Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

नयाँ दिल्लीमा ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलिएको पुष्टि

नयाँ दिल्ली १६ पुस/सिन्हवा दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समु...

नयाँ दिल्ली १६ पुस/सिन्हवा
दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमै पुगेको बताउनुभएको छ । हालैका स्वास्थ्य वैज्ञानिकहरूका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको अधिकारीहरूले जनाएका उहाँले बताउनुभयो ।
अनुसन्धानबाट ओमिक्रोनको सङ्क्रमण समुदायमा पुगेको पाइएको छ भन्दै उहाँले यहाँ पछिल्ला समयमा फैलिएको कोरोना सङ्क्रमणका ४० प्रतिशतभन्दा बढी सङ्क्रमितहरू त ओमिक्रोनकै भएको बताउनुभयो ।उहाँले भन्नुभयो– अनुसन्धानबाट यो देखिएको छ कि यहाँका सङ्क्रमितहरूमा ओमिक्रोनको सङ्क्रमण बढी देखिएको छ । त्यस्तो संक्रमण बाहिरबाट आएका मानिस र यहीँ रहेकामा नै देखिएको छ । त्यसैले यो भेरियन्ट समुदायसम्म नै पुगेको पाइएको छ ।
कतै पनि नगएका नागरिकमा यस्तो संक्रमण पाइएको छ, अनि यस्तो अवस्थामा हामीले निकालेको निष्कर्ष यो हो कि यहाँका समुदायस्तरकै नागरिकसम्म नै यसको सङ्क्रमण पुगेको छ । भारतमा ओमिक्रोनको सङ्क्रमण भित्रिएको धेरै भएको छैन, तर यहाँका नागरिकमा निकै नी तिब्र गतिमा यो फैलिएको छ उहाँले भन्नुभएको छ । 
नयाँ दिल्ली र मुम्बइमा नयाँ वर्षका कार्यक्रमहरूमा कडाई
मुम्बई/सिन्हवा
नयाँ दिल्ली र मुम्बइमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि यहाँ नयाँ वर्षका कार्यक्रमहरूमा कडाई गरेको छ ।भारतको नयाँ दिल्ली र मुम्बइमा पछिल्ला केही हप्तामा सङ्क्रमण बढेको हो । यहाँ कोरोनाको ओमिक्रोन भेरियन्ट झन् ठूलो मात्रामा बढेको छ ।
यहाँका सरकारहरूले कोरोना भाइरस र त्यसमा पनि ओमिक्रोनको प्रकोप बढेपछि नयाँ वर्ष मनाउन सार्वजनिक स्थानहरूमा गर्ने समारोह, मेला तथा जमघट लगायतका कुनै पनि कार्यक्रमहरू नगर्न सूचना जारी गरेका हुन् ।बिहीवार मात्र भारतभर १२७० जना ओमिक्रोनका सङक्रमित भेटिएका छन् । तीमध्ये नयाँ दिल्लीमा मात्र ३२० जना पाइएका छन् । त्यसपछि धेरै मुम्बईमा पाइएका छन् ।
यसरी प्रत्येक दिन ओमिक्रोन भेटिन थालेपछि सरकारले सार्वजनिक स्थलहरूमा हुने विविध कार्यक्रमहरूमा प्रतिबन्ध लगाएको बताइएको छ ।भारतको राजधानी नयाँ दिल्ली तथा आर्थिक राजधानी मानिने भारतीय ठूलो शहर मुम्बइमा नयाँ वर्षका कार्यक्रमहरूको आयोजना गरिएको र त्यसका कारण झन् सङ्क्रमण बढ्ने आशंका गरेका कारण सरकारले सार्वजनिक स्थलमा जमघट हुने र नयाँ वर्षका कार्यक्रमहरू गर्ने काममा प्रतिबन्ध लगाएको हो ।
दिल्ली सरकारले यसअघि नै रातिमा कफ्र्यु नलगाइने तर मानिसहरू जमघट हुने र समारोहहरू गर्ने काममा प्रतिबन्ध लगाइएको जनाएको छ । नयाँ दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले गत हप्तामात्र यहाँ प्रत्येक दिन कम्तीमा पनि १५० जना मात्र संक्रमित पाइएकामा हिजोआज दिनहुँ हजारभन्दा बढी संक्रमित भेटिएका बतानुभयो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content