Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

अश्लील बोल्दै कानून व्‍यवसायीलाई गाली गर्ने को हुन् ?

२ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध बिहीबारको प्रदर्शनमा सहभागी भएर कानून व्यवसायीहरु नेपाल बार एशोसिएसनको कार्...

२ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध बिहीबारको प्रदर्शनमा सहभागी भएर कानून व्यवसायीहरु नेपाल बार एशोसिएसनको कार्यालयमा केहीबेर सुस्ताइरहेका थिए ।

त्यहीबेला नेपाल बारको कार्यालय परिसरमा केही अपरिचित व्यक्तिहरु प्रवेश गरी कानून व्यवसायीहरुलाई गालीगलौज गर्न थाले । कानून व्यवसायीहरु प्रतिकारमा उत्रिएपछि दुई जना भागे । एक जनालाई भने प्रहरीहरुले कानून व्यवसायीहरुबाट छुटाएर भगाए ।

उनीहरु को हुन् एकीन भइसकेको छैन तर कानून व्यवसायीहरु भने आफूहरुविरुद्ध परिचालित ‘भिजिलान्ते’ भएको दाबी गर्छन् ।

पहेंलो टी–सर्ट लगाएका एक व्यक्ति अश्लील शब्द प्रयोग गर्दै आन्दोलनरत कानून व्यवसायीहरुलाई गाली गर्दै थिए । त्यही बेला नीलो सर्ट र कालो छालाको ज्याकेट लगाएका अरु दुई जना पनि कानून व्यवसायीहरुविरुद्ध बोल्न थाले । उनीहरुलाई कालो कोटधारी कानून व्यवसायीहरुले बार परिसरबाट बाहिर जान भने । तर उनीहरु अटेर गर्दै गालीगलौज जारी राखे ।

त्यसपछि कानून व्यवसायीहरु पनि आवेशमा आएर उनीहरुविरुद्ध जाइलाग्न खोजेपछि पहेंलो र कालो ज्याकेट लगाएका दुई जना युवा बाटो क्रस गरेर पल्लोपट्टी भागे । नीलो सर्ट लगाएका युवकलाई पनि कानून व्यवसायीहरुले नेपाल बारको गेटबाट बाहिर निकाले । तर उनी अझ आक्रामक बनेपछि कानून व्यवसायीहरु पनि जाइलागे । उनलाई तान्दै नेपाल बारको परिसरभित्रै ल्याउनासाथ प्रहरीले हस्तक्षेप गर्यो र कानून व्यवसायीहरुको हातबाट उनलाई छुटायो ।

प्रहरीको घेरामा राखेर ती व्यक्तिलाई नेपाल बारको गेटबाहिर निकालियो । अलि पर रोकिराखेको एउटा गाडी चढेर उनीहरु आफ्नो बाटो लागे ।

उनीहरु को हुन् ?

उनीहरु को हुन् भन्ने स्पष्ट भइसकेको छैन । सर्वोच्च र नेपाल बार परिसरमा खटिएका एकजना प्रहरी अधिकृतले आफूहरुले ती व्यक्तिहरुलाई नचिन्ने बताए ।

तर एकजना कानून व्यवसायीले भने उनीहरु प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध जारी आन्दोलन बिथोल्न परिचालित ‘भिजिलान्ते’ भएको बताए ।

‘ती तीन जनामध्ये पहेंलो टिसर्ट लगाएको मान्छे बौद्ध क्षेत्रमा बस्छ र आफूलाई डन भनेर चिनाउँछ,’ आन्दोलनरत एकजना कानून व्यवसायीले भने, ‘उनीहरु हाम्रो आन्दोलन बिथोल्न परिचालन गरिएका व्यक्तिहरु हुन् ।’

कानून व्यवसायीहरुले सर्वोच्च परिसरभित्र प्रदर्शन गरिरहँदा एक समूहले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको पक्षमा सर्वोच्च अदालत परिसर बाहिर प्रदर्शन गर्दै आएको छ । न्याय निरुपणको काम अवरुद्ध भएकाले कानून व्यवसायीहरुले आन्दोलन अन्त्य गर्नुपर्ने माग सो समूहको छ । तर बिहीबार कानून व्यवसायीहरुविरुद्ध अश्लील गालीगलौजमा उत्रिएका ती व्यक्तिहरुको सम्बन्ध त्यो समूहसँग छ कि छैन भन्ने पुष्टि हुन सकेको छैन ।



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content