Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

लामिछानेलाई रिहा नगरे धर्नामा बस्ने चेतावनी

वीरगंज, २८ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले आज जिल्ला प्रशासन कार्यालय, पर्सामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउंदै पार्टी ...

वीरगंज, २८ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले आज जिल्ला प्रशासन कार्यालय, पर्सामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउंदै पार्टी अध्यक्ष रवि लामिछानेलाई सरकारले पुनः म्याद थपेर हिरासतमा राख्ने प्रपंच गरे आफुहरू अनशनमा बस्ने चेतावनी दिएको छ ।

रास्वपा पर्साले बुधवार बृहत -याली सहित नगर परिक्रमा गरेर पर्साका प्रमुख जिल्ला अधिकारी मार्पmत प्रधानमन्त्रीको कार्यालयमा उक्त ज्ञापनपत्र पठाएको हो ।

रास्वपाका पर्सा जिल्ला सभापति हरि पन्तको नेतृत्वमा निस्केको बृहत जुलुसमा रबि लामेछानेलाई निर्दाेष हुँदाहुँदै पनि हत्कडी लगाएको प्रतीक बनाएर बजार परिक्रमा गरेको थियो । साथै  प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेर बहादुर देउवाको फोटोसमेत मुखुण्डो बनाएर हिड्न लाग्दा प्रहरीले हस्तक्षेप गरेपछि जुलुसमा केही समय तनाव र घम्सा घम्सी समेतको वातावरण बनेको थियो ।  

जुलुस नगर परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी मार्पmत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा रास्वपा पर्साका केन्द्रीय सदस्य डा नन्दन यादव,  प्रदेश सदस्य पुर्षाेतम उपाध्याय, क्षेत्रीय सभापतिहरू जितेन्द्र मिश्र, फैयाद मियाँ, पालिका सभापती चन्दन गुप्ता लगायतले मन्तव्य राखेका थिए ।  

जुलुस र कार्यक्रममा अत्यन्तै उत्साह जनक उपस्तिथि रहेको र रबि लामिछाने अझ पनि हिरासतमा राखी रहे अब देश रविमय र रास्वपामय बन्ने जिल्ला सभापति हरि पन्तले बताए ।  उनले भने अब देश र जनताले  रवि निर्दाेष भएको छर्लङ्ग बुझी सकेकोले नै जनता रविको पक्षमा उर्लिएको छ ।

कार्यक्रममा पूर्व सभापति दिलीप कुर्मी, उपसंयोजक तुलशा अधिकारी, प्रदेश सदस्य सुदिश प्रजापति, सब्बु कंडेल, शिक्षा बिभागका सोनालाल पटेल, पालिका सभापतिहरू माधव बस्नेत, उमेश गुप्ता, प्रदिप पटेल र पूर्ण सापकोटा लगायतको उपस्थित रहेको थियो भने कोणसभाको सहजीकरण संगठन बिभाग उपप्रमुख प्रमोद रायमाझीले गरेका थिए ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content