Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

वीरगंजमा महानगरमा अवैधरुपमा सञ्चालित ९ वटा कलेज र ९ वटा विद्यालयलाई जरिवाना

वीरगंज, ९ असोज । वीरगंज महानगरले अनुमति नै नलिई विभिन्न कलेजको नाममा अबैध रूपमा संचालित ९ वटा शैक्षिक संस्थालाई १–१ लाख रुपियाँ जरिबाना गर्न...

वीरगंज, ९ असोज । वीरगंज महानगरले अनुमति नै नलिई विभिन्न कलेजको नाममा अबैध रूपमा संचालित ९ वटा शैक्षिक संस्थालाई १–१ लाख रुपियाँ जरिबाना गर्ने निर्णय गरेको छ ।
 
महानगर शिक्षा समितिको सोमवार बसेको बैठकले संस्थागत विद्यालय नियमन समितिले अनुगमनका क्रममा शिलबन्दी गरेका शैक्षिक संस्थालाई जरिबाना गर्नुका साथै ती संस्थालाई कुनै पनि शैक्षिक कार्यक्रम संचालन गर्न रोक लगाउँने र उनीहरूले व्यवसाय दर्ता गरेको भए त्यो समेत खारेज गर्ने निर्णय गरेको हो ।

शिक्षा समितिद्वारा गठित संस्थागत विद्यालय नियमन समितिले गएको भदौ १३ गतेदेखि गरेको अनुगमनका क्रममा कुनै पनि अनुमति नलिई ती शैक्षिक संस्था अबैध रूपमा संचालनमा रहेको भेटेपछि शिलबन्दी गरेको थियो ।

शिक्षा समितिको सोमवारको बैठकमा नियमन समितिका संयोजक समेत रहेका ईश्वरचन्द्र यादबले अनुमति नलिइ संचालनमा रहेको ९ वटा कलेज र एक प्रि स्कुल तथा कलेज संचालनका लागि आफ्नो अनुमति दुरूपयोग गर्न दिने ९ वटा स्कुललाई कारबाईको दायरामा ल्याउनु पर्ने राय सहितको अनुगमन प्रतिबेदन पेश गर्नु भएको थियो ।
 
संयोजक यादबले पेश गर्नु भएको प्रतिबेदनलाई शिक्षा समितिले पास गर्दै अनुगमनका क्रममा भेटिएका ती सबै शैक्षिक संस्थालाई जरिबाना तथा बन्द समेतको कारबाई गर्ने निर्णय भएको शिक्षा महाशाका प्रमुख अरबिन्दलाल कर्णले जानकारी दिनुभयो ।
 
समितिले संघीय शिक्षा ऐन २०२८ को दफा १७ (१) क तथा महानगर शिक्षा ऐनको दफा ४१ अनुसार दण्ड, सजाय एवं जरिबाना गर्ने निर्णय गरेको पनि उहाले बताउनु भयो ।

जस अनुसार अबैध रूपमा संचालित वीरगंज स्कुल अफ ल, युनिभर्सल कलेज, इम्पेरियल कलेज, अन्नपूर्ण पब्लिक कलेज, प्रिन्सटन कलेज, युनिभर्सल ं२ कलेज, सत्यम पब्लिक कलेज, पर्सा म्यानेजमेन्ट कलेज, नेशनल कलेज १–१ लाख रुपियाँँ जरिबानामा परेका छन् । बिजी बिज किड्स प्री स्कुल पनि ५० हजार रुपियाँँ जरिबानामा परेको छ ।
 
यस्तै आफूले लिएको अनुमति पत्र दोस्रो पक्षलाई दिएर दुरूपयोग गर्ने ९ वटा विद्यालयलाई समेत दण्ड जरिबाना गरि नसिहत दिइएको छ ।
 
पिस जोन एकेडेमी, ओसिस मा.वि., ग्रिनल्याण्ड मा.वी., गोल्डेन बाटिका स्कुल, ज्ञान निकेतन मा.वी., न्यू वेभ एकाडेमी, एन्जल इन्टरनेशनल बोर्डिङ स्कुल, मुनलाइट इङ्लिस बोर्डिङ स्कुल र वीरगंज सेन्ट्रल स्कुलले आफूले लिएको अनुमति अरूलाई प्रयोग गर्न दिएर अनुमति दुरूपयोग गरेकाले ५०–५० हजार रुपियाँँ जरिबानामा परेका छन् ।
 
यस्तै बैठकले अनुमति नलिएका शैक्षिक संस्थालाई भवनरकोठा भाडामा दिने घर धनीलाई घर बहाल कर दाखिला गर्न लगाउँने र अब उप्रान्त अनुमति नलिएका शैक्षिक संस्थालाई घररकोठा भाडामा नदिन पनि सचेत गराउने निर्णय गरेको छ।

बैठकले शिलबन्दी भएका शैक्षिक संस्थाले तत्काल विधि प्रकृया पुर्याई अनुमति माग गर्न आएमा नियमानुसार ती शैक्षिक संस्थालाई अनुमति प्रदान गर्न प्रकृया थालनी गर्ने निर्णय गरेको शिक्षा महाशाखा प्रमुख कर्णले जानकारि दिनुभयो ।
 
शैक्षिक क्षेत्र सुधारका लागि निरन्तर अनुगमन हुनु पर्ने भन्दै बैठकले संस्थागत विद्यालय नियमन समितिले गरेको अनुगमन सह्रानीय रहेकाले त्यसलाई निरन्तरता दिन पनि निर्देशन दिएको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content