Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

‘कमजोर नियामकबाट सीमित व्यक्तिले लाभ उठाउँदैछन्’

नियामक संस्थाहरू कमजोर हुनुको पछाडि भ्रष्टाचार र फट्याइँ प्रमुख कारण हुन् । यस्ता संस्था भताभुंग पारेर सीमित व्यक्तिले लाभ उठाउँदैछन् । अहिल...

नियामक संस्थाहरू कमजोर हुनुको पछाडि भ्रष्टाचार र फट्याइँ प्रमुख कारण हुन् । यस्ता संस्था भताभुंग पारेर सीमित व्यक्तिले लाभ उठाउँदैछन् । अहिले भएको यही हो ।

नियामक संस्थाहरूको निर्माण र सञ्चालन सरकारले गर्छ । सामान्यतया यस्ता निकायको नेतृत्व र कर्मचारीको नियुक्ति सरकारबाटै हुन्छ । सैद्धान्तिक रूपमा नियामक निकायमा सरकारले सोझो हस्तक्षेप गर्दैन ।

तर राष्ट्र बैंक, धितोपत्र बोर्ड, पर्यटन बोर्ड जस्ता नियामक निकायमा पछिल्लो समयमा सरकारका आसेपासे मात्रै नियुक्त हुन थालेका छन् । त्यस्ता ठाउँमा सम्बन्धित पदका लागि योग्य व्यक्ति आउनै छाडेका छन् ।

राजनीतिक नेतृत्वले भनेको खुरु-खुरु मान्ने मात्रै हैन, पैसा नै प्रशस्त खुवाएकाहरू नियुक्त भइरहेका छन् । पैसा खुवाएर जानेले त पैसा उठाउनु पर्‍यो । अनि त्यसले नियमनको काम गर्ने नै भएन, गर्न सक्ने पनि भएन ।

बैंकको नियमन गर्ने संस्थाले बैंकरहरूबाटै लाभ लिन थाल्यो भने के हुन्छ ? नियामकलाई किन टेर्छ सेवा प्रदायकले ? ‘तँलाइ पैसा दिएको छु, चूप लागेर बस, बरु पुग्दैन भने यति थपिदिन्छु’ भन्छ । अहिलेको अवस्था यही हो । सबै नियामक संस्थामा त्यही भइरहेको छ ।

तुलनात्मक रूपमा विगतमा राष्ट्र बैंक बढी प्रभावशाली मानिन्थ्यो । तर, अहिले त्यो संस्थामा पनि पार्टीलाई ‘लेबी’ तिरेर गएकाहरू पुग्न थाले । पार्टीका त कार्यकर्ता नै नेतृत्वमा पुगेको देखिन्छ ।

युवराज खतिवडा गभर्नर भएको पालादेखि बढी बिग्रन थालेको राष्ट्र बैंकमा कांग्रेसका चिरञ्जीवी नेपाल पनि पुगे । अहिले राष्ट्र बैंककै ‘क्याडर’ गभर्नर भए पनि उनी ओली पक्षका ‘डाइहार्ट’ मान्छे हुन् । अब राजनीतिक नेतृत्वले ‘यसमा नगर्नू’ भनेपछि नियामकले कलम चोप्ने कुरै भएन ।

अहिले नियामकहरूलाई पार्टी र पार्टीका मान्छेले पैसा उठाउने भर्‍याङ बनाएका छन् । ती वास्तवमा नियामक रहेनन् । पैसा कमाउने मात्रै हैन, आफूलाई मन नपरेकालाई कारबाही गर्न पनि नियामकको प्रयोग गरिंदैछ । स्वार्थ समूह जे चाहन्छ, त्यो निर्णय हुन्छ, जे चाहँदैन, त्यो नहुने वातावरण तयार गरिन्छ ।

नियामकलाई स्वतन्त्र ढंगबाट काम गर्न दिने र सम्बन्धित क्षेत्रलाई व्यवस्थित गर्न दिनेप्रति कसैको चासो रहेन । बरु उनीहरू पार्टी सञ्चालनका लागि खर्च जुटाउने माध्यम मात्रै बने । पैसा उठाउने स्रोतमाथि तिनले के नियमन गर्छन् ? पैसा उठाउन त बरु नियामक नै झुक्नु पर्‍यो वा तर्साउन सक्नुपर्‍यो ।

गलत काम गर्नेलाई कारबाही हुन्छ भनेर तर्साए पो जनहितको काम हुन्थ्यो, पैसाका लागि बार्गेनिङ प्वाइन्ट मात्रै खोज्ने भएपछि सुधारको अपेक्षा कसरी गर्ने ?

अहिले सम्बन्धित क्षेत्रको विकासमा लगाउनुपर्ने स्रोत समेत पार्टी र व्यक्तिको लागि दुरुपयोग हुँदैछ । नियामकीय संस्थाको काम भनेको प्रणालीको विकृति हटाउने, नीतिनियम मार्फत समस्या समाधान गर्ने र भएका नियम नमान्नेमाथि कारबाही गर्ने वा सिफारिश गर्ने हो ।

जे कर्तव्य र अधिकार छन्, त्यसको प्रयोग गरेर प्रणालीमा सुधार ल्याउने अपेक्षा यस्ता निकायसँग जनताले गरेका हुन्छन् । तर, जब अधिकारप्राप्त निकाय कमजोर, मौन, मूकदर्शक र बेकाम भएर बस्छन्, त्यसबाट अराजकता झनै झांगिन्छ । यसले त राज्य सञ्चालनको प्रणालीले नै काम नगर्ने अवस्था बनाइदिन्छ ।

यसबाट सम्बन्धित क्षेत्रको विकास र उन्नति मात्रै रोकिंदैन, ती क्षेत्रबाट लाभ पाउनेहरू समस्यामा पर्ने भए । यसरी सबै क्षेत्रहरू भद्रगोल हुँदै गयो भने समग्र शासकीय विधि र पद्धतिमा ठूलो खाडल आउँछ ।

यस्ता विभिन्न विषयगत क्षेत्रहरूमा २०४८ पछि केही राम्रा अभ्यास भएका थिए । २०५१ सालमा चुनाव हुने भएपछि भने बिग्रन शुरू गरेको अवस्था माओवादी द्वन्द्वले यसलाई झनै खराब बनायो ।

खराब व्यक्तिबाट जनयुद्धमा माओवादीहरूले पैसा उठाए । २०६२/६३ को परिवर्तनपछि पनि अवस्था बदलिएन, बरु स्वार्थ समूहले माओवादीहरूलाई पनि पैसा नै चाहिने रहेछ भन्ने थाहा पाए ।

कर्मचारी संयन्त्रमा पनि भ्रष्टाचार र विचलन बढेको छ । पार्टीहरूलाई पैसा नबुझाई सचिव हुन नसकिने अवस्थासम्म बनेको छ । कर्मचारी आफ्नो तलब अरूलाई बुझाएर त बढुवा हुन सक्दैन, त्यसले फट्याइँकै बाटो बनाइदियो ।

यस्तो विकृति हेर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि ‘सेटिङ’ हुन थाल्यो । अख्तियार पनि पैसा नलिने खालकोलाई तर्साउने र भ्रष्टलाई बचाउने संस्था बन्यो । अख्तियारकै प्रमुख भ्रष्टाचार मुद्दामा मुछिए । काम गर्न महालेखा परीक्षकको कार्यालयको भूमिका पनि त्यस्तै कमजोर भयो ।

हाम्रा नियामकीय संस्थाहरू कमजोर हुनुको पछाडि भ्रष्टाचार र फट्याइँ प्रमुख कारणका रूपमा छन् । यस्ता संस्थालाई भताभुंग पार्दै सीमित व्यक्तिले लाभ उठाउँदैछन् ।

अहिले एउटा नियामकीय निकायमा बसेर इमानदार कर्मचारीले कलम नै चोप्न नसक्ने अवस्था छ । उसले त्यो साहस गर्‍यो भने भाँडभैलो गरेर भए पनि सरुवा गराइन्छ ।

त्यसैले अहिले नियामकीय निकाय निकम्मा बनेको अवस्था छ । ती संस्था छन् कि छैनन् भन्ने थाहा नपाउने अवस्था छ । छन त कार्यालय पनि छन्, कानून पनि छ, कर्मचारी पनि छन्, टाउको गन्दा पनि भेटिन्छन्, तलब पनि खाइरहेकै छन्, तर जनताले खोज्दा भने छैनन्, भूमिका निभाउनुपर्ने ठाउँमा भेटिंदैनन् ।

(पूर्वसचिव त्रितालसँग अनलाइनखबरकर्मी रवीन्द्र घिमिरेले गरेको कुराकानीमा आधारित ।)



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content