Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

झूठा प्रचारबाजी गरी मेरो र उद्योगको चरित्र हत्या गर्ने काम भयो- सञ्चालक मित्तल

वीरगंज, २५ फागुन ।  वीरगंज महानगर–१०, आदर्शनगरस्थित स्वीट मार्ट फुड प्रा.लि.का सञ्चालक शंकरलाल मित्तल संचालकले बिहीवार पत्रकार सम्मेलन गरी प...

वीरगंज, २५ फागुन ।  वीरगंज महानगर–१०, आदर्शनगरस्थित स्वीट मार्ट फुड प्रा.लि.का सञ्चालक शंकरलाल मित्तल संचालकले बिहीवार पत्रकार सम्मेलन गरी पहिलादेखि चलिरहेको र अदालतमा विचाराधीन रहेको मुद्दालाई इगो बनाएर केही सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरी आफूलाई मानसिक तनाव दिने गरेको आरोप लगाएका छन् ।

उनले पत्रकार सम्मेलनमा मेरो नाउँको उक्त सूचना म्याद पहिला देखि नै चलिरहेको मुद्दाका सम्बन्धमा मलाई झिझ्याउने, सताउने, दुःख दिने चरित्र हत्या गर्ने उद्योगलाई धारासायी बनाउने उद्देश्यबाट मेरो विरोधीहरूले विभिन्न षडयन्त्र गरिरहेको बताएका छन् ।

उनले विरोधीले एक पटक सूचना म्याद बुझी मैले सो मुद्दाका सम्बन्धमा यथार्थ व्यहोरा उल्लेख गरी प्रतिउत्तर दिई मुद्दा चलिरहेको विचाराधिन रहेको अवस्थामा सोही मुद्दाका सम्बन्धमा पटक पटक म्याद काटी काट्न लगाई मेरो नाउँमा आउने खामबन्दी कागजपत्रहरू बाटोमा मेरो विरोधी मानिसहरूको हातमा दिई खोल्न लगाई मेरो तथा मेरो स्वीट मार्ट फुड प्रा.लि.को चरित्र हत्या गर्न लगाएको आरोप लगाए । उनले आफ्नो र उद्योगको चरित्र हत्या गर्ने समााचार प्रकाशित गरेका संचारमाध्यम, पत्रपत्रिकामा करोडौ क्षतिपूर्तिको माँग सहित उद्योग विभागमा उजुरी दिएको बताए ।

उनले भने– मित्तल स्वीट मार्ट फुड प्रालिविरूद्ध २०८०।११।२२ गते देखि झूठा प्रचार बाजी गरी मेरो चरित्र हत्या गरेकोले म दुःखी छु । म एउटा उद्योगी व्यवसायी भएको र कानून बमोजिम मेरो उद्योग दर्ता भई संचालनमा रहेको स्वीट मार्ट फुड प्रा. लि. ले समय समयमा राजस्व समेत तिरी राज्यलाई सहयोग गरी आएको उद्योगलाई चरित्र हत्या गर्ने कार्य भएकोमा कानून बमोजिम मैले कारबाई चलाउने बताएका छन् ।

मित्तलले पत्रकार सम्मेलनमा वितरित गरेको विज्ञप्ति अनुसार कास्की जिल्ला पोखरा म.न.पा.वडा नं. १ स्थित रहेको सुजल फुड्स प्रा.लि.ले वीरगंज आदर्शनगरस्थित रहेको स्विट मार्ट फुड प्रा. लि.लाई विपक्षी बनाई श्री उद्योग विभाग त्रिपुरेश्वर काठमाण्डौमा दर्ता कायम रहेको एक्लेयर्स, बबलबूम ट्रेडमार्कको संरक्षण प्रदान गरि दिनेबारे भनी दिएको मुद्दामा स्विटमार्ट फुड प्रा.लि.को तर्फबाट कानून बमोजिम उद्योग विभागमा स्विट मार्ट फुड प्रा. लि. दर्ता भई संचालनमा रहेको भनी सत्य साचो व्यहोरा उल्लेख गरी सम्पूर्ण विवरण खुलाई सम्बन्धीत उद्योग विभागमा सप्रमाण सहित प्रतिउत्तर पत्र दर्ता गराई मुद्दा पुर्पक्ष हुँदै आएको उक्त मुद्दा विचाराधिन रहेको व्यहोरा सर्वप्रथम जानकारी गराउन चाहन्छु ।

उक्त मुद्दा चलि नै रहेको अवस्थामा सोही मुद्दाको सम्बन्धमा पुनः स्विट मार्ट फुड प्रा.लि. को नाउँमा ७ दिने सूचना म्याद खामबन्दी सहित उद्योग विभागले पठाएको खामबन्दी कागज मिति २०८०।११।२२ गतेका दिन यस स्वीट मार्ट फुड प्रा.लि.मा उद्योग विभागका कार्यालय सहायकले लिई आउँदा लिई आएको खामबन्दी कागज च्यातिएको देखिएकोले सो कहाँ दिई च्यातिएको देखिएकोले सो कहाँ दिई च्यात्न लगाएको भनि सो लिई आएका कर्मचारीसँग सोधपुछ गर्दा निजले स्वीट मार्ट फुड इन्डस्ट्रीजका संचालक वीरगंजका निरन्जन अग्रवाल कहाँ दिँदा निजलै च्याति दिई उक्त कागजको फोटो खिची उक्त कागज मेरो होइन स्वीट मार्ट फुड प्रा. लि. को हो भनि मलाई फिर्ता दिई सकेपछि खल्ला खाम लिई तपाई कहाँ आएको भनि बताउँदा मेरो उद्योगको खामबन्दी कागज अन्य ठाउँमा लगी खोली मेरो चरित्र हत्या गर्नका लागि सो मुद्दाका सम्बन्धमा अन्य व्यक्तिलाई पत्र खोली जानकारी गराएको हुन सक्ने सम्भावनालाई मध्यनगर राखी मैले उक्त पत्र बुझ्न इनकार गरेकोमो उद्योग विभागका पत्र बुझाउन आएका कर्मचारीले फोन मार्पmत उद्योग विभागका उपसचिव दिपक घिमिरेसंग सम्पर्क गराउँदा सो कागज सम्बन्धमा कोही कसैले केही गर्न पाउँदैन सक्दैन गरे साइबर क्राइममा मुद्दा लाग्ने छ र तपाईको गोपनियता भंग भएको चरित्र हत्या भएको उद्योग विभागलाई कुनै माध्यमबाट जानकारी हुन आएमा उद्योग विभागले पनि कारबाई गर्छ सो पत्र बुझि लिनुस भनी मलाई आग्रह गरेकोमा मैले खुल्ला भएको कागजपत्र मिति २०८०।११।२२ गते बुझेको थिए ।

सञ्चालक मित्तलले भने, पहिलादेखि चलिरहेको र अदालतमा विचाराधीन रहेको मुद्दालाई केही सञ्चारमाध्यमले बढाइचढाइ गरी समाचार सम्प्रेषण गरी आफूलाई मानसिक तनाव दिएकोले त्यस्ता सञ्चारमाध्यम र पत्रपत्रिकालाई कारबाही हुनुपर्ने माग गरेका छन् । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content