Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

परवानीपुर गाउँपालिकाको १७औँ गाउँसभा सम्पन्न

वीरगञ्ज । परवानीपुर गाउँपालिकाले गाउँसभाको १७औँ अधिवेशन पालिकाको सभा हलमा सम्पन्न गरेको छ। चालु आर्थिक वर्षको हिउँदे अधिवेशन गाउँपालिका अध्य...

वीरगञ्ज । परवानीपुर गाउँपालिकाले गाउँसभाको १७औँ अधिवेशन पालिकाको सभा हलमा सम्पन्न गरेको छ। चालु आर्थिक वर्षको हिउँदे अधिवेशन गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न भएको हो।

१७औँ गाउँसभामा आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि हालसम्मको प्रगति विवरण प्रस्तुत गरिएको थियो। सभामा चालु आर्थिक वर्षमा हालसम्म सम्पन्न भएका योजना तथा कार्यक्रमहरूको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै स्वीकृत योजना तथा कार्यक्रमहरूमा गरिएको संशोधनसमेत पारित गरिएको छ।

कार्यक्रममा जनप्रतिनिधिहरूले उठाएका गुनासो तथा जिज्ञासाको सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष कुर्मीले परवानीपुर गाउँपालिका वडा नम्बर १ देखि ५ सम्म भौतिक पूर्वाधार निर्माणसँगै स्वास्थ्य, शिक्षा, कृषि, दलित तथा सामाजिक विकासका क्षेत्रमा उल्लेखनीय कार्य भइरहेको बताउनुभयो।

उहाँले समृद्ध परवानीपुर गाउँपालिका निर्माणका लागि वडाध्यक्ष, वडासदस्य तथा सम्पूर्ण जनप्रतिनिधिको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै निर्वाचित भएदेखि नै विकास निर्माणमा जनप्रतिनिधि, संघ–संस्था तथा सरोकारवालाबाट निरन्तर सहयोग पाउँदै आएको र आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताउनुभयो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै चालु आर्थिक वर्षमा हालसम्म सम्पन्न भएका योजना तथा कार्यक्रमहरूको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सभामा गाउँपालिका भित्रका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसैबीच, गाउँसभाको अवसरमा आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा ठूलो करदाता रहेका ओसिबी फुड्स एण्ड फिड्स प्रा.लि.का सञ्चालक सुरेश रुंङटाले ९ लाख ६० हजार रुपैयाँ कर बुझाएको तथा जय श्री हेल्थ केयर प्रा.लि.ले ६ लाख रुपैयाँ समयमै कर बुझाएको भन्दै गाउँपालिकाको तर्फबाट दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मान गरिएको छ।

त्यसैगरी आर्थिक वर्ष २०८१/०८२ मा १४ लाख १० हजार रुपैयाँ कर संकलन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै परवानीपुर गाउँपालिका वडा नम्बर ५ बहुअरी कार्यालयलाई पनि सम्मान गरिएको छ। वडा मातहतका उद्योगहरूबाट सहजीकरण गरी कर संकलनमा योगदान पुर्‍याएको भन्दै वडा नम्बर ५ का वडाध्यक्ष रामेश्वर साह कलवारलाई दोसल्ला ओढाई सम्मान गरिएको छ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content