Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

राम्रा कामको सूचना पत्रकारले दिनुपर्छ– अध्यक्ष नेपाल

वीरगञ्ज,१६ मंसिर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले जनतालाई खराब मात्र होइन राम्रा कामको सूचना पत्रकारले दिनुपर्ने ...

वीरगञ्ज,१६ मंसिर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले जनतालाई खराब मात्र होइन राम्रा कामको सूचना पत्रकारले दिनुपर्ने बताएका छन् ।
 
समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार नरेश सर्राफको दोश्रो स्मृतिसभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै उनले नेपालले सबै कुरा खराब मात्रै भन्दै जाने हो भने त्यसले निराशा पैदा गर्ने बताए । उनले बिग्रिएको कुराको गम्भीर समीक्षाको आवश्यकता रहेको बताए ।
उनले भने, राम्रा कामहरू पनि सुनाउनुस । एउटा राम्रो कुराले मान्छेलाई प्रेरित गर्छ त्यसैलै राम्रा गर्नेहरूलाई खोजी खोजी सम्मान गर्नुपर्छ ।
 
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष्F नेपालले पत्रकारिता जगतले देशको बिग्रिएको परिस्थितिलाई सुधार गर्न महŒवपूर्ण भूमिका निर्वाह गर्ने बताउदै जे तथ्य हो त्यहि नै सत्य भएकोले त्यो भन्दा अरू सबै कुरा गलत हुने तर्क गरे । राज्य र समाजबाट समेत निरूत्साहित बनाउन चालिएका कदमहरूले पत्रकारिता क्षेत्रलाई निराश बनाएको विषय प्रसँगहरू आएको भन्दै आन्तरिक समस्याहरू भए संवाद र छलफलको माध्यमबाट निकास निकाल्न सकिने बताए ।

कार्यक्रममा समाजवादी प्रेस संगठन पर्साले स्थापना गरेको पुरस्कार पत्रकार मनोज पटेललाई प्रदान गरिएको छ । स्व.नरेश सर्राफको दोश्रो स्मृतिसभा तथा पुरस्कार वितरण समारोहमा पत्रकार पटेललाई संगठनको तर्पबाट २१ हजार राशिको पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य पटेललाई नगद राशि सहित दोसल्ला ओढाएर सम्मान गरे । सम्मान अघि संगठनका पर्सा अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा भएको कार्यक्रममा स्व.पत्रकार नरेश सर्राफको तस्वीरमा माल्यार्पण गरेर श्रद्धाञ्जली दिए ।

कार्यक्रममा संगठनका केन्द्रीय सदस्य विश्वमणी सुवेदी, नेपाल पत्रकार महासंघका केन्द्री सचिव दीपेन्द्र चौहान, मधेस प्रदेशका महासचिव श्याम बञ्जरा लगायत पर्साका विभिन्न पत्रकार संगठनका अध्यक्षहरूले पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन श्याम सर्राफ र स्वागत बृजलाल पासवानले गरेका थिए ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content