Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

मधेस प्रदेशको चार जिल्लामा मात्र १५ जना मात्र कानून महिला व्यवसायी

वीरगंज, ९ फागुन । मधेस प्रदेशको आठ जिल्लामध्ये चार जिल्लामा एकजना पनि कानुन व्यवसायी महिला छैनन् भने चार जिल्लामा १५ जना मात्रै कानुन व्यवसा...

वीरगंज, ९ फागुन । मधेस प्रदेशको आठ जिल्लामध्ये चार जिल्लामा एकजना पनि कानुन व्यवसायी महिला छैनन् भने चार जिल्लामा १५ जना मात्रै कानुन व्यवसायी महिला रहेका छन् । मंगलवार उच्च अदालत परिसरमा आयोजना भएको पत्रकार सम्मेलनलाई सम्बोधनका क्रममा नेपाल वार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष एवम मधेश प्रदेशका संयोजक अधिवक्ता सुधिर कुमार कर्णले उक्त कुरा बताउनुभयो ।
उनले सप्तरी जिल्लामा सबैभन्दा बढी ७ जना, धनुषामा ६ जना र पर्सामा २ जना कानुन व्यवसायी महिला रहेका छन् । बारा, रौतहट, सर्लाही र महोत्तरीमा एकजना पनि कानुन व्यवसायी महिला नरहेको उनले बताए।
देशभर २२ हजार कानुन व्यवसायी भए पनि महिलाको आकर्षण किन बढेन भन्नेबारे वीरगंजमा हुने सम्मेलनमा छलफल हुने उनले बताउनुभयो ।
'पेशागत उत्कृष्टता हाम्रो प्रतिबद्धता' भन्ने मूल नारासहित फागुन १२, १३ र १४ गते वीरगञ्जमा नेपाल वार एशोसिएशनले कानुन व्यवसायी महिलाको ३० औँ राष्ट्रिय सम्मेलन  र केन्द्रीय कार्यकारिणी परिषदको ४८ औ बैठक हुने भएको छ । कर्णले मधेश प्रदेशमा कानून व्यवसायी महिलाको उपस्तिथी ज्यादै न्यून भएकोले यो सम्मेलनबाट मधेश प्रदेशमा समेत कानून व्यवसायी महिलालाई पेशा प्रति आकर्शित गर्न र स्थापित गर्न महŒवपुर्ण भूमिका खेल्ने जानकारी दिनु भयो ।
वीरगञ्जमा पहिलो पटक आयोजना हुन लागेको यो कार्यक्रममा देशभरिका ७०० भन्दा बढी कानून ब्यवासायी महिला सहभागी हुने अनुमान गरिएको अधिवक्ता कर्णको भनाई छ ।
अधिवक्ता कर्णका अनुसार फाल्गुन १२ बिहान ८ बजे वीरगंजको घन्टाघरबाट प्रभातफेरी शुरू भई आदर्शनगर हुदै टाउन हल पार्टी प्यालेस सम्म जाने र सम्मेलनको समुद्घाटन प्रमुख अतिथि सम्माननीय का.मु. प्रधान न्यायाधिशबाट हुनेछ । साथै १२ गते ११ बजे देखि सम्मेलन शुरू भई १३ गते १ बजे वीरगञ्ज घोषणापत्र जारी गरि समापन हुनेछ ।
त्यस्तै फाल्गुन १३ गते १ बजे देखि नेपाल वार एशोसिएसनको ४८ औ केन्द्रीय कार्यकारिणी परिषद्को बैठकको उदघाटन संघिय कानून न्याय तथा संसदीय मामिला मन्त्री माननीय धुर्ब बहादुर प्रधानबाट हुने जानकारी दिनु भयो । उक्त कार्यक्रममा अधिराज्यबाट करिब ८०० जना कानून व्यवसायीहरूको सहभागीता हुनेछ ।
   सो परिषदको बैठकमा न्यायालय सुद्रीदिकरणको बिषयमा कानून व्यवसायीको पेशागत दक्षता बृधिको सम्बन्धमा बिधान संसोधनको सम्बन्धमा छलफल हुने अधिवक्ता कर्णले जनाकारी गराउनु भयो । पत्रकार सम्मेलनको संचालन उच्च अदालत वार एशोसिएसन वीरगञ्ज अध्यक्ष अधिवक्ता बिशाल चौधरीले गर्नु भएको थियो भने सो पत्रकार सम्मेलनमा पर्सा जिल्ला अदालत वार एशोसिसनका अध्यक्ष अधिवक्ता कमल मोहन पोखरेल, बरिठ अधिवक्ता दिपक राज भण्डारी, पर्सा वार पुर्व अध्यक्ष अधिवक्ता राजनाथ ठाकुर, उच्च वार वीरगञ्जका सचिव अधिवक्ता बिनोद कुमार मल्लीक, कोषाध्यक्ष अधिवक्त प्रज्ञवल अधिकारी तथा पर्सा वारका सचिव अधिवक्ता मुम्ताज अहमद लगायतको उपस्थिति रहेको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content