Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

क्षमतावान् मानिसलाई अगाडि बढ्न कसैले रोक्दैन– लामिछाने बाराका यादव समूहको मतबाट विजय हुन्छु – खरेल

बारा, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उनले मधेसमा जातियता, क्षेत्रीयता र साम्प्रदायिकतालाई दलहरूले मागी खाने भा...

बारा, २६ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उनले मधेसमा जातियता, क्षेत्रीयता र साम्प्रदायिकतालाई दलहरूले मागी खाने भाँडो बनाएको आरोप लगाए । आइतवार बाराको सिमरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले सो कुरा बताएका हुन् । काठमाडौंवासीले बालेन शाहलाई अत्यधिक मतले विजयी बनाएको उदाहरण दिँदै उनले अब दलहरूले जातियता, क्षेत्रीयता र साम्प्रदायिकतालाई मागी खाने भाँडो बनाउन नहुने बताए ।
'नयाँ पुस्ताले अब नेतृत्व कस्तो मान्छेको हुने हो भन्ने हेर्छ, स्थानीय निर्वाचन हो भने त्यही वडाको मान्छे चाहिने होला, हामी वडाध्यक्ष चुनिरहेका छैनौ सांसद चुनिरहेका छौ, त्यसैले राष्ट्रिय स्तरको उम्मेदवार हामीले उठाएका हौँ' सभापति लामिछानेले भने 'अब राजनीति गर्ने मान्छेहरूले जातियता, साम्प्रदायिकता र क्षेत्रीयतालाई धेरै मागी खाने भाँडो बनाउन हुँदैन यो कुरा नेपाली नागरिकहरूले बुझिसकेका छन् ।'
सभापति लामिछानेले मधेसमा काम गर्ने राष्ट्रिय स्तरको उम्मेदवार आवश्यक भएकाले पार्टीले रमेश खरेललाई उठाएको बताए  । 'स्थानीय चुनाव हो भने त्यही वडाको मान्छे चाहिने होला, तर हामीले  सांसद चुनिरहेका छौ सांसद चुनिसकेपछि यो भन्दा माथि उठ्नुपर्छ' उनले भने, 'निर्वाचन उठेका हाम्रा उम्मेदवारहरू विषय विज्ञ छन्, निर्वाचित भएर गइसकेपछि संसदमा हाम्रा सांसदहरूको संसदीय अभ्यास विरलै देखिएको अभ्यास छ, हाम्रो पार्टी भित्र टिके प्रणाली छैन कुनै पनि क्षमतावान् मान्छेलाई अगाडि बढ्न ठुलो नेताले रोक्न सक्दैन'
राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जित्दा बारा निर्वाचन क्षेत्र नं २ को विकासको लागि काम गर्ने भएकाले उम्मेदवार स्थानीय हुनु वा बाहिरको हुनुले खास फरक नपर्ने लामिछानेको भनाई छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज दिउँसो ३ बजे बारा २ मा चुनावी सभा आयोजना गरेको छ । चुनावी सभामा भाग लिन सो पार्टीका सभापति सहित केन्द्रीय स्तरमा नेताहरू बारा आइपुगेका हुन् ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्पmबाट बारा २ को उपनिर्वाचनको उम्मेदवार रहेका रमेश खरेलले बाराका समुदाय साम्प्रदायिकतामा विश्वास नगर्ने दाबी गरेका छन् । बाराका यादव समुदायकै मत पाएर आफू निर्वाचित हुने दाबी उनले गरे ।
आज बारामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले राजनीतिलाई समाजसेवामा बदल्ने अठोटका साथ राजनीतिमा प्रवेश गरेको दाबी गरे । उनले आफू निर्वाचित भएपछि रास्वपाका कार्यकर्तालाई पनि बारा २ को जनसेवामा परिचालन गर्ने बताए ।
निर्वाचित भएपछि आफ्नो सम्पर्क कार्यालय बारा २ नै राख्ने उनले प्रतिबद्धता जनाए । उनले भने बारा जिल्ला मेरो लागि नौलो होइन, यहाँको समस्यावारे म जानकार छु । यो क्षेत्रमा शिक्षा, स्वास्थ्य र सुशासन कायम गर्नु मेरो पहिलो प्राथमिकतामा पर्छन् । 

Virus-free.www.avast.com

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content