Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

प्रादेशिक अस्पताल कलैया,बारामा सर्पदंशकका बिरामी बढदै ,समयमै उपचार भए निको हुने ईमर्जेन्सी शाखाका प्रमुख प्रदिप यादवको भनाइ "

अजय यादव वियोगी  कलैया ,बारा । "प्रादेशिक अस्पताल कलैया,बारामा सर्पदंशकका बिरामी बढदै ,समयमै उपचार भए निको हुने ईमर्जेन्सी शाखाका प्रमु...
अजय यादव वियोगी 
कलैया ,बारा ।
"प्रादेशिक अस्पताल कलैया,बारामा सर्पदंशकका बिरामी बढदै ,समयमै उपचार भए निको हुने ईमर्जेन्सी शाखाका प्रमुख प्रदिप यादवको भनाइ "  


  


बाराको कलैयामा रहेको प्रादेशिक अस्पतालमा बिरामीको संख्या बढदै गएका छन् ।त्यसमा पनि सर्पदंशकको बिरामीले झन्  बढन थालेको अस्पताल प्रशासनले जानकारी दिएका छन्।कलैया अस्पतालमा बिरामीको चाप बढेसँगै अस्पतालले समयमा उपचार गर्न जनशक्ति पनि खटाउन थालेको हो।प्रादेशिक अस्पताल कलैया आ.व.२०७९/०८० मा सर्पदंशकको बिरामी ७७३ जना भएको ईमर्जेन्सी शाखाका प्रमुख एवम् सर्पदंशकमा उपचाररत रहेका प्रदिप यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।जसमध्ये २५ जनालाई सुई दिई निको बनाएको अस्पतालको रेकर्ड रहेको ईमर्जेन्सी शाखा प्रमुख यादवले बताउनुभयो।विगतमा पनि धेरै समस्या भएका बिरामीहरु अाए तर सफल ईलाजले गर्दा उनीहरुलाई बचाउन सफल भयौं ,अहिले पनि हामी सबै जना मिली काम गरिरहेको र सर्पको टोकाइबाट कसैको अकल्पनीय मृत्युको समाचार सुन्नु नपरोस् भन्नको लागि मेहनतका साथ काम गर्ने गरेको पूरा टिम लागेको ईमर्जेन्सी शाखा प्रमुख प्रदिप यादवले बताउनुभयो।आ.व.२०८०/०८१पहिलो अर्थात श्रावण महिनामा मात्र सर्पदंशकको बिरामी १७७ जना पुगेको ईमर्जेन्सी शाखा प्रमुख यादवले बताउनुभयो। १७७ जना मध्ये ७५ महिला र १०२ पुरुष बिरामी रहेको पनि शाखा प्रमुख यादवले बताउनुभयो।दिनहुँ ८-१० जनाको दरले सर्पदंशकको बिरामी संख्या अस्पतालमा आउने गरेको अस्पताल प्रशासनले जानकारी दिएका छन्।२०८०/०८१ को श्रावण मसान्तमा १७७ जना बिरामी मध्ये ६ जनालाई पनि सुईले निको भएको  ईमर्जेन्सी शाखा प्रमुख यादवले बताउनुभयो।एकदमै अन्तिम अवस्थामा पुगेकाका एक बालकको ज्यान बचाउन सफल भयौं ईमर्जेन्सी शाखा प्रमुख यादवले भने हाम्रो डाक्टरी भाषा अन्तिम स्टेप भनेको बिरामीको ज्यान जान सक्ने स्थितिलाई भन्ने गरिन्छ तर यस्तो स्टेपका एक बालकको ज्यान बचाउन प्रादेशिक अस्पताल कलैया सफल भएको ईमर्जेन्सी शाखा प्रमुख प्रदिप यादवले बताउनुभयो ।हामीले कल्पना गरेको भन्दा फरकको दृश्य थियो तर अथक प्रयासपछि रौतहटको मौलापुर नगरपालिका ,पिपरिया घर भएका ८ बर्षिय बालक कौशल कुमार साहको ज्यान बचाउन सफल भएको ईमर्जेन्सी शाखा प्रमुख यादवले बताउनुभयो ।अहिले पनि बिरामी बच्चाको आइ .सि.युउ .मा उपचार भईरहेको खतराबाट बाहिर अाएको  वहाले बताउनुभयो।यस्तै रौतहटको टिकुलिया घर भएका ५० बर्षिय पुनदेव यादव ,बाराको देवताल गाउँपालिका -५ धुराहा टोलकि २४ बर्षिय महिला सुबिता देवी ,रौतहटको मौलापुर -६ पतौरा घर भएकि २१ बर्षिय महिला उषा देवी ,सिम्रौनगढ घर भएकि ४५ बर्षिय महिला छठिया देवी यादव ,सुवर्ण गाउँपालिका -७ सनफुलवा निवासी ४० बर्षिय पुरुष प्रमोद यादव र महागढीमाई नगरपालिका -१० गञ्जभवानीपुर घर भएकि १० बर्षिय बालिका प्रिति यादवको सुईले ज्यान बचाउन सफल भएको प्रादेशिक अस्पताल कलैयाका ईमर्जेन्सी शाखा प्रमुख प्रदिप यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।वहाँले भन्नु अस्पतालमा सबै सुविधा भएकाले सर्पदंशकको बिरामीलाई सहज हुनुको साथै छिटो र छरितो सेवा दिदै आएको ईमर्जेन्सी शाखा प्रमुख यादवले बताउनुभयो।प्रादेशिक  अस्पताल कलैयामा अहिले सर्पदंशकको बिरामीको लागिको केही सहज भएको स्वयम् भर्ना भएका बिरामीहरुले बताउने गरेका छन्।अस्पतालको व्यवस्थामा केही सुधार भएको बिरामीहरूको भनाइ रहेको छ ।प्रादेशिक अस्पताल कलैयाको रेखदेखको लागि बनाईएको समितिका अध्यक्ष प्रकाश चौगाईले अहिले कर्मचारी देखि डाक्टरहरुलाई कडा गरेपछि अहिले केही तुलनात्मक रुपमा सुधार हुन पुगेको छ।अस्पताल व्यवस्थापन समिति अध्यक्ष चौगाईको कामको प्रशांसा हुदै आएको छ।निमित्त मे.सु.विकास कुमार साहले पनि अहिले सबैलाई राम्रो काम गर्न र जनताको काम सहज ढंगले निर्देशन दिदै अाएकाले काम राम्रो हुन थालेको हो ।मधेस प्रदेश सरकारले चाहे जति अस्पताल सामाग्री उपलब्ध नगराउँदा अस्पतालको सेवा सुविधा संतोषजनक नभएको सरोकारवालाहरुले बताएका छन्।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content