अजय यादव वियोगी
कलैया ,बारा ।
"बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिका -७ बेनौली माविमा भव्यरुपले सरस्वती पुजा तथा साँस्कृतिक कार्यक्रम सम्पन्न "


बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिका -७ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय बेनौली माविमा सरस्वती पुजा तथा भव्य रुपले साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।विधालयका प्रधानाध्यापक प्रमोद प्रसाद यादवको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि बाराकै उत्कृष्ट पचरौता नगरपालिकाका नगरपिता एवम् प्रखर वक्ता जलन्धर सिँह रहनु भएको थियो।विशिष्ट अतिथिहरुमम पचरौता नगरपालिकाका कि उप-मेयर नसिमा खातुन , निमित्त प्रमुख प्रशासकीय अधिकृत गौरी साह ,पचरौता नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर -५ का वडाध्यक्ष लक्ष्मी यादव ,वडा नम्बर -३ का वडाध्यक्ष धेनुक पटेल ,वडा नम्बर -९का वडाध्यक्ष गगनदेव प्रसाद यादव ,वडा नम्बर -७ का वडाध्यक्ष बनारसी मुखिया बिन ,शिक्षा सह- संयोजक मुकेश कुमार पटेल लगायतका रहनु भएका थिए।
अतिथिहरुमा विधालयका शिक्षक/शिक्षिका ,कर्मचारी ,राजनीतिदलका प्रतिनिधि ,बुद्धिजीवी ,समाजसेवी तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।पचरौता नगरपालिका -७ बेनौलीमा भएको सरस्वती पुजा तथा साँस्कृतिक कार्यक्रमका प्रमुख अतिथि एवम् उत्कृष्ट मेयर जलन्धर सिँहले पचरौता शिक्षामा कसैसँग कुनै किसिमको सम्झौता नगर्ने बताउनुभयो ।विगतमा भएको शिक्षाको सम्झना गर्दे अहिले शिक्षामा तुलनात्मक परिवर्तन भएको र पचरौता नगरपालिकामा रहेको २० वटा विधालयको शिक्षा स्तर मजबुत बनाएको वहाँले बताउनुभयो।पचरौता नगरपालिका -७ बेनौली माविमा यसपालिका शैक्षिक सत्र २०८२ बाट कक्षा ११ सञ्चालन गर्नका लागि सम्पूर्ण काम पुरा भएको र सुरुवात गर्ने पनि प्रमुख अतिथि एवम् उत्कृष्ट मेयर सिँहले बताउनुभयो ।बेनौली माविलाई पचरौताको नभई देशकै नमुना विधालय बनाउनका लागि गुरु योजना बनाएको जसमा २ तले भवनको सबै डिपिआर भईसकेको र टेण्डर मार्फत भवन निर्माणका प्रक्रिया अगाडि बढाएको बताउनुभयो।४ तले सो भवन बनाउने तर्फ पहिलो आ.व.मा २ तल्ले र।त्यसपछि २ तल्ला थपेर ४ तल्ले भवन बनाउने गुरुयोजना रहेको प्रमुख अतिथि एवम् मेयर सिँहले बताउनुभयो।सो भवन अावाज विहिन हुन्छ ,प्राविधिकमय हुन्छ र सिसिटिभि जडित भवन हुनुको साथै लिफ्ट द्वारा अाउने र जाने काम हुने पनि वहाँले बताउनुभयो ।सबै माविको स्तर उन्नतिमा नगरपालिकाले ध्यान दिएको बताउनुभयो शिक्षामा सुधार गर्न समय लाग्ने तर त्यसबाट हुने उपलब्धि धमकाधार हुने भएकाले समय लाग्ने पनि वहाँले बताउनुभयो।प्रवक्ता लक्ष्मी यादवले पनि शिक्षा मजबुत बनाउनु नगरपालिका लागि परेको पनि बताउनुभयो।अन्य वक्ताहरुले पनि पचरौता नगरपालिकाका को विकास देख्न लायक रहेको पनि बताएका थिए ।साँस्कृतिक कार्यक्रममा बेनौली माविका बिधार्थीहरुको उत्साहजनक सहभागिताले सबै क्षेत्रमा विधालय ध्यान पुगेको पचरौता नगरपालिकाका शिक्षा सह-संयोजक मुकेश कुमार पटेलले बताउनुभयो।विधालयका सम्पुर्ण शिक्षक ,शिक्षिका तथा कर्मचारहरुलाई नगरपालिकाका मेयर एवम् प्रमुख अतिथि जलन्धर सिँह लगायतकाले सम्मान गरेका थिए ।सम्मानित शिक्षकहरुले खुशी व्यक्त गर्दे पचरौता नगरपालिकाको शिक्षालाई मजबुत बनाउन अाफुहरुबाट हुने प्रयास जारी रहने प्रतिबद्धता व्यक्त गरेका थिए।शिक्षामा विशिष्ट अंक ल्याएकालाई नगरपालिकाले सम्मान गर्दे अाएका छन ।भव्य साँस्कृतिक तथा सरस्वती पुजाको सन्देश राम्रो गएको र सबै बिधार्थीहरुलाई प्रसादी वितरण गरिएको पुजा समितिले जानकारी दिएका छन्।
प्रतिक्रिया