Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

कांग्रेस प्रतिनिधिलाई मुख्यमन्त्री निवासमा चियापान : जसले जिते पनि पार्टी नहारोस्

१७ मंसिर, पोखरा । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको आडैबाट गण्डकी प्रदेश कांग्रेस सभापतिका उम्मेदवार अर्जुन जोशीले मुख्यमन्त्री क...

१७ मंसिर, पोखरा । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको आडैबाट गण्डकी प्रदेश कांग्रेस सभापतिका उम्मेदवार अर्जुन जोशीले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई धन्यवाद दिँदै भने, ‘सबै प्रतिनिधि र नेता, कार्यकर्ताको जमघट गराएर निकै राम्रो काम गर्नुभयो ।’

मुख्यमन्त्री पोखरेलले मुस्कुराउँदै भने, ‘जमघट गरौं न भनेर ।’ अर्का सभापतिका उम्मेदवार शुक्रराज शर्माले सभापति शेरबहादुर देउवा पक्षधर केन्द्रीय उपसभापति गोपालमान श्रेष्ठलाई भनिरहेका थिए, ‘यो महाधिवेशनमा हार/जीत जसको भए पनि कांग्रेसले हार्नु भएन ।’

श्रेष्ठले पनि कांग्रेसको मुटु नै लोकतान्त्रिक प्रतिस्पर्धा भएको बताउँदै अझै एक ढिक्का भएर अगाढि बढ्ने बताए । प्रदेश सभापतिका आकांक्षी भएर पनि टिकट नपाएका संस्थापनइतरका यज्ञबहादुर थापाले भन्दै थिए, ‘कांग्रेस बीपीले देखाएको बाटो मोडेर हिँड्न खोज्दैछ ।’

नेताहरुबीच कुराकानी जारी नै थियो, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नमस्कार गर्दै आइपुगे । त्यसपछि नेताहरुको वरिपरी अरु प्रदेश पदाधिकारी तथा सदस्यका उम्मेदवार र कार्यकर्ताको पनि भीड लाग्यो । नेता पौडेलले भन्दै थिए, ‘पार्टीको नीति, सिद्धान्त र गरिमा बढाउने उम्मेदवारलाई जिताउनुहोला ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको निवासमा कांग्रेस नेता तथा प्रदेश तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि शुक्रबार चियापानको आयोजना गरिएको थियो । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको एमाले सरकारलाई विस्थापित गर्दै बनेको गठबन्धन सरकारका मुख्यमन्त्री पोखरेलले पार्टीको प्रदेश अधिवेशनको मौकामा जिल्ला, प्रदेश र केन्द्रीय नेताको जमघट गराएका छन् ।

‘महाधिवेशन चलिरहेको छ । यो अवसरमा प्रदेश र केन्द्रका प्रतिनिधिबीच भेटघाट गरौं, शुभकामना बाँडौं भनेर चियापानको आयोजना गरिएको हो,’ मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव रञ्जना पोखरेलले भनिन् ।

ड्यामसाइटस्थित मुख्यमन्त्री निवासमा भएको चियापानमा नेता, कार्यकर्ताबीच कतै हाँसोठट्टा त कतै मत माग्ने र शुभकामना दिने क्रम चल्यो । मुख्यमन्त्रीले आयोजना गरेको चियापानमा वरिष्ठ नेता पौडेल, उपसभापति श्रेष्ठ, महामन्त्री कोइरालादेखि केन्द्रीय सदस्य र महाधिवेशन प्रतिनिधि बनेका सांसद तथा उद्योगपति विनोद चौधरीसम्म सहभागी भए । चुनावको पूर्वसन्ध्यामा मुख्यमन्त्रीले गरेको चियापानलाई कतिपयले अर्थपूर्ण हिसाबले हेरेका छन् ।

गण्डकीमा संस्थापन पक्षबाट अर्जुन जोशी र संस्थापन इतर पक्षबाट शुक्रराज शर्माको प्यानलै निर्वाचनमा होमिएको छ । पौडेल–कोइराला पक्षको दबदबा मानिएको गण्डकी प्रदेशमा पछिल्लो समय देउवा पक्षले पनि प्रभाव जमाउँदै लगिरहेको छ । प्रतिनिधिका हिसाबले पौडेल–कोइराला प्यानल बलियो मानिएको भएपनि यो पटक चुनाव निकै प्रतिस्पर्धात्मक हुने नेताहरु बताउँछन् ।

गण्डकीको अधिवेशनमा करिब ११ सय २७ जनाले संस्थापनका जोशी र पौडेल–कोइराला प्यानलका शुक्रराजमध्येबाट एक जनालाई पहिलो नेतृत्व चुन्नेछन् ।

उपसभापतिमा संस्थापनबाट स्याङ्जाका मेषलाल श्रेष्ठ र म्याग्दीका नेत्र महत छन् भने संस्थापन इतरबाट स्याङ्जाकै कल्पना तिवारी र बागलुङका हरिप्रसाद श्रेष्ठको उम्मेदवारी दिएका छन् । महामन्त्रीमा संस्थापन समूहबाट कास्कीका कुमार खड्का र गोरखाका ईश्वर पाण्डे, पौडेल–कोइराला प्यानलबाट नवलपुरका विष्णु लामिछाने र गोरखाका किरणबाबु श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ ।

संस्थापनबाट सहमहामन्त्रीमा राजनराज पन्त, झुलबहादुर आले र संस्थापन इतरबाट रामचन्द्र जोशी, रमेश पाण्डेले उम्मेदवारी दिएका छन् । युवराज बस्ताकोटी र गणेश सापकोटाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । महिला सहमहामन्त्रीमा संस्थापनबाट ओमकला गौतम र संस्थापन इतरबाट कोपिला रानाभाटबीच प्रतिस्पर्धा हुने छ ।



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content