,गेहुँ छर्ने सिजनमा रासायनिक मलको अभावले बरेलि किसानहरु चिन्तित भएका छन् ।बाराको १६ पालिकामा रहेका अधिकाँश गाउँको  किसानलाई गेहुँ छर्नेको  चटारो भएको छ ।बाराको हर्दिया ,प्रशुरामपुर ,मझरिया ,पिप्राढी ,बसतपुर ,मटिअर्वा ,धर्मनगर ,जोतपुर गम्भीरया ,फेटा ,प्रसौनी ,करैया ,हरैया ,बरियारपुर ,सिम्रौनगढ ,परवानीपुर लगायतको ठाउँको किसानलाई गेहुँ छर्न भ्याई न भ्याई भएको छ  गेहुँ छर्ने मुख्य समय अहिले नै भएको बाराको सुवर्ण गाउँपालिका वडा नम्बर -४ घर भएका स्थानीय अगुवा कृषक बिरेन्द्र प्रसाद यादवले बताउनुभयो ।३ बिगाहामा अाफूले गेहुँ बाली लगाउने गरेको त्यसमा पनि अहिले खेतमा रहेको नमि जाला भन्ने डरले धमाधम गेहुँ छर्ने काम भईरहेको अगुवा कृषक यादवले बताउनुभयो ।बाराको दक्षिणी भेगलाई गेहुँको मुख्य ठाउँ मान्ने गरेको बसतपुरका किसान दिनेश प्रसाद सहनीले बताउनुभयो।खेतमा अहिले गेहुँ छर्ने सिजनमा खाध नपाएर अाफू परेशान भएको बसतपुरका किसान सहनीले बताउनुभयो। ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना हुने तथा अन्य अाय अार्जनमा टेवा पुर्याउने कार्यमा सहयोग पुर्याउन एक गाउँ एक उत्पादन (One village One Product) को निति ल्याउनु जरुरी रहेको किसानका अगुवा नेता अशोककुमार यादवले बताउनुभयो। अहिले चारैतिर सरकारै सरकार छ तर किसानको नाममा भ्रष्टाचार बढेको बढै बढैछ सबै लुट्नमा मस्त रहेकाले किसानको वास्तविक समस्या जेवको तेव रहेको किसानका  अगुवा नेता यादवले बताउनुभयो।बीउ प्रतिस्थापन दर वृद्धि गर्नको लागि प्रत्येक पालिकामा बिज वृद्धि कार्यक्रम प्राथमिकताका साथ लागू गरि बीउ प्रशोधन केन्द्रको स्थापना भयो भने गेहुँको बिउको मँहगोमा किन्ने बाध्यता हटने फेटाका किसान जफरुलाह अंसारले बताउनुभयो।बाराको १६ पालिकाले किसानको लागि धेरै योजना ल्याएको भएपनि प्रभावकारी हुन नसकेको कृषिविज्ञहरुले बताएका छन् ।सरकारले जिल्ला कृषि विकास कार्यालय हटाई सबै काम पालिका स्तरमा लगेका कारण राजनीति अासेपासे बाहेक अाम जनतालाई केही नपाएको किसानहरुले गुनासो गरेका छन् ।अहिले नामको मात्र कृषि ज्ञान केन्द्र बनाएको प्रति बाराबासीले अाक्रोश पोखेका छन्। कुनैपनि पालिकामा कृषि अधिकृतहरु छैन ,करारका कर्मचारीको भरमा पूरै कृषि शाखा चलिरहेकोले किसानलाई कुनै जनचेतना मुलक जानकारी मिल्न मुश्किल भएको कलैयाका पर्वतिया देवी साहले बताईन ।पहिला कृषि कार्यालयबाट अनुदान पाउँथ्यो सबैमा तर अहिले के अनुदान पाउनु सल्लाह समेत पाउन मुश्किल भएको स्थानीय महिला साहले बताईन ।कृषि क्षेत्रमा उत्पादन तथा लगानी प्रर्वद्दन ,पूँजी विकास , कृषि बजारिकरण लगायतको क्षेत्रमा  संघिय सरकारले काम गर्नुपर्ने अावश्यकता रहेको  बाराबासीहरुले  बताएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content