Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

"बाराको कलैयामा प्रवेश निषेध गरिएको ठाउँमा गाडी पार्किङ नगर्न कलैया उ.म.न.पा.र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले संयुक्त रुपमा चलायो अभियान "

अजय यादव वियोगी  कलैया ,बारा  "बाराको कलैयामा प्रवेश निषेध गरिएको ठाउँमा गाडी पार्किङ नगर्न कलैया उ.म.न.पा.र जिल्ला ट्राफिक प्रहरी कार्...

अजय यादव वियोगी 
कलैया ,बारा 
"बाराको कलैयामा प्रवेश निषेध गरिएको ठाउँमा गाडी पार्किङ नगर्न कलैया उ.म.न.पा.र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले संयुक्त रुपमा चलायो अभियान " 
बाराको सदरमुकाममा कलैयामा अव्यवस्थित रुपले गाडी पार्किङको समाचार लगातार रुपले अाउन थालेपछि कलैया उपमहानगरपालिकाले एक्सन लिएर नै काम गर्न थालेका छन् ।कलैया उपमहानगरपालिका र जिल्ला ट्राफिक कार्यालय बाराको संयुक्त अायोजनामा प्रवेश निषेध गरिएको ठाउँमा राखिएको गाडीलाई कारवाही गर्न थालेका छन् ।विगत केही दिन अगाडि श्री गढीमाई राष्ट्रिय दैनिकमा पार्किङको नाम ठगि भनेेको शीर्षकको समाचार प्रकाशित भएपछि कलैया उपमहानगरपालिकाका कर्मचारीहरुले कार्यतालिका बनाएर कलैया उपमहानगरपालिकालाई व्यवस्थित गर्न थालेका छन् ।अाज कलैयाको भरतचौक देखि मच्चछर हट्टा चौक सम्म र एनअाईसी बैंक रोड देखि दही बजार सम्म प्रवेश निषेध गरिएको गाडीलाई कारवाही गरिएको कलैया उपमहानगरपालिका का वातावरण शाखा प्रमुख रामजी मण्डलले बताउनुभयो ।कलैया उपमहानगरपालिकाले तीन चरणमा कलैयाको ट्राफिक व्यवस्था मजबुत बनाउन लागेको र त्यसमध्ये यो पहिलो चरणको भएको वातावरण शाखा प्रमुख मण्डलले बताउनुभयो ।अब नियमितरुपले कलैया उपमहानगरपालिकाका कर्मचारी ,नगर प्रहरी र जिल्ला ट्राफिक प्रहरीको सहायतामा नियन्त्रण गरिने कलैया उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख मण्डलले बताउनुभयो ।बाराको सदरमुकाम कलैयालाई व्यवस्थित बनाउन प्रहरी ,पत्रकार ,नागरिक समाज ,व्यापारी तथा अन्य सबै सरोकारवालाबाला अावश्यकता रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी नायब निरिक्षक (सई) जयराम पुडासैनीले बताउनुभयो ।प्रवेश निषेधबाट लगिएको मोटरसाइकलको जरिवाना १०००/- एक हजार देखि १५००/- एक हजार पाँच सय सम्म गर्न सकिने ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी नायब निरिक्षक पुडासैनीले बताउनुभयो ।२५/३० जनाको समुहले प्रवेश निषेध गरिएको ठाउँमा राखिएको समान तथा गाडीलाई सम्झाई बुझाई गरेको तथा अटेरीपन गरेकोलाई कारवाही समेत गरिएको कलैया उपमहानगरपालिकाको कार्यालयले जानकारी दिएका छन् ।कलैया उपमहानगरपालिका र ट्राफिक प्रहरीले चालेको कदमबाट भिड नियन्त्रण हुनुको साथै दुर्घटना कम हुने कलैयाका विश्लेषकहरुले विश्लेषण गरेका छन् ।कलैया उपमहानगरपालिका र ट्राफिक प्रहरी को कलैयाबासीले प्रशंसा गर्न थालेका छन् ।पहिला बजार गर्न कठिन हुने गरेको भएपनि अहिले सजिलो हुने कलैयाका अमृता देवी कुशवाहाले बताईन ।कलैया उपमहानगरपालिका धन्यवादका पात्र भएको अर्का स्थानीयबासी नरेश गिरीले बताउनुभयो ।कलैया उपमहानगरपालिकाले पटक -पटक माईकिङ्ग तथा अन्य प्रचारप्रसार गर्दा समेत अटेरी गर्नेको संख्या कम नभएका एक्सनमै काम गर्नु परेको सरोकारवालाहरुले बताएका छन् ।श्री गढीमाई राष्ट्रिय दैनिक नियमित रुपले यस्ता गतिविधिको समाचार प्रकाशित गर्दै अाएकोले सहज भएको पत्रकार विनोद साहले बताउनुभयो ।यसरी काम हुन थाले भने व्यापार ,व्यवसाय गर्न सजिलो हुने कलैयाका व्यापारीहरुले बताएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content