अजय यादव वियोगी
कोल्हबी ,बारा ।
"बिरगंज कृषि अौजार सञ्चालनका लागि ३ लाख किताब बिक्री गर्ने लक्ष्य राखेको राष्ट्रिय अनुसन्धान केन्द्रका प्रमुखका महावीर पुनको भनाई ,२२४ अौ दिनमा १ लाख ३५ हजार किताब बिक्री "
पर्साको बिरगंजमा बन्द रहेको बिरगंज कृषि अौजार केन्द्र सञ्चालनका लागि राष्ट्रिय अभियान सहित आफ्नै आत्म कथा बेचेर संकलन भएको सबै रकम केन्द्रमै लगाउने उदघोष अनुसार राष्ट्रिय अनुसन्धान केन्द्रका प्रमुख महावीर पुनले गाउँ शहर हुदै किताब बिक्री गरेका छन् ।केही दिनदेखि बारा र पर्सामा किताब बिक्री सिम्रौनगढपछि कोल्हबीमा किताब बिक्री गरेका हुन।बिरगंज कृषि अौजारका लागि अाफू दिनरात नभनि किताब बेच्दै हिडेको र ३ लाख किताब बिक्री गर्ने लक्ष्य समेत रहेको राष्ट्रिय अनुसन्धान केन्द्रका प्रमुख महावीर पुनले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।कोल्हबी बजारमा किताब बिक्री गर्दे गर्दा २२४ दिन पुगेको अहिले सम्म १ लाख ३५ हजार किताब बिक्री भईसकेको बाँकी किताब पनि केही दिनमै बिक्री भएपछि बिरगंज कृषि अौजारका लागि पुर्ण काम हुनेपनि वहाँले बताउनुभयो ।बारा जिल्ला ऐतिहासिक एवम् पुरातात्त्विक जिल्ला मात्र नभई किसानको जिल्लाले पनि प्रख्यात भएको राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख पुनले बताउनुभयो ।बाराको सदरमुकाम कलैया ,विश्व प्रसिद्ध भगवती भएको ठाउँ बरियारपुर ,सुवर्ण गाउँपालिका ,सिम्रौनगढ लगायतको ठाउँमा किताब बिक्री भएको पनि राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख पुनले बताउनुभयो ।श्री गढीमाई राष्ट्रिय दैनिकका सम्पुर्ण टिमले पनि वहाँको महान कार्यमा केही सहयोग गरेका छन् ।कोल्हबी बजारमा किताब बिक्री पछि निजगढ जाने पनि कार्यक्रम बनाईएको किताब बिक्रीमा संलग्न रहेका अभियन्ताहरुले बताउनुभयो ।तराई ,मधेस हिमाल पहाड सबै ठाउँ अर्थात देश विदेशबाट पनि राम्रो अपेक्षा जुटदै आएका छन् ।
प्रतिक्रिया