Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराको सुवर्ण गाउँपालिकामा दिवा खाजाबाट अवोध बालबालिकाहरु खानबाट बञ्चित ,सम्बन्धित निकाय मौन"

अजय यादव वियोगी  कलैया ,बारा । "बाराको सुवर्ण गाउँपालिकामा दिवा खाजाबाट अवोध बालबालिकाहरु खानबाट बञ्चित ,सम्बन्धित निकाय मौन"     ...
अजय यादव वियोगी 
कलैया ,बारा ।
"बाराको सुवर्ण गाउँपालिकामा दिवा खाजाबाट अवोध बालबालिकाहरु खानबाट बञ्चित ,सम्बन्धित निकाय मौन" 


  


"जुन जोगी आए कानै चिरेका" भने उखान नेपाली समाजमा धेरै  नै प्रचलित हो।स्थानीय तहमा विभिन्न कार्यालय काम दिएर अहिले सरकारलाई अाफै लिल्नु न उक्लनु भएको छ ।राजनीतिको र जान्ने व्यक्तिहरु अाफ्नै पालिका चलाउन सकेका छन् ।पालिका भित्रको गतिविधि हेर्न भ्याउँदैन ।धन देखेपछि भगवानका तीन नेत्र खुल्छ त्यही भएको हो अहिले स्थानीय तहमा। भ्रष्टाचारमा चुर्लुम्म डुबेकाहरु यति सम्म ख्याल गर्न सकेका छैन  कि शिक्षा के हो भनेर ।शिक्षा जीवन हो ,जीवनको तयारी होइन ।तर बुझ्नेलाई श्रीखण्ड  नबुझ्नेलाई खुर्पाको बिड ।यस्ता उखानहरु भएपनि बुझ्नेले पो बुझ्छ जो बुझ्दैन त्यसलाई जति बुझाए बुझ्न सक्दैन ।यस्तै दर्दनायक र सुन्न नै नसक्ने घटना भएको छ बाराको सुवर्ण गाउँपालिकामा । बाराको सुवर्ण गाउँपालिका वडा नम्बर -७ देवापुर बहुअर्वामा रहेको श्री नेपाल राष्ट्रिय  माध्यमिक विधालयमा बहुअर्वामा विगत २ महिना देखि खाजा सञ्चालन नहुँदा अवोध बालबालिकाहरु दिवा खाजाबाट बञ्चित भएका छन् ।पालिकाले मनमौजी विधालयप्रति गर्न थालेका छन् ।शिक्षाको स्तर बढनुको साथै घट्दै गएको हो भन्ने अाभास सुवर्णबासीलाई हुन थालेको २ महिना देखि दिवा खाजा जनप्रतिनिधि र कर्मचारी खादै गरेको रहस्य बाहिर अाएको छ ।दिवा खाजा सञ्चालन गर्न नसकेको सुवर्ण गाउँपालिकाको शिक्षा प्रति कति लगाव होला भन्ने सजिले अनुमान लगाउन सकिने चौराहीका स्थानीयबासीहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताएका छन् ।विधालयमा पढन अाएका बिधार्थीहरुको खाजा २ महिना देखि सञ्चालन नहुँदा जनप्रतिनिधिहरु केही बोल्न नसक्नु असक्षमताको लक्ष्ण भएको स्थानीयबासी अमराउलाह अंसारीले बताउनुभयो ।कक्षा १देखि ६ सम्मका बिधार्थीहरु असक्षम पालिका अध्यक्षकै कारण दिवा खाजाबाट वञ्चित  भएका छन्  ।ज्ञानकै कमि मात्र होईन  ,घमण्डले भरिएकै शिक्षा अधिकृतकै कारण  ती बालबालिकाहरु दिवा खाजा वञ्चित हुन पुगेको स्वयम् अभिभावकहरुले बताएका छन् ।विधालय चल्ने तर दिवा खाजा नचल्ने भनेर दुनियाँमा नाम हसाएको हो तर लाज शर्म के भन्ने थाहा अहिले सोही लाज पनि शर्मा स्थानीयबासीले अारोप समेत लगाएका छन् ।माध्यमिक विधालयको दुर्दशा देख्दा लाग्छ कि अहिले स्थानीय तह खारेज होस भनेर जनप्रतिनिधि र कर्मचारीहरु अहिले खान कमिसन कमाउन व्यस्त भएकाले बिधार्थीहरु प्रति खेलवाड भएको अभिभावक दिनानाथ प्रसाद यादवले बताउनुभयो ।स्थानीय अभिभावक यादवले भने देवापुर विधालय अाज देखि बर्षो देखि बिगडेको विधालय हो ,यहाँ शिक्षक शिक्षिका लगायतको अाफ्नै मनमानी हुने गरेको पनि स्थानीय अभिभावक यादवले अारोप लगाउनु भयो ।गाउँपालिका अध्यक्ष राजेश यादव असक्षम भएकाले अहिले यस्तो स्थिति अाएको पनि अभिभावक दिनानाथ यादवले बताउनुभयो ।निमित्त प्रधानाध्यापकको भरमा विधालय सञ्चालनमा हुँदा शिक्षा अधिकृत विधानन्द यादवले समस्या समाधानको निमित्त पहल गर्न सकेका छैनन् ।हर्दिया माविबाट सरुवा भएर गएका प्रधानाध्यापक  रामएकबाल साहलाई बनाउने  कि अरुलाई बनाउने भन्ने अोझेलमा परेका बेला दिवा खाजा नचल्ने फेरि रहस्य छुपेको बताईएको छ ।निमित्त प्रधानाध्यापकको रुपमा पालिकाले कसैले नदिएको पनि पहिला नै देवापुर माविमा रहनु भएका प्रधानाध्यापक चन्देश्वर यादवले प्रशासनिक काम काजका लागि चिठी दिएको र सोही बमोजिम काम गर्दै अाएको निमित्त प्रधानाध्यापक दिलिप साह लहेराले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।निमित्त भनिएका प्रधानाध्यापक साहले भने म थकित भएको छु मेरो कुरा केही चल्दैन ,दिवा खाजा के भएको ,विधालयमा यस्तो वेथिति किन भएको मिडिया अर्थात पत्रकार केही पनि नभन्ने पनि वहाँले बताउनुभयो।डरले भरिएका वहाँ पालिकाबाट कसैले कारवाही गरदेला भन्ने कारण कुनै समस्या उठान गर्न सकेका छैनन् ।दुई खेमामा अहिले शिक्षक शिक्षिकाहरु विभाजित भएका छन ।करार र केही स्थायी शिक्षकहरु अहिले प्रधानाध्यापक कस्तो हुने भन्ने डरले लुकाई छुपाई निर्णय गरेको पालिकामा बुझाउने गरेको पनि समाचार बाहिर अाएको हो ।विधालयको अवस्था लथालिङ्ग रहेको छ ।शिक्षा अधिकृत  विधान्नद यादव लगायतले चले नचले के फरक पर्ने भन्ने मानसिकताले गर्दा सुवर्ण गाउँपालिकाको शिक्षा स्तर दिनप्रतिदिन नाजुक बन्दै  गएका छन्  ।वडाध्यक्ष जितेन्द्र यादवले विधालय जे पनि त्यस बिषयमा अाफूले केही नबोल्ने पनि श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।शिक्षा अधिकृत विधानन्द यादवले पनि अाफूले केही भन्न नसक्ने अवस्था रहेको हो बताएका छन् ।विधालयमा १४ जना कार्यरत रहेका छन् ।रामएकबाल साह (मावि स्थायी ),दिलिप साह लहेरा (मावि स्थायी),शिला यादव (मावि राहत) रामदरश यादव (निमावि स्थायी),शकुन्तला कुशवाहा (निमावि स्थायी ),लालबाबु प्रसाद जैस्वार (प्रावि स्थायी ) , नथुनी प्रसाद यादव (प्रावि स्थायी )राजकिशोर यादव (प्रावि राहत ) महम्मद अालम अंसारी (निमावि करार ),शिवलाल साह (निमावि करार) ,संतोष यादव (सहायक ),सुधिर सिँह (सहायक लेखापाल करार) र भगवान यादव (कार्यालय सहयोगी ) लगायत रहेका छन्  ।जम्मा बिधार्थीहरु कक्षा -१ मा (११३), कक्षा -२ मा (८८), ३ कक्षामा( ८६) कक्षा -४ मा (७७) ,कक्षा -५ मा ४३ र कक्षा -६ मा ५० गरि कुल ४५७ जना बिधार्थी दिवा खाजाबाट २ महिना देखि बञ्चित भएको बताईएको छ ।
कक्षा बाल विकास अर्थात  शिशु केन्द्र चल्न सकेको छैन।कक्षा -७ मा ३९ जना ,कक्षा -८ मा ५४ जना ,कक्षा -९ मा ४६ जना र कक्षा १० मा ६७ जना बिधार्थीहरु अध्ययनरत रहेको विधालय प्रशासनले जानकारी दिएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content