Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

"बाराको सुवर्ण गाउँपालिकाकि उपाध्यक्ष पुनम कुमारी यादवको विशेष पहलमा नि:शुल्क आँखा शिविर कवही गोठमा सम्पन्न ,८०० जनाले चेकअफ गराए "

अजय यादव वियोगी  कलैया ,बारा ।  "बाराको सुवर्ण गाउँपालिकाकि उपाध्यक्ष पुनम कुमारी यादवको विशेष पहलमा नि:शुल्क आँखा शिविर कवही गोठमा सम्...
अजय यादव वियोगी 
कलैया ,बारा ।
 "बाराको सुवर्ण गाउँपालिकाकि उपाध्यक्ष पुनम कुमारी यादवको विशेष पहलमा नि:शुल्क आँखा शिविर कवही गोठमा सम्पन्न ,८०० जनाले चेकअफ गराए " 


  


बाराको सुवर्ण गाउँपालिका वडा नम्बर -२ कवही गोठमा रहेको SRP अस्पताल तथा हिरालाल केडियाँ आँखा अस्पताल उपचार केन्द्रको आयोजनामा सोही स्थानमा नि:शुल्क अाँखा शिविर सम्पन्न भएको छ ।सुवर्ण गाउँपालिकाकि उपाध्यक्ष एवम् महिला नेत्री पुनम कुमारी यादवको विशेष पहलमा उक्त शिविरको अायोजना गरिएको हो ।केडिया अाँखा अस्पताल परवानीपुर ,बाराको अायोजना भएको नि:शुल्क अाँखा शिविरमा ८०० जनाको चेकजाँच भएको अायोजक संस्थाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन् ।केडिया अाँखा अस्पताल परवानीपुरका प्रोग्राम कोडिनेटर राजदेव साहको नेतृत्वको टोलीले सुवर्ण -२ मा भएको नि:शुल्क अाँखा शिविरमा अाएका बिरामीहरुको चेकजाँच गरेका हुन ।केडिया अाँखा अस्पतालबाट ४ जना अाई शिविरमा अाएकाको चेकजाँच गरेका हुन ।पहिला भन्दा अहिले मोतियाबिन्दका बिरामी बढदै गएको र समयमा उपचार विकराल रुपले लिने पनि केडिया अाँखा अस्पतालका प्रोग्राम कोडिनेटर एवम्  शिविरका प्रमुख राजदेव साहले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।पहिला पनि अाँखा शिविर गर्दै अाएको र अहिले पनि २०८० मा नै अाँखा शिविरको अायोजना गरि जनतालाई सेवा दिएको प्रोग्राम कोडिनेटर साहले बताउनुभयो।अाँखा शिविरमा अाएका सबैलाई व्यवस्थित ढंगले व्यवस्थापन गरि चेकजाँच गराएको SRP अस्पतालका सञ्चालक एवम् डा.जितेन्द्र प्रसाद यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।यसअघि पनि उपाध्यक्ष पुनम कुमारी यादवले पटकपटक विभिन्न शिविर सञ्चालन गरेको र अहिले अाँखा शिविरको अायोजना गरेकाले अस्पतालले सहयोग गरेको पनि डा.यादवले बताउनुभयो ।जहाँ शिविर जसले सहयोग माग्यो भने अस्पतालले सहयोग गर्ने पनि डा.यादवले बताउनुभयो।नि:शुल्क अाँखा शिविर राखेर जनताको सेवा दिन र सबैलाई स्वास्थ्यको पहुँच सम्म पुर्याउन विशेष पहल गरेको सुवर्ण गाउँपालिकाकि उपाध्यक्ष एवम् महिला नेत्री पुनम कुमारी यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताईन ।महिलाको अाँखामा धेरै ईन्फेक्सन भएको अधिकाँश महिलाले अाफूलाई हमेशा भनेपछि विशेष पहलमा उक्त शिविरको अायोजना गराईएको पनि उपाध्यक्ष  यादवले बताईन ।जनताको सेवक भएर अाफूले काम गर्दे गरेको स्पष्ट भएको जनता सबै सेवामा कमि नहोस् भनेर हमेशा ध्यान पुर्याईरहेको पनि उपाध्यक्ष यादवले बताईन ।अाँखा शिविरमा ८०० जनाले चेकजाँच गराएकोमा ५०० महिला र ३०० पुरुष रहेको अायोजक संस्थाले जानकारी दिएका छन्।शिविरमा सुवर्ण गाउँपालिका ,देवताल गाउँपालिका ,पचरौता नगरपालिका र भारतको बिहार राज्यका अधिकाँश बिरामीहरु लाभान्वित भएका हुन ।बर्षेनी अाँखा शिविरको अायोजनाले जनतालाई प्रत्यक्ष फाईदा पुगेको सुवर्ण -५ का जलिल मियाँले बताउनुभयो।यति ठुलो कामको प्रशंसा हुनु जरुरी रहेको पनि सेवाग्राही मियाँले बताउनुभयो ।अधिकाँश महिलाले शिविरबाट फाईदा पुगेको बताएकि हुन ।अाँखा शिविबाट जनतालाई प्रत्यक्ष फाईदा पुग्नुको साटो समयको पनि बचत भएको नेपाली काँग्रेसका युवा नेता सतेन्द्र यादवले बताउनुभयो।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content