अजय यादव वियोगी
कलैया ,बारा
बाराको पुर्वी भेगमा रहेको बारागढी गाउँपालिकाले गत बर्ष आ.व.२०७९/०८०को खर्च भई बाँकी रहेको रकमको विवरणको पुनः विभिन्न वडामा राख्ने गरि हिउँदे गाउँ सभा सम्पन्न गरेका छन्।बारागढी गाउँपालिकाका अध्यक्ष अशोक जयसवालको अध्यक्ष्ातामा भएको हिउँदे गाउँसभाको विशिष्ट अतिथिमा प्रमुख प्रशासकीय अधिकृत सुनिल प्रसाद केशरी रहनु भएको थियो।आ.व.२०७९/०८०मा बाँकी रहेको २ करोड ५७ लाख ५१ हजार ९ सय ७ रुपैयाँ(२,५७,५१,९०७) रहेको र जसमध्ये चालु खर्च तर्फ ५७ लाख ५१ हजार ९ सय ७ रुपैयाँ र पुँजीगत तर्फ २ करोड रहेको उक्त रकम हिउँदे गाउँसभामा बारागढी गाउँपालिकाका अध्यक्ष अशोक जयसवालले सार्वजनिक गर्नुभएको हो। गतबर्ष बाँकी रहेको उक्त रकम पनि विभिन्न वडामा विनियोजन गरिएको पनि गाउँपालिका अध्यक्ष जयसवालले सार्वजनिक गर्नुभएको हो जसमध्ये वडा नम्बर -१ मा ८ लाख ,वडा नम्बर -२ मा ५ लाख ,वडा नम्बर -३ मा ८लाख ,वडा नम्बर -४ मा ८ लाख ,वडा नम्बर -५ मा ८ लाख र वडा नम्बर -६ मा ५ लाख गरि कुल वडा रहेको ६ मा कुल रकम ४२ लाख छुट्याइएको र बाँकी र रकम विभिन्न शीर्षकमा विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुनिल प्रसाद केशरीले बताउनुभयो।पहिला भन्दा अहिले कडाइका साथ योजनाहरुको मुल्यांकन गरि काम भएको र सोहीमध्ये बाँकी रकमको हिउँदे गाउँ सभाबाट पारित भएको प्रमुख प्रशासकीय अधिकृत केशरीले बताउनुभयो।यस्तै मेशनरी अौजारमा २५ लाख ,समपुरक कोषमा ४५ लाख ,गत बर्षको भुक्तानी बाँकी रकम २५ लाख रहेको र अन्य बाँकी योजना गाउँपालिकाबाट स्वीकृत गरिएको बताईएको छ।हिउँदे गाउँसभामा विभिन्न वडाका वडाध्यक्ष ,कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।यस्तै बारागढी गाउँपालिकाका प्रशासकीय अधिकृत महेश कुमार ठाकुर ,लेखापाल अजय कुमार चौधरी लगायत विभिन्न शाखाका कर्मचारीहरु ,बुद्धिजीवी ,समाजसेवी सुरक्षा निकायका प्रतिनिधि ,सञ्चारकर्मी तथा सरोकारवाला लगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया