Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराको कलैयाबाट यातायातसम्बन्धी सम्पूर्ण सेवा लिन सकिने

कलैया, २६ मंसिर । बाराको कलैयामा सोमवार यातायात व्यवस्था कार्यालयको उदघाटन भएसंगै छिट्टै यातायात व्यवस्था कार्यालयबाट प्रदान हुने सम्पूर्ण ...

कलैया, २६ मंसिर ।
बाराको कलैयामा सोमवार यातायात व्यवस्था कार्यालयको उदघाटन भएसंगै छिट्टै यातायात व्यवस्था कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवाहरु अब बाराबासीले पर्सा धाउनु नपर्ने बताएका छन् ।

मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दनकुमार सिंहले कलैया ३ स्थित गंगापुर शिक्षा तालिम केन्द्रमा स्थापना गरिएको कार्यालयको उदघाटन गरेका हुन् ।
कार्यालयको उदघाटन भएसंगै अब बाराका सेवाग्राहीले यातायातसम्बन्धी सम्पूर्ण कार्यको सेवा लिन सक्नेछन् । केहीदिनको तयारीपछि सेवा संचालन हुनेछ । यसअघि उक्त सेवा वीरगंजस्थित यातायात व्यवस्था कार्यालयले प्रदान गर्दै आएको थियो ।

यातायात व्यवस्था कार्यालय मधेस प्रदेश सरकार अन्तर्गत आएपछी सेवा विस्तार गरिएको हो । यसअघि सर्लाहीमा कार्यालय उदघाटन भएको थियो । उक्त सेवा मधेसका सबै जिल्लामा क्रमशः लगिने बताइएको छ ।

कार्यालय उदघाटन कार्यक्रममा मन्त्री सिंहले मन्त्रालयले अब सवारी चालक अनुमतिपत्रको नविकरण मितिको अवधि बढाएर १० वर्ष पुर्याउने र गाडीको नविकरण पटकपटक गर्न नपर्ने गरि तयारी गरिरहेको बताए ।

कार्यक्रममा मधेस प्रदेशसभा सदस्य महम्मद समीरले यातायात कार्यालय बारामा उदघाटन हुँदा बाराबासीको लागि खुशीका कुरा रहेकोे बताए । समीरले हरेक सेवालाई जनतामाझ लगिनुपर्ने बताउदै बताए ।

यसैगरी मदेस प्रदेशसभा सदस्य रवीन्द्रदास श्रेष्ठले कार्यालय उदघाटनसंगै व्यवस्थित ढंगले सेवा संचालनमा ध्यान दिनुपर्ने बताए । कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले यातायात कार्यालयको स्थानीय रूपमा कार्यालय व्यवस्थापन गर्नका लागि तीन बिगाह जमिन उपलब्ध गराउने घोषणा गरे ।

कार्यक्रममा जसपाका नेता रामबाबुकुमार यादव, संविधानसभा सदस्य प्रमोद गुप्ता,  नेता पारस साह, जनमत पार्टीका जिल्ला ईन्चार्ज शिवनाथ पटेल, नेता सन्तोष पटेल, मुकेश दुबेदी, नेपाली कांग्रेसका राजेश सिंह, नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष मुकेश साहलगायतकाले मन्तव्य राखेका थिए ।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको अध्यक्षतामा उदघाटन कार्यक्रम सम्पन्न भएको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content