Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

जीतपुरसिमरा–११ मा शुरु भयो वडा कप फुटबल, बकुलिया र बढनिहार भिड्ने

बारा, २६ चैत । जीतपुरसिमरा उपममहानगरपालिका वडा नम्बर ११ मा प्रथम वडा कप फुटबल प्रतियोगिता शुरु भएको छ । वडा कप फुटबल प्रतियोगिता आयोजक समिति...

बारा, २६ चैत ।
जीतपुरसिमरा उपममहानगरपालिका वडा नम्बर ११ मा प्रथम वडा कप फुटबल प्रतियोगिता शुरु भएको छ । वडा कप फुटबल प्रतियोगिता आयोजक समितिको आयोजनामा वडा नम्बर ११ स्थित खैरवा खेल मैदानमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रमकाबिच जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले खेल क्ष्ँेत्रको विकासमा नगरले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । समाज परिवर्तन गर्न खेल क्षेत्रको भुमिका महत्वपुर्ण हुने भन्दै उहाले खेल र खेलाडीको विकास गर्न लाग्ने बताउनुभयो । कार्यक्रममा बोल्दै उप प्रमुख भोला प्रसाद अधिकारीले वडा स्तरमा हुने यस्ता प्रतियोगिताले खेल क्षेत्र थप व्यवस्थित हुदै जाने बताउनुभयो । नेकपा माओवादी केन्द्रका नेता मुकेश शाहले प्रतियोगिता सफल्ताको कामना गर्नुभयो । कार्यक्रममा वडा नम्बर १३ का वडा अध्यक्ष हेम नारायण चौधरी, नेकपा एकिकृत समाजवादीका नेता ईश्वर ढकाल, समाजसेवी दिपलाल महरा लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, बिभिन्न संघ संस्थाका व्यक्ति, राजनितिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । वडा नम्बर ११ का वडा अध्यक्ष बिन्दालाल साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य सुरेश यादवले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रतियोगिताका अध्यक्ष प्रदिप गौतमले गर्नुभएको थियो । बैशाख २ गतेसम्म चल्ने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विरगञ्ज युथ क्लब विरगञ्ज, थारु ११ बारा, सिमरा भेट्रान क्लब सिमरा, आयोजक ११, बकुलिया ११ बकुलिया, बढनिहार युवा क्लब पर्सागढी, बारा ११ र रामबन टाडी युवा क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद ५० हजार २५ रुपैया र उप बिजेताले नगद २५ हजार २५ रुपैया पाउने प्रतियोगिताका अध्यक्ष प्रदिप गौतमले जानकारी दिनुभयो । प्रतियोगिताको मिडिया पार्टनरमा ए वान समाचार डटकम र रेडियो समर्पण ९८.२ मेगाहर्ज रहेको छ ।

उद्घाटन खेलमा विरगञ्ज विजयी

प्रतियोगिता अन्र्तगत शनिवार भएको उद्घाटन खेलमा थारु ११ लाई पराजित गर्दै विरगञ्ज युथ क्लब विरगञ्जले विजयी शुरुवात गरेको छ । निर्धारित समयमा दुवै टिमले १–१ गोल गरेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा पनि दुवै टिमले बराबरी गोल गरेपछि सडनदेथमार्फत नतिजा निकालिएको थियो । सडनदेथमा थारु ११ लाई ५–४ गोल अन्तरले पराजित गर्दै विरगञ्ज युथ क्लब सेमिफाईनल प्रवेश गरेको छ ।

आजको खेल

प्रतियोगिता अन्र्तगत आज बकुलिया ११ र बढनिहार युवा क्लब पर्सागढीबिच खेल हुनेछ । दुई टिमबिचको खेल दिउसा ३ बजेदेखि शुरु हुने अध्यक्ष गौतमले जानकारी दिनुभयो । आजको बिजेताले फाईनल प्रवेशको लागी पहिलो सेमिफाईनल खेल चैत्र २९ गते विरगञ्जय युथ क्लबसंग खेल्नेछ ।

 

Virus-free.www.avast.com

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content