Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

मधेस आन्दोलनका शहीदहरुको सम्झना गरेर मनाइयो बलिदान दिवस

वीरगंज, ५ माघ ।  बलिदानी दिवसको अवसरमा वीरगंजको घण्टाघरमा निर्माण गरिएको मधेश आन्दोलनका शहीदहरूको प्रतिमाहरुमा माल्यार्पण गरिएको छ । मधेसी ज...

वीरगंज, ५ माघ ।  बलिदानी दिवसको अवसरमा वीरगंजको घण्टाघरमा निर्माण गरिएको मधेश आन्दोलनका शहीदहरूको प्रतिमाहरुमा माल्यार्पण गरिएको छ ।

मधेसी जनताको पहिचान र अधिकारका लागि आफ्नो ज्यानको आहुती दिने मधेश आन्दोलनका सहीदहरूको सालिकमा वीरगंज महानगरका मेयर राजेशमान सिंह लगायतले माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

कार्यक्रममा पूर्वमन्त्री मोहनलाल चौधरी, जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, बहुदरमाई नगरपालिकाका मेयर सिहासन सा तेलीका साथै जसपाका नेताकार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो ।

मधेस आन्दोलनका क्रममा प्रहरीको गोली लागेर शहादतप्राप्त गरेका शहिदहरूको स्मृतिमा माघ ५ गतेलाई मधेस केन्द्रित दलहरूले बलिदानी दिवसका रूपमा मनाउFदै आएका छन् ।

बलिदानी दिवस मधेश आन्दोलनका क्रममा शहीद भएका व्यक्तिहरूको योगदानलाई स्मरण गर्न मनाउने गरिन्छ । विशेषतः २०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोको निधन भएको सम्झनामा यो दिवस मनाइन्छ। रमेश महतोको निधनसFगै शुरू भएको आन्दोलनले मधेशमा संघीयता र समावेशिताको मागलाई बलियो आधार प्रदान गरेको थियो।
आन्दोलनपछि जारी गरिएको अन्तरिम संविधानमा संघीयता र समावेशिता समावेश नगरेको विरोधमा मधेशी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन भएको थियो।

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष अशोक राई, उपाध्यक्ष सुशिला श्रेष्ठ, केन्द्रीय सहमहामन्त्री एवं खानेपानीमन्त्री प्रदीप यादव, वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, पूर्व प्रदेश सभासदस्य जन्नत अन्सारी, वरिष्ठ नेता प्रेमबाबु पटेल, नेताहरू उमेशलाल साहनी, नेकमहम्द अन्सारी, तबरेज अहमद, मुकेश द्विवेदी, ईश्वर यादव लगायतको उपस्थिति रहेको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content