Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

कपिलवस्तु प्रिमियर लिग प्रिमियर कप शान्तिपूर्ण ढंगले सम्पन्न "

अजय मिश्र  कपिलवस्तु  "कपिलवस्तु प्रिमियर लिग प्रिमियर कप शान्तिपूर्ण ढंगले सम्पन्न " कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL...
अजय मिश्र 
कपिलवस्तु 
"कपिलवस्तु प्रिमियर लिग प्रिमियर कप शान्तिपूर्ण ढंगले सम्पन्न "


कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ । माघ १२ गतेदेखि सुरु भएको केपीएल प्रिमियर कप विधिवत रूपमा सम्पन्न भएको हो ।युवा अमन सामाजिक विकास केन्द्र, अर्स चेरीटेबल फाउन्डेसन र नेपाल समाजिक मञ्चको आयोजना कार्यक्रम सम्पन्न भएको अायोजक संस्थाले श्री गढीमाई राष्ट्रिय  दैनिकलाई जानकारी दिएका छन् ।कार्यक्रममा कृष्णनगर नगरपालिकाका विभिन्न वडा र शिवराज नगरपालिकाका विभिन्न वडाहरूको सहआयोजना रहेको थियो ।समापन समारोहमा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला कानुन मन्त्री आदेश अग्रवालले केपीएल प्रिमियर कप आयोजकलाई धन्यवाद दिँदै प्रदेश सरकारबाट विशेष सहयोग गर्ने आश्वासन दिनुभयो ।मन्त्री अग्रवालले कपिलवस्तुका खेलाडीहरूलाई प्रदेश सरकारबाट विशेष सहयोग गर्ने बताउनुभयो । उहाँले यस क्षेत्रमा खेलकुद मैदान निर्माण, खेलाडीहरूको प्रोत्साहन गर्नका लागि विशेष बजेट छुट्याउने बताउनुभयो ।कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री अर्जुनकुमार केसीले खेलाडीहरूको आत्मबल बढाउनका लागि आफूले सक्दो पहल गर्ने बताउनुभयो ।यस क्षेत्रमा ऐतिहासिक रूपमा केपीएल प्रिमियर कप भएको भन्दै सांसद केसीले आयोजकलाई धन्यवाद दिनुभयो ।पूर्वमन्त्री ईश्वर दयाल मिश्रले कपिलवस्तुको पछाडि परेको क्षेत्रमा यस्ता खेल आयोजना गरिनु आफैमा महत्वपूर्ण भएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो ।आउने दिनमा पनि यस्ता रचनात्मक क्रियाकलाप तर्फ युवाहरू लाग्नुपर्ने पूर्वमन्त्री मिश्राको भनाई रहेको थियो ।आजको समापन खेलमा कपिलवस्तुको कृष्णनगर नगरपालिकाको बहादुरगंज र शिवराज नगरपालिकाको मोतिनगर बीच प्रतिस्पर्धा भएको थियो क्रिकेट खेलमा मोतीनगरले बहादुरगंजलाई हराउँदै च्याम्पियनसिपको उपाधि हात पारेको खेल संयोजक रहित शाहले बताउनुभयो।मोतीनगरले १ सय ३१ रनको टार्गेट दिएको थियो । बहादुरगंज ५६ रनमा मात्रै अलाउट हुदा केपीएल प्रिमियर कपको च्याम्पियन सिप मोतीनगर भएको थियो । मोतीनगरले १ लाख १ हजार नगद पुरस्कार जितेको छ ।उपविजेता कृष्णनगरको बहादुरगंजले रु ५१ हजार जितेको इन्डो नेपाल समाजिक मञ्चका अध्यक्ष अकरम पठानले बताउनुभयो ।
माघ १२ गतेबाट सुरु भएको प्रतियोगितामा कपिलवस्तुका २५ भन्दा बढी समूहले सहभागिता जनाएको आयोजक मिर्जा रासिद बेगले बताउनुभयो ।म्यान अफ द सिरिज लुम्बिनी प्रदेश प्रहरीको क्रिकेट खेलाडी युवराज सेनले जितेका थिए। कार्यक्रमका आयोजक मिर्जा राशिद, अकरम पठान, रहिश शाह लगायतले आहोरात्र खटि कपिलवस्तु प्रिमियर लिग प्रिमियर कप लाई जिल्लामा नै ऐतिहासिक बनाउन सफल भएका हुन्।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content