श्री गढीमाई संवाददाता
रौतहट
"नेपाली काँग्रेस प्रदेश नम्बर -२मा रौतहटबाट निर्वाचित पदाधिकारीलाई नेपाल शिक्षक संघ रौतहटद्वारा सम्मान तथा बधाई कार्यक्रम सम्पन्न "
रौतहट जिल्लाबाट प्रदेश नम्बर -२ निर्वाचित हुनेहरूलाई नेपाल शिक्षक संघ रौतहटले सम्मान तथा बधाई कार्यक्रम गरेर सम्पन्न गरेका छन् रौतहटको चन्द्रपुर नगरपालिकाको हिमालय होटलमा सो कार्यक्रम सम्पन्न भएको हो ।नेपाल शिक्षक संघ ,रौतहटका अध्यक्ष रामकृपाल यादवको अध्यक्ष्ातामा भएको सम्मान तथा बधाई कार्यक्रममा नेपाली काँग्रेस प्रदेश नम्बर -२ को अध्यक्ष पदमा निर्वाचित हुनु भएका कृष्ण यादवलाई विशेष सम्मान गरिएको छ ।यस्तै प्रदेश सदस्यहरुमा निर्वाचित अरुण साह ,नितेश गुप्ता र सुर्य थापालाई सम्मान तथा बधाई दिईएको नेपाल शिक्षक संघ रौतहटले जानकारी दिएका छन् ।नेपाल शिक्षक संघ ,रौतहटको अायोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा चन्द्रपुरका मेयर रामचन्द्र चौधरी ,रौतहट क्षेत्र नम्बर -१ नेपाली काँग्रेसका सभापति राम यादव,क्षेत्र नम्बर -४का सभापति तथा वृन्दावन नगरपालिकाका मेयर रामस्नेही राय यादव ,पुर्व संविधानसभा सदस्य एवम् यूवा नेता जितेन्द्र यादव लगायत नेता कार्यकर्ता तथा नेपाल शिक्षक संघ ,रौतहटका सबैको सदस्यहरुको उपस्थिति रहेको नेपाल शिक्षक संघका मुकेश यादवले बताउनुभयो ।कार्यक्रमको सञ्चालन शिक्षक कृष्ण थापाले गरेका थिए ।रौतहटका अध्यक्ष भएकाले नेपाली काँग्रेस रौतहटमा बलियो हुने अनुमान गरिएको अायोजक कमिटीले जानकारी दिएका छन् ।
प्रतिक्रिया