अजय यादव वियोगी
कलैया ,बारा।
बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिका वडा नम्बर -७ बेनौलीमा रहेको बन्दै गरेको नमुना माध्यमिक विधालयको शिक्षा विकास तथा समन्वय एकाई बाराका प्रमुख हेमराज खतिवडाले अनुगमन तथा निरिक्षण गर्नुभएको हो।साथमा शिक्षा विकास तथा समन्वय एकाईका सुचना अधिकारी संतोष शर्मा ,रोशन पाल ,पचरौता नगरपालिकाका शिक्षा सह-संयोजक मुकेश कुमार पटेल लगायतकाको सहभागिता रहेको थियो ।बाराकै उत्कृष्ट मेयर एवम् प्रखर वक्ता जलन्धर सिँहको विशेष पहलमा उक्त विधालयलाई नमुना विधालय बनाउनको निमित्त सबै पुर्वाधार र जनशक्ति बनाउन लागिरहेको बेला एकाईका प्रमुख खतिवडाको निरिक्षणले थप सहयोग पुग्ने नगरपालिकाले विश्वास लिएको बताईएको छ ।
प्रतिक्रिया