Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

कनिष्ठ एआईजी निमित्त प्रहरी प्रमुख बन्दा उच्च अधिकृतहरु रुष्ट

२९ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले भारत भ्रमणमा जाँदा चौथो वरियताका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)...

२९ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले भारत भ्रमणमा जाँदा चौथो वरियताका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिएपछि प्रहरी उच्च अधिकृतहरु असन्तुष्ट बनेका छन् ।

बिहीबार महानिरीक्षक क्षेत्री भारत भ्रमणमा जाँदा दोस्रो वरियताका एआईजी हरिबहादुर पाल, तेस्रो वरियताका निरजबहादुर शाहीलाई छाडेर चौथो वरियताका एआईजी प्रद्युम्न कार्कीले निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिएका थिए ।

आईजीपीले कार्कीलाई निमित्त प्रमुखको जिम्मा दिएपछि पाल र शाही आईजीपी क्षेत्रीसँग रुष्ट बनेको प्रहरी प्रधान कार्यालय, नक्सालका एक उच्च अधिकृतले अनलाइनखबरलाई बताए ।

क्षेत्रीले चौथो वरियताका कार्कीलाई जिम्मेवारी दिएका बेला एआईजी पाल र शाही विदा बसेका थिए । पाल महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख छन् भने शाही राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रमुख छन् । निमित्त प्रहरी प्रमुख बनेका कार्की भने प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग प्रमुख छन् ।

सामान्यतयाः आईजीपीको अनुपस्थितिमा दोस्रो वरियताका अधिकृतलाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिने चलन छ । सर्वेन्द्र खनाल महानिरीक्षक हुँदा दोस्रो वरियताका एआईजी पुष्कर कार्कीसँग गम्भीर तिक्तता हुँदासमेत उनले कार्कीलाई नै निमित्तको जिम्मेवारी दिएका थिए ।

तर सामूहिक निर्णय गरेर अघि बढ्ने भनेका आईजीपी क्षेत्रीले चौथो वरियताका अधिकृतलाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिएपछि उनका ब्याचीसमेत रहेका एआईजीहरुसँग उनको मतभेद देखिएको छ ।

आगामी ७–९ मंसिरसम्म टर्कीमा हुने इन्टरपोलको कार्यक्रममा सहभागी हुन आईजीपी क्षेत्री र एआईजी कार्की त्यसतर्फ जाँदैछन् । ‘यही हिसाबले जुनियर ब्याचको विश्वराज पोखरेललाई त्यतिबेला निमित्त प्रमुखको जिम्मेवारी दिने देखियो’ एक उच्च अधिकृत गुनासो गर्छन् ।

तर आईजीपी क्षेत्रीको सचिवालयका एक उच्च अधिकृतले चाहिँ प्रहरी प्रधान कार्यालयमा ‘जो सिनियर छ, उसैलाई निमित्तको जिम्मेवारी’ दिने चलन अनुसार कार्कीलाई जिम्मा दिइएको बताए ।

महानिरीक्षक हुनुअघि क्षेत्री र पालले एउटै गाडी चढेर एक कार्यक्रममा गएर आफूहरुमध्ये जो आईजीपी भए पनि फरक नपर्ने सन्देश दिएका थिए । प्रहरीको नेतृत्वमा आएको सुरुतिरै क्षेत्रीले संगठनका हरेक निर्णय सामूहिक छलफलबाट गर्ने गरेका थिए ।

तर कार्यकालको उत्तराद्र्धतिर आइपुग्दा ब्याचीहरुसँगै उनको सम्बन्ध बिग्रिएको देखिएको छ । निमित्त प्रहरी प्रमुखको हैसियतमा एआईजी कार्कीले शुक्रबार सरुवा भएर कार्यक्षेत्रमा जान लागेका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुलाई निर्देशन दिएका थिए । कार्यक्रममा उनीहरुभन्दा एक ब्याचले कनिष्ठ एआईजी विश्वराज पोखरेल र सहकुल थापा मात्र सहभागी भएका थिए ।

महानिरीक्षक र प्रतिष्पर्धी एआईजीबीच सधैँ तिक्तता

प्रहरी महानिरीक्षकमा एक जना अधिकृत नियुक्त हुने वित्तिकै निकटतम प्रतिष्पर्धीसँग सधैँ तिक्तता हुने गरेको छ । यसपटक आईजीपी क्षेत्री र पालबीच सुमधुर सम्बन्धी रहने विश्वास गरिएको थियो । तर हाल दुईबीचको तिक्तता सार्वजनिकरुपमै देखिन थालेको छ ।

सर्वेन्द्र खनाल आईजीपी हुँदा पनि दोस्रो वरीयतामा रहेका एआईजी पुष्कर कार्कीसँग कहिल्यै राम्रो सम्बन्ध भएन । सर्वेन्द्र खनाल आईजीपी हुने वित्तिकै अर्का प्रतिष्पर्धी रमेश खरेलले त राजीनामा नै दिए । खनालअघि प्रकाश अर्याल आईजीपी भएका बेला प्रहरीले सबैभन्दा बढी बदनामी व्यहोर्नुपरेको थियो ।

जयबहादुर चन्दलाई सरकारले आईजीपीमा बढुवा गरेसँगै प्रतिष्पर्धी नवराज सिलवालले अदालतमा मुद्दा दायर गरे । त्यसपछि सरकारले तेस्रो वरीयताका अर्याललाई नेतृत्व सुम्पियो । सिलवालले पुनः आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । तर अदालतले खारेज गरिदिएसँगै सिलवालले राजीनामा दिए ।

त्यसअघि उपेन्द्रकान्त अर्यालका पालामा प्रतिष्पर्धी राजेन्द्रसिंह भण्डारी प्रहरी प्रधान कार्यालय नै टेकेनन् । उनले बाँकी कार्यकाल राष्ट्रिय सुरक्षा परिषद्मा बिताएका थिए ।



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content