Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

सभामुख एमालेको निर्देशनमा चल्नुभयो : मुख्यमन्त्री राई

३० कात्तिक, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सभामुख प्रदीपकुमार भण्डारीले नेकपा एमालेको निर्देशनमा प्रदेशसभा बैठक स्थगित ...

३० कात्तिक, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सभामुख प्रदीपकुमार भण्डारीले नेकपा एमालेको निर्देशनमा प्रदेशसभा बैठक स्थगित गरेको आरोप लगाएका छन् ।

मुख्यमन्त्री राईले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद सहभागी नभएपछि सभामुख भण्डारीले बैठक बुधबार दिउँसो साढे ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।

मुख्यमन्त्री राईले भने सभामुखको उक्त निर्णयप्रति असन्तुष्टि जनाएका हुन् । प्रमुख विपक्षी दलले दुख दिने नियतले मात्र आजको बैठक रोक्न आग्रह गरेको र सभामुखले एमालेको निर्देशन मानेर बैठक स्थगित गरेको उनले बताए ।

‘विहानसम्म मसँग प्रोसिड्युर (विश्वासको मत लिने प्रक्रिया) बारे छलफल गर्नुभएको थियो, एमालेको तर्फबाट खबर आएपछि निर्णय वा निर्देशन अनुसार यो काम गर्नुभएको छ । यो राम्रो भएन’ मुख्यमन्त्री राईले भने ।

नेकपा एमालेले सभामुख भण्डारीलाई आफ्नो सांसदमा गणना गर्ने गरेको भन्दै मुख्यमन्त्री राईले सभामुखले पनि त्यो कुरा व्यवहारमा देखाएको टिप्पणी गरे ।

मुख्यमन्त्री राईले विश्वासको मत लिने प्रयोजनका लागि मंगलबार प्रदेशसभा बैठक बोलाइएको थियो । तर नेकपा एमालेले भने विप्लव समूहले गरेको बन्दका कारण आफ्ना सांसदहरु प्रदेशसभा बैठकमा सहभागी हुन नसक्ने भन्दै स्थगित गर्न माग गरेको थियो । तर सत्तारुढ गठबन्धनमा रहेका दलहरुले बैठक स्थगित गर्न नहुने अडान लिएका थिए ।

सभामुख भण्डारीले प्रदेशसभा बैठक त बोलाए, तर प्रतिपक्षी दलका सांसदहरु सहभागी नभएको भन्दै बैठक बुधबारसम्मका लागि स्थगित गरिदिए ।

विश्वासको मत लिने प्रक्रिया मुख्यमन्त्रीले आफ्नो अनुकुल समयमा लिन पाउनुपर्ने भए पनि एमालेले दुख दिन मात्र खोजेको बताए । ‘यो दुख दिने नियतमात्र हो, यसले परिणाममा फरक केही पार्दैन, उहाँहरु आउन नसक्ने अवस्था मात्र होइन’ उनले भने ।



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content