Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बाराको उत्कृष्ट पचरौता नगरपालिकामा शिक्षामा सुधार गर्ने शिक्षा सह-संयोजक मुकेश कुमार पटेलको चर्चा सर्वत्र ,अझ सुधार गर्दे जाने उनले गरे प्रतिबद्धता "

अजय यादव वियोगी  कलैया ,बारा । "बाराको उत्कृष्ट पचरौता नगरपालिकामा शिक्षामा सुधार गर्ने शिक्षा सह-संयोजक मुकेश कुमार पटेलको चर्चा सर्वत...
अजय यादव वियोगी 
कलैया ,बारा ।
"बाराको उत्कृष्ट पचरौता नगरपालिकामा शिक्षामा सुधार गर्ने शिक्षा सह-संयोजक मुकेश कुमार पटेलको चर्चा सर्वत्र ,अझ सुधार गर्दे जाने उनले गरे प्रतिबद्धता "


शिक्षा मानिसको जन्मजात शक्तिहरुको  स्वाभाविक सामान्यजस्यपुर्ण र प्रगतिशील विकास हो ।प्रसिद्ध शिक्षाविद्      पेस्तालोजीले भनेका थिए ।यहीँ कुरालाई आत्मसाथ गर्दै बाराको उत्कृष्ट नगरपालिका पचरौताले शिक्षामा सुधार गर्दे गएका छन्।बाराको १६ पालिका मध्ये पचरौता नगरपालिकाको शिक्षामा व्यापक सुधार भएको छ ।पचरौता नगरपालिकामा रहेको ४ मावि मध्ये बेनौली माविलाई नमुना बनाउनका लागि नगरपालिकाले गृहकार्य सुरु गरिसकेको छ ।पहिला भन्दा कैयौं गुणा शिक्षामा सुधार भएको जिल्लाकै शिक्षाकै हब बनाउन तर्फ आफु लागि परेको पचरौता नगरपालिकाका शिक्षा सह-संयोजक मुकेश कुमार पटेलले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।विगतमा भएको शिक्षा र अहिलेको शिक्षामा व्यापक सुधार भएपछि पचरौताबासी हर्षित र खुशी भएको सह-संयोजक पटेलले बताउनुभयो।पचरौता नगरपालिकाले शिक्षामा सुधार गर्नका लागि खाका बनाएर काम गर्दे गएको उल्लेख गर्दे ईन्जिनियर ,प्राविधिक ,कृषि ,भेटनरी लगायत सिपमुलक शिक्षा दिन्नका लागि पचरौताका शिक्षा सरोकारवालाहरुसँग सधैं  विचार ,विमर्श हुदै अाएको र सोही अनुसार बनाउने गुरु योजना समेत रहेको  शिक्षा सह-संयोजक पटेलले बताउनुभयो।पचरौतामा रहेको मावि विधालयमा मध्ये पचरौता नगरपालिका -७ बेनौली माविलाई नमुना विधालय बनाउन सबै काम अन्तिम चरणमा पनि पुगेको शिक्षा सह-संयोजक मुकेश कुमार पटेलले बताउनुभयो।बेनौली माविमा भवन , फर्निचर तथा अन्य शैक्षिक सामाग्रीको व्यवस्थापनको सबै काम पुरा भएको र केही काम बाँकी रहेको सो काम पनि अहिले चालु अवस्थामा रहेको पनि वहाँले बताउनुभयो ।पचरौता नगरपालिका -७ मा रहेको उक्त विधालयमा अाफु विधालय कर्मचारी रहि काम गरेको सबै बारे जानकारी  रहेकोले धमाधम काम गराउन सफल भएको पनि शिक्षा सह-संयोजक पटेलले बताउनुभयो।बेनौली माविलाई नमुना विधालय बनाउनका लागि  शिक्षा विकास तथा समन्वय एकाई बाराको प्रमुख हेमराज खतिवडासँग अनुमगन तथा निरिक्षण भईसकेको पनि शिक्षा सह-संयोजक पटेलले बताउनुभयो। पचरौतामा रहेको पिपरपाती मावि ,कुडवा मावि र बेलदारी माविमा दरबन्दी अनुसारको शिक्षक पठाई पठनपाठन भईरहेको वहाँले बताउनुभयो ।सधैं अनुगमन तथा निरिक्षण टोली जाने भएकाले धेरै सुधार भएको पनि वहाँले बताउनुभयो ।पचरौत नगरपालिकाका शिक्षा संयोजक पंडित त्रिपाठीले पनि अहम् भूमिका निभाउदै अाएका छन् ।पचरौता नगरपालिका जिल्लाकै उत्कृष्ट नगरपालिकाका रुपमा काम गर्दै गएका छन्।अाधारभुत विधालयहरुलाई पनि प्राथमिकताका साथ हेरिएको पचरौता नगरपालिकाको शिक्षा शाखाले जानकारी दिएका छन् ।शिक्षाको क्षेत्रमा मास्टर माईन्ड मानिएका शिक्षा सह-संयोजक मुकेश कुमार पटेलले यस्तो व्यापक सुधार भएको त्यहाँ शिक्षा प्रेमिहरुले बताएका छन् ।पचरौता नगरपालिकाको शिक्षाबाट पाठ सिक्न जरुरी रहेको पचरौतामा कार्यरत रहेका प्रधानाध्यापक तथा शिक्षकहरुले बताउने गरेका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content