Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

समाचकेवा : गीत गाउँदै दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्ने पर्व

सामचे सामचके आबिहे हो जोतला खेतमे बैठिए हो सब रङ पटिया ओछाइहियै हो तै पटियामे के-के सुते छोटे बरहे लादहैन सुते अर्थात ् समाचकेवा सधैं ...

सामचे सामचके आबिहे हो

जोतला खेतमे बैठिए हो

सब रङ पटिया ओछाइहियै हो

तै पटियामे के-के सुते

छोटे बरहे लादहैन सुते

अर्थात

समाचकेवा सधैं आउनु है

जोतेको खेतमा बस्‍नु है

सबै रङको गुन्द्री ओछ्याउनु है

त्यो गुन्द्रीमा को को सुत्‍ने?

सानोदेखि ठूलो सबै भा सुत्‍ने

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सकिएसँगै यतिबेला तराईका आदिवासी थारु समुदायका दिदीबहिनीहरुले दाजुभाइको दीर्घायूको कामना गर्दै समाचकेवा पर्व मनाइरहेका छन् । उनीहरुसँगै तराई-मधेशमा बसोबास गर्ने अन्य समुदायले पनि दिदीभाइको पर्व समाचकेवालाई उत्साहका साथ मनाइरहका छन् । उनीहरुको घरगाउँ/ टोलमा यस्तै लोकगीत गुञ्जिरहेको सुनिन्छ ।

बाँसको नाङ्लोमा काँचो माटोबाट विभिन्‍न आकारका मूर्तिहरु बनाइएका छन् । जसमा समाचकेवा, चुगला, बिरदाबनी, मौहौतिया/मालिन, कुत्ता, नाह खैबैया, तितिर (समाको साथी), नटुवा, न्‍याक्दी भलाजी, ढोलकिया/झाइल बजिया र भमरा राखेर समाचकेवा खेलिरहेका छन् ।

कात्तिक शुक्ल द्वितिया तिथिदेखि शुरु हुने यो पर्व कात्तिक पूर्णिमाको मध्यरातिसम्‍म थारु समुदायका दिदी-बहिनीहरु प्रत्‍येक साँझ आफ्नो टोलमा समाचकेवा गीत, भजनकीर्तन गर्दै हर्षोल्लासका साथ मनाइरहेका छन् ।

तराई-मधेश क्षेत्रमा मात्रै नभई यो पर्व अहिले काठमाडौंमा पनि मनाउन थालिएको छ । थारु महिला समाजकी अध्‍यक्ष गीता चौधरीका अनुसार काठमाडौंमा थारु महिला समाजले २० वर्षदेखि काठमाडौंको कुपण्डोल, बल्खु, टीकाथलीमा सामाचकेवा खेल्ने गरेका छन् ।

‘गाउँघरमा मात्रै होइन, थारु समुदाय जहाँ बसेपनि यसको मौलिकता नहराओस् भनेर हामीले संघीय राजधानी काठमाडौंमा पनि समाचकेवा बनाएका छौं । विगत २० वर्षदेखि हामी थारु महिला समाज काठमाडौंको कुपण्डोल, बल्खु, टीकाथलीमा सामाचकेवा खेल्दै आएका छौं,’ उनले भनिन् ।

यस्तै थारु महिला सभाले पनि यसपटक माइतीघर मण्डलामा समाचकेवाको प्रदर्शन, झाँकी र झम्टा गाउने सभाकी अध्‍यक्ष निलम चौधरी बताउँछिन् ।

‘थारु महिला सभाले हातमा हात र साथमा साथ दिन तयार छ । हामी काठमाडौंमा बसोबास गर्ने दिदीबहिनीहरु एकै ठाउँमा समाचकेवा खेल्नुपर्छ । यसले हाम्रो एकता बलियो हुनुका साथै कला, संस्कृति र पहिचानलाई चिनाउन झन मद्दत गर्छ,’ उनी भन्छिन् ।

समाचकेवाको इतिहास

थारु संस्कृतिविद् भुलाई चौधरीका अनुसार करिब दुई हजार वर्ष पहिले गरभ देशमा गरभा नामक राजा थिए । उनकी रानीको नाम आदम्बत्ती थियो । सातौं शताब्दीताका राजा सालिक बाहन थिए । उनको दरबार कुराले भरिपूर्ण थियो।

नाचगानदेखि रेखदेख गर्ने रखबारीसम्‍म । उनका सात भाइ छोरा साम र बहिनी समा थिइन् । समाको विवाह त्यतिबेलाका सेन वंशीय राजा चक्रवातसँग भएको थियो। समाको सानैमा विवाह भएकाले उनी माइती अर्थात् बुवाकै दरबारमा बस्थिन् । दरबारमा विभिन्न मानिस आउजाउ गर्ने गर्दथे। एक दिन समालाई देखेर डाहा गर्ने चुगला (कुरौटे)ले राजालाई कुरा लगाइदिए ।

दरबारमा छोरीको कुरा राजासमक्ष पुगिसकेपछि राजाले छोरीलाई दरबारबाट निकालिदिए । समा बाध्य भएर वनबासमा जानुपर्‍यो । जब समाका सात भाइले बहिनीलाई घरबाट निकालेर वनबास पठाएको थाहा पाए, उनीहरु सातै भाइ बहिनी समालाई लिन जंगल गए। जंगल पुग्दा बहिनी समा चराको रुपमा थिइन् ।

बहिनी चरा भएको देखेर भाइहरुले वियोगान्त स्वरुप बहिनीको माया नपाएपनि अर्को जन्ममा समा-चकेवाको रुपमा जन्मिन पाउँ भन्दै फर्किए । त्‍यही दिनदेखि भाइ-बहिनीको प्रतीकको रुपमा समाजमा समा-चकेवा मनाउन थालिएको जनविश्वास छ । यता, समाजले राजालाई छोरीलाई निकालेर ठीक नगरेको भन्‍दै गरभा राजालाई गीतमार्फत गुनासो र चुगला (कुरौटे)लाई गाली गर्न थालेको मान्यता छ ।

केहेन गौरव हे गरभा रजा (राजा)

सगरे भेलौ उपहास

चुगलाके चुगलीमे

पैरके बेटीके देलह वनबास

पर वचन विमोचन हे रजा (राजा)

तोरे भेलौ उपास

माइ-बाप टुटल छुटल

बेटीके लैहराके छुटल आश !

अर्थात

कस्तो गौरव थियो तिम्रो है गरभा राजा

सबै ठाउँ भयो तिम्रो उपहास

कुरौटेको कुरामा परेर

छोरीलाई दियौ वनबास

अरुको बोली सुन्यौ है राजा

तिमीलाई नै भयो उपास

समाको आमा-बुवा छुट्यो

छोरीलाई माइतीसँग टुट्यो आ

समा-चकेवामा पात्र को-को हुन्छन् ?

१. समाचकेवा

राजा गरभाकी छोरी समाचकेवा, जसलाई बुवाको रिसको कारण वनबास जानु परेको थियो । उनी जंगलमा चरा बनेर बसेकी थिइन्। पछि आफ्ना सातै जना भाइले उनलाई जंगलबाट  ल्‍याउने पहल गरेपनि आउन भने सकिनन्। त्यसैको प्रतीकको रुपमा समालाई लौकिक देवताको रुपमा थारु समाजमा पुज्‍ने गरिन्छ ।

२. बिरदाबोनी

यो जंगल हो । जहाँ समासचेवा चराको रुपमा यही बस्‍ने गर्दथिन् । उनलाई वनमा धेरै दु:खकष्ट झेल्नु परेको थियो ।

३. चुगला

राजा गरभाको दरबारमा काम गर्ने र कुरा लगाउने व्यक्ति हुन् चुगला । उनको काम नै समाको बारेमा नराम्रो सन्देश राजाकहाँ पुर्‍याउने हुन्छ ।

उनकै कारण समा वनबास जानुपर्ने अवस्था आउँछ । त्यही कारण चुगलालाई समाजमा कुरौटे भनेर  राखिन्छ । उनलाई कमजोर पात्रका रुपमा देखाइन्छ । त्यहीकारण प्रत्‍येक साँझ समाज बिगार्ने कुरौटे ‘चुगला’को विरोध स्वरुप दिदीबहिनीहरुले जुँगा डढाउने गर्दछन् पूर्णिमा नआउन्जेलसम्‍म ।

४. मौहौतिया/हात्ती

अदौकालमा तराईमा घनघोर जंगल थियो । त्यतिबेला जंगलमा विभिन्‍न प्रकारका जनावरहरु बस्दथे । तर राजाहरुले दरबारमा हात्ती पाल्‍ने गर्दथे। समाको रेखदेखको लागि थारु राजाले हात्ती राखेका थिए । कतै सवारी जानुपर्दा सवारी साधन थिएन । सडकहरु व्‍यवस्थित थिएन।

राजाहरु हात्तीमा चढेर जान्‍थे। थारुहरुको राजपाट यसरी नै चलेको थियो । उनीहरु आफैंले दरबारमा हात्ती पाल्थे र सवारीमा त्यही प्रयोग गर्दथे। हात्ती समात्ने, पाल्‍ने र चढ्‍ने परम्परा अहिले पनि चित्तवनमा महतो (जसले हात्ती समात्थ्यो अदौकालमा) थारुहरुले  जोगाएर राखेका छन् ।

५. मालिन

दरबारमा मालिनको काम बगैँचाबाट राम्रो-राम्रो फूल लिएर आउने र पूजाको लागि तयारी गरिदिने हुन्छ । समाको लागि त्यतिबेला दरबारमा उनै मालिनले फूल लिएर आउँथिइन्।

६. कुत्ता/कुकुर

कुकर निक्कै इमान्दार र रेखदेख गर्ने उत्तम जनावर भएकाले राजाले छोरी समाको सुरक्षाका लागि कुकुर राखेका थिए । दरबारमा हुँदासम्‍म कुकुरले समाको सुरक्षा गर्ने गर्द्थयो ।

७. नाह खैबैया

त्यो जमानामा पुलपुलेसा नभएपछि राजादेखि रङ्कसम्‍म सबै ढुंगामै चढेर वारपार गर्ने गर्दथे। राजाले छोरी ढुंगामै वारपार गर्थिन्।

८. तितिर

जंगलमा समा चरा भएर बस्नु पर्दा उनको मिल्‍ने साथीको रुपमा थिइन् तितिर । तितिर एक प्रकारको चराको नाम हो । तितिर समाको सबैभन्दा प्‍यारो थियो ।

९. नटुवा

दरबारमा पौराणिक गीत/गोलहैन, धुमरा नाँच त्यतिबेला सुनाउन नटुवा अर्थात नाचगान गर्ने व्यक्ति हुन्थे। उनीहरुलाई नाच देखाउनुपर्ने हुन्थ्यो।

१०. न्‍याक्दी भलाजी /जोकर, ढोलकिया/झाइल बजिया

दरबारमा हँसाउने व्‍यक्तिको पनि महत्वपूर्ण भूमिका हुन्थ्यो त्यतिबेला । त्यही भएर जोकरले दरबारमा हास्य व्‍यंग्यको काम गर्ने गर्दथे । जोकरले समालाई दरबारमा हुँदा हँसाउने र हँसाउने काम गर्दथ्यो।

१२. भमरा

भमराको काम दरबारमा चारैतिर घुमेर रेखदेख गर्ने हुन्छ ।

कोसेली दिएर समाचकेवाको बिदाइ

दिदी-बहिनीहरुले पूर्णिमाको भोलिपल्ट समाचकेवालाई दही चिउरा खुवाएर नजिकको दह, पोखरी वा नदीमा सेलाउने गर्दछन् । त्यसअघि उनीहरुले केराको पातमा चोखो दही चिउरा, मिष्ठान्न परिकार दिएर बाँस वा जुटबाट बनेको एक प्रकारको हलुँगो वस्तु (सन्ठी)को मन्दिरमा राखेर बिदाइ गरिन्छ ।

सखी/बैहैनपा लगाउने परम्परा

दिदी-बहिनीहरुले सख/बैहनपा (मितिनी) लगाउने र दाजुभाइले भाइजी/बगैरिया अर्थात् मित लगाउने चलन रहेको छ । उनीहरुले सखी/बैहैनपाको र मितको जोडी पनि समाचकेवाको जस्तै युगगुगान्तर चलोस् भनेर  मित-मितिनी लगाउने गर्छन् । थारु समुदायमा सद्भाव र सहिष्णुताको भाव कायम राख्‍न यो परम्पराको शुरुवात गरिएको हो ।



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content