अजय यादव वियोगी
कलैया ,बारा
"चोरी ,तस्करी गरेर राखेको चिनी र प्याज सशस्त्र प्रहरी र नेपाल प्रहरीले छापामारी गरी मटिअर्वा नाकाबाट गरे बरामद ,संलग्न रहेको खोजी कार्य जारी "
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर -१२ मानवत मटिअर्वा सडक नजिककै रहेको धर्मनगरको कटेगनमाई नजिक बनाएको घरबाट विशेष सुचनाको आधारमा चिनी र प्याज बरामद भएको छ।अवैध ढंगले राखिको उक्त प्याज र चिनी सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले अप्रेसन गरी बरामद गर्न सफल भएका छन् ।सशस्त्र प्रहरीका मटिअर्वाका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक विदुर भट्टराई र मटिअर्वा चौकीका प्रमुख सई अरुणकुमार यादवको नेतृत्वको टोलीले उक्त सामान बरामद गर्न सफल भएका हुन ।बाराकै सबैभन्दा बढी चल्ने मटिअर्वा नाकाबाट सबैभन्दा चोरी तस्करी हुने गरेको रहष्य बाहिर आएको छ ।सशस्त्र प्रहरीले १ महिनामा ९१ लाख भन्दा बढीको सामान प्रकाउ गरेर भंसार बुझाएको र हालै तस्करीमा ठुलो गिरोह नै संलग्न भएको बाराका अगुवाहरुले बताएका छन्।कलैया उपमहानगरपालिकामा वडा सचिवमा कार्यरत रहेका खेदु मियाँको घरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीले २४ बोरा चिनी र ५३ बोरा प्याज अर्थात २ लाख ५९ हजार बराबरको सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् सुचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताउनुभयो ।मटिअर्वा नाकामा विशेष अपरेसन पनि सुरु भएको चाँडै नै गिरोहको समाप्त हुने पनि सुचना अधिकारी सापकोटाले बताउनुभयो ।यता प्रहरीको छापाले तस्करहरुमा खैलाबैला मच्चेको थियो ।दिनभर मटिअर्वा नाकामा प्रहरीको टोलीले आवत जावत गरेपछि मटिअर्वा नाकाबाट हुने चोरी तस्करीमा केही कमि भएको स्थानीयबासीहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।कलैया उपमहानगरपालिका -१२ धर्मनगरको कटेगनमाई नजिककैको खेदु मियाँको गोदामबाट २४ बोरा चिनी र ५३ बोरा प्याज बरामद भएको ,बरामद सामान सिधा बिरगंज भंसार पठाईएको सशस्त्र प्रहरीका मटिअर्वाका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (DSP) विदुर भट्टराईले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।मटिअर्वा नाकालाई कडाइ गर्न आफु लागि पर्नेपनि नायब उपरीक्षक भट्टराईले बताउनुभयो।कलैया उपमहानगरपालिका वडा नम्बर -१२ का वडाध्यक्ष लालबाबु प्रसाद मण्डल ,स्थानीय जनप्रतिनिधि ,बुद्धिजीवी ,समाजसेवी ,पत्रकार,लगायतको रोहवरमा उक्त छापा मारी सामान बरामद गरिएको प्रहरीले जानकारी दिएका छन् ।मटिअर्वा नाकाबाट विभिन्न अवैध सामान भित्रिन्ने गरेका हुनाले भंसार सुचारु गर्न अति आवश्यक रहेको पनि स्थानीयबासीहरुले बताएका छन् ।
प्रतिक्रिया