Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

सुनको सिक्री नपाएपछि विवाह भाँडने बेहुलासहित पाँचजनाविरुद्ध प्रहरी कारबाइ

वीरगंज, ३० फागुन  । दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विवाह नै भाँडेर मण्डपबाट हिँडेको आरोपमा पक्राउ परेका बेहुलासहितका पाँच जना विरूद्ध  ...

वीरगंज, ३० फागुन  । दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विवाह नै भाँडेर मण्डपबाट हिँडेको आरोपमा पक्राउ परेका बेहुलासहितका पाँच जना विरूद्ध  प्रहरीले विवाह सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर कारबाई प्रक्रिया अगाडि बढाएको छ ।

वीरगञ्ज महानगरपालिका – २४ रामगढवामा सोमवार राति बिहेको मण्डपमा वैवाहिक समारोह चलिरहेकै बेला बेहुलाले सुनको सिक्री मागेको विषयमा बेहुली पक्षसँग विवाद हुँदा कुटपिटसमेत भई बिहे नै भाँडिएको थियो । त्यसमा सङ्लन बेहुला, उनका बुबा, दुर्ई दाजु र भिनाजु गरी पाँच जनालाई प्रहरीले बेहुलीकरुै घरबाट सोमवार मध्यरातमा नियन्त्रणमा लिएको थियो ।

मङ्गलवार साँझ बेहुली पक्षले दिएको जाहेरीका आधारमा  बेहुला बाराको कलैया – ४ का २८ वर्षीय उमेश साह, उनका बुबा ६० वर्षीय बच्चालाल साह गोढ, दाजुहरू ४२ वर्षीय राकेश कुमार साह, ४० वर्षीय मुकेश कुमार साह र भिनाजु बाराकै परवानीपुर – ५ का  ४५ वर्षीय को रामएकवाल साहविरूद्ध विवाह सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको पर्साका प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।

उनीहरू विरूद्ध मङ्गलवार नै पर्सा जिल्ला अदालतबाट दुर्ई दिनको म्याद थप अनुमति लिई कारबाई प्रक्रिया अगाडि बढाइएको थापाले बताए ।

बिहे भाँडेको आरोपमा पक्राउ परेका बेहुला उमेश वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा करारमा कार्यरत कम्प्युटर अपरेटर हुन् भने बेहुली रमिता साह वीरगञ्जकै नारायणी अस्पतालको ल्याबमा कार्यरत ल्याब टेक्निसियन हुन् ।

वीरगञ्ज – २४ रामगढवास्थित बेहुलीको घरमा बनाइएको बिहेको जग्गेमा सामाजिक परम्परा अनुसार वैवाहिक विधि चलिरहेका बेला बेहुला उमेशले दाइजोमा सुनको सिक्री नपाएको भन्दै निहुँ खोजेपछि विवाद भई बेहुला र बेहुली पक्षबिच कुटाकुटसमेत भएको थियो । त्यसपछि बेहुला उमेश बिहे नगर्ने भन्दै जग्गेबाट उठेर हिँडेका थिए । लगत्तै बेहुली पक्षले खबर गरेपछि  विवाह स्थलमा पुगेको प्रहरीले बेहुला उमेशसहित उनका पक्षका पाँच जनालाई नियन्त्रणमा लिएको थियो । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content