Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

लुगा धुने उद्यम : विदेशको रहर त्यागे, स्वदेशमै लाखौं कमाए

पोल्याण्ड जान सबै प्रक्रिया पूरा गरेर अन्तर्वार्ताका लागि दिल्ली पुगेका सुजन चौलागाईं अन्तर्वार्ताको क्रममा भएको कुराकानी पछि झस्किए । पहिले...

पोल्याण्ड जान सबै प्रक्रिया पूरा गरेर अन्तर्वार्ताका लागि दिल्ली पुगेका सुजन चौलागाईं अन्तर्वार्ताको क्रममा भएको कुराकानी पछि झस्किए । पहिले मासिक एक लाख ५० हजार रुपैयाँ कमाइ हुन्छ भनेर प्रक्रिया अघि बढाएका उनले मासिक ५० हजार मात्रै कमाइ हुने सूचना पाएपछि उनी विदेश जाने सोचबाट पछि हटे ।

त्यतिबेला उनी उमेरले २४ वर्षका थिए । नेपालमा इलेक्ट्रिक पसल चलाएर बसेका उनको कमाइ पनि ठीकै थियो । तर धेरै पैसा कमाउने र बचाउन पनि सजिलो हुन्छ भनेर उनी विदेश जाने चक्करमा लागेका थिए । उनी विदेश त गएनन्, तर यही स्वावलम्बनको उपाय अपनाउँदा विदेशमा कमाइ हुनेभन्दा ३ गुणाबढी पैसा नेपालमै कमाउन थालेको उनी बताउँछन् ।

अन्तर्वार्तामा कुराकानी नमिलेपछि उनी २ महिनाजति दिल्लीमै बसे । नेपाल फर्किएर आफैँले आम्दानीको कुनै न कुनै उपाय अपनाउने योजना बनाइसकेका थिए । के गर्दा धेरै फाइदा हुन्छ ? भनेर दिल्लीको सडकमा भौतारिन थाले । एकदिन उनले घरघरमा पुगेर धुने कपडा बोकेर लैजाने आधुनिक धोबीको व्यवसाय देखे । उनलाई लाग्यो ‘लगानी पनि कम र फाइदा धेरैको लागि यो व्यवसाय पनि नेपालमा राम्रै हुन सक्छ ।’ उनी त्यही योजना बनाएर नेपाल फर्किए ।

नेपालमा आएर आफ्नै हिसाबले बजार सर्वेक्षण गर्दा व्यावसायिक रुपमा खुलेका धेरै धोबीहरु देखेनन् । त्यसपछि उनले यही व्यवसाय अपनाउने सोच बनाए ।
सुरुवाती दिनमा उनीसामु धेरै प्रश्नहरु उठ्न थाले । पहिले मार्केटिङ र इलेक्ट्रोनिक सामग्री बेचेको मान्छे ‘धोबी’ बनेको भनेर परिवार र साथीभाइहरुले खिसिट्युरी पनि गरे । तर उनी आफ्नो योजनाबाट विचलित भएनन् । ‘डिजिटल धोबी नेपाल’बाट सेवा दिइरहे ।

उनी भन्छन् ‘दिल्ली बसाइको क्रममा मैले बुझेँ कि कुनैपनि काम सानो र ठूलो भन्ने हुँदैन । जुनसुकै कामलाई पनि व्यावसायिक ढंगले गर्दा बढी कमाइ गर्न सकिन्छ भनेर नै यो व्यवसायमा लागेको हुँ ।’

आठ वर्षको उमेरमा काठमाडौं आएका उनी अहिले २७ वर्षका भए । काठमाडौंमा रहँदा उनले सानै उमेरदेखि कहिले मार्केटिङ त कहिले आफ्नै इलेक्ट्रोनिक पसलमा काम गरेर अनुभव बटुलिसकेका थिए । उनलाई पैसा कमाउने लत बढ्दै गयो । एकैपटक धेरै पैसा कमाइ हुन्छ भन्ने सोचेर यताको व्यवसाय छाडेर उनी विदेशको चक्करमा लागेका थिए । ‘यो पैसा भन्ने चिज जति कमायो उति कमाउन मन लाग्दो रहेछ ।’ उनी भन्छन् ‘कमाइ राम्रै भएपनि पैसा नबचेपछि विदेश जाने भूत चढेको थियो । तर यतै काम गर्न लेखेको रहेछ ।’

आठ लाख लगानी गरेर मासिक डेढ लाख फाइदा

सुजन अहिले आफूलाई मासिक डेढ लाख रुपैयाँ फाइदा हुने गरेको सुनाउँछन् । नेपाल फर्किएपछि उनले सुरुमा बौद्धको नयाँबस्तीमा ५ आना जग्गा भाडामा लिए । त्यसमा आफूलाई आवश्यक पर्ने एउटा टहरा बनाए । त्यसैको छेउमा एउटा कार्यालय खोले । त्यही टहरामा दुईवटा मेसिन पनि राखे । सबै लगानी सकिँदा उनको ८ लाख रुपैयाँ खर्च भएको थियो । अहिले व्यवसाय बिस्तार भएर २० लाखभन्दा धेरै लगानी भइसकेको छ ।

लगानी त भयो तर यसलाई बजारसम्म विस्तार गर्न र सेवाग्राही खोज्न समस्या थियो । उनी भन्छन् ‘कसैले लुगा धुन दिए त पैसा आउँथ्यो । तर नयाँ काम भएकोले सुरुमा त्यति सहज भएन ।’ उनले फेसबुकमा एउटा पेज बनाए । आफ्नै नम्बर राखे र त्यसलाई त्यसबाट पनि अर्डर लिन थाले । उनी भन्छन् ‘पहिले त नयाँ ग्राहक आउनै मुस्किल थियो । आएकाहरुलाई फेरि पनि सम्झिने वातावरण बनाउनु आफैँमा मुस्किल कुरा हो । त्यसैले हामीले काठमाडौं उपत्यकाभर जहाँबाट पनि कपडा उठाउने गरी सेवा दिने निर्णय ग¥यौं । त्यसपछि बल्ल सेवाग्राही बढ्न थाले ।’

कपडा धुन दिने प्रक्रिया के–के छ ?
अहिले कपडा धुनको लागि दुई माध्यमबाट बोलाउन सकिन्छ । ‘स्मार्ट धोबी नेपाल’को फेसबुक पेजमा गएर म्यासेज गरेर अर्डर दिन सकिन्छ भने त्यहीँ रहेको नम्बरमा टेलिफोन गरेर पनि कपडा लिन बोलाउन सकिन्छ । काठमाडौं उपत्यकाभित्र जहाँ भएपनि कपडा लिन जाने र डेलिभरीबापत कुनै शुल्क नलाग्ने उनी बताउँछन् । उनी भन्छन् ‘टेलिफोन गरेपछि सेवाग्राहीको उचित समय मिलाएर सोही दिन लिन जान्छौं । उहाँहरुले भने अनुसार क्लिन एण्ड ड्राइ, क्लिन एण्ड आइरन के गर्ने हो ? त्यही अनुसार सकेर हामी बढीमा २ दिनमा फेरि सम्बन्धित घरमै पु¥याइदिने गर्छाैं ।’

कति लाग्न शुल्क, के–के छन् सेवा ?

स्मार्ट धोबी नेपालमा अहिले वास एण्ड ड्राइ, वास एण्ड आइरन, ड्राइ वास लगायतका सेवा रहेको चौलागाईं बताउँछन् । शुल्क सेवाको आधारमा फरकफरक हुन्छ । त्यहाँ रहेको ३ थरी सेवामध्ये वास एण्ड ड्राइको लागि प्रतिकेजी १३० रुपैयाँ र आइरन गर्ने हो भने प्रतिकेजी २०० रुपैयाँ लिने शुल्क तोकिएको छ । तर धेरै ख्याल गर्नुपर्ने पार्टी वेयर कपडाहरुको हकमा भने प्रतिकपडा शुल्क तोकिएको चौलागाईँ बताउँछन् । सेवाग्राहीले कपडा धोएर फिर्ता गरेपछि आफूले भने अनुसार भयो भएन हेरेर मात्रै शुल्क दिन सक्ने व्यवस्था रहेको उनी बताउँछन् ।

सामान्य धोबीभन्दा के छ फरक ?

परम्परागत धोबी र डिजिटल धोबीमा के फरक छ ? उत्तरमा चौलागाइँ भन्छन् ‘दुवैको काम त कपडा धुने नै हो । तर यो व्यवस्थित र व्यावसायिक रुपले कपडा धुने सेवा हो । यसमा केही फरक विशेषताहरु छन् ।’

चौलागाईँ सफा खानेपानीबाट कपडा सफा गरिने, आफैँले बनाएको डिटरजेन्टले कपडा सफा गर्ने हुँदा डिटरजेन्टको गुणस्तरमा शंका गर्नु नपर्ने अवस्था रहेको बताउँछन् । त्यस्तै, अहिलेको व्यस्त समयमा आफैँ झण्झट मानेर कपडा धुन पठाउने भन्दा पनि एक कलको भरमा घरमै आएर कपडा लैजाने सेवा आफैँमा परम्परागत सेवाभन्दा भिन्न रहेको उनी बताउँछन् ।

 



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content