Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

मधेशमा रामचन्द्र र हरिनारायणलाई एमालेले किन बनाएन दलको नेता ?

२२ पुस, जनकपुरधाम । मधेश प्रदेशसभाको पहिलो दल नेकपा एमालेले बुधबार संसदीय दलको नेतामा सरोज यादव र उपनेतामा दीपेन्द्र ठाकुरलाई चुन्यो । सरोज...

२२ पुस, जनकपुरधाम । मधेश प्रदेशसभाको पहिलो दल नेकपा एमालेले बुधबार संसदीय दलको नेतामा सरोज यादव र उपनेतामा दीपेन्द्र ठाकुरलाई चुन्यो । सरोज महोत्तरी क्षेत्र नं. ४ (१) बाट र दीपेन्द्र धनुषा क्षेत्र नं. ३ (२)बाट प्रत्यक्ष निर्वाचित भएका थिए । दलको नेतामा माओवादी पृष्ठभूमिका रामचन्द्र मण्डल र एमालेकै हरिनारायण महतो पनि दाबेदार थिए । तर उनीहरुलाई एमालेले पत्याएन ।

मंगलबार जनकपुरधाममा एमाले संसदीय दलको बैठक बसेको थियो । २३ प्रदेश सांसद रहेको एमाले संसदीय दलको बैठकमा आकांक्षी बढी हुँदा सर्वसम्मत नेता चयन गर्न असहज भयो । त्यसको जिम्मा पार्टी प्रदेश कमिटीको सचिवालयलाई दिइयो । बैठकमा विशेष अतिथिको रुपमा पार्टी सचिव समेत रहेका मधेश प्रदेश इन्चार्ज तथा सांसद रघुवीर महासेठ, सांसद समेत रहेकी नेतृ जुली महतो, मधेश प्रदेश सहइन्चार्ज समेत रहेकी संघीय मन्त्री ज्वाला साह लगायतको उपस्थिति थियो ।

दलका नेताका लागि पाँचजना केन्द्रीय सदस्य समेत रहेका प्रत्यक्ष निर्वाचित सांसदहरु सरोज यादव, रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी, मो.समिर दाबेदार थिए । यस्तै निर्वाचनको मनोनयन दर्ता गराउँदा एमालेमा आएर जितेका दीपेन्द्र ठाकुर पनि दाबेदार थिए । आकांक्षी बढी हुँदा दलकै बैठकमा सहमतीय प्रक्रियामा टुंग्याउन असहज हुँदा पार्टी प्रदेश कमिटीलाई जिम्मा दिइएको थियो ।

बरिष्ठता तथा अनुभवको आधारमा संसदीय दलको नेता रामचन्द्र मण्डल, हरिनारायण महतोले पाउने आश गरेका थिए । राजकुमार र दीपेन्द्र दुईजना मध्येबाट एकजनालाई नेता बनाउन महासेठले लबिइङ् गरेका थिए । तर प्रदेश कमिटीबाट दलको नेता चुनिए सरोज । दीपेन्द्रलाई संसदीय दलको उपनेता बनाइयो । रामचन्द्र, हरिनारायण, राजकुमार, मो.समिम परेनन् ।

बैठकमा सहभागी एक नेताका अनुसार पार्टी अध्यक्ष ओलीकै निर्देशनमा सरोजलाई नै दलको नेता चयन गरिएको हो । सरोज विद्यार्थीकालदेखि नै एमालेमा लागेर तीनपटक केन्द्रीय सदस्य समेत भएको कारण विश्वास गरेर उनलाई दलको नेता बनाएको ती नेता बताउँछन् ।

सरोज यादवलाई बधाई दिंदै एमाले नेताहरु ।

हुन त केही दिन अघि सरोजले अनलाइनखबरसँग कुरा गर्दै तीन कार्यकाल केन्द्रीय सदस्य रहेकाले बरिष्ठताको आधारमा आफू दलको नेता बन्नेमा विश्वस्त भएको बताएका थिए, अन्ततः उनी नै चुनिए । सरोज महोत्तरी जिल्ला इन्चार्ज समेत हुन् । नेकपा विघटन भएपछि उनी जिल्ला सहइन्चार्जको जिम्मेवारी पाएका थिए ।

माओवादी पृष्ठभूमि र टिकट विवाद

बरियताक्रममा सरोजभन्दा अगाडि आफूहरु रहेको दावी गर्छन् रामचन्द्र र हरिनारायण । रामचन्द्र नेकपा विघटन हुँदा माओवादी छाडेर एमालेमा लागेका थिए । एमालेतिर लागेकै कारण माओवादीको कारबाहीमा परेर सांसद पद गुमाए । उनी माओवादीमा प्रमुख सचेतक र मधेशसभाको प्राकृतिक स्रोत साधन तथा वातावरण समितिका सभापति थिए । एमालेले उनलाई त्यतिबेलै केन्द्रीय सदस्य र धनुषा जिल्ला इन्चार्जको जिम्मेवारी दिएको थियो । अहिले पनि उनी दुवै जिम्मेवारीमा यथावत छन् ।

अनुभवी र त्यागको आधारमा आफूलाई दलको नेता बनाउँछन् भन्नेमा आशावादी थिए रामचन्द्र । तर माओवादी पृष्ठभूमिकै कारण उनलाई ओलीले नपत्याएको एक नेताले बताए ।

मण्डललाई नपत्याउनुको अर्को कारण प्रभु साह फ्याक्टर पनि रहेको चर्चा छ । नेकपा विघटनपछि माओवादी छाडेर एमालेमा गएका प्रभुले गत मंसिर ४ गतेको चुनावको मनोनयन दर्ताको दिन स्वतन्त्रबाट उम्मेदवारी दिए । रामचन्द्र प्रभु साहसँग निकट रहेको आरोप उनी विरोधीहरुले लगाउने गरेका छन् ।

हाल एमाले धनुषा जिल्ला सहइन्चार्ज हरिनारायण पार्टीका पूर्व जिल्ला अध्यक्ष समेत हुन् । दुई कार्यकालदेखि उनी पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । धनुषाको मिथिला नगरपालिकाका पूर्व मेयर समेत रहेका हरिनारायण पुरानै नेता र नेतृत्व क्षमता अनुसार विश्वास गरेर बरियताको आधारमा दलको नेता दिन्छन् भन्ने उनलाई लागेको थियो । तर उनले पाएनन् ।

स्थानीय चुनावमा उनले पुनः मेयरको टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर, ओलीबाट सम्मानजनक व्यवस्थापन हुने आश्वासनमा उनले उम्मेदवारी फिर्ता लिएका थिए । टिकट विवादले सोही बेलादेखि महासेठसँग उनको सम्बन्ध चिसिएको पनि छ । पार्टीले पनि हरिनारायणलाई शंकाको दृष्टिले हेर्ने गरेको नेता–कार्यकर्ताहरु सुनाउँछन् ।

बाहिर अनेक चर्चा भए पनि पार्टीले त्यसअनुसार दलको नेता चयन नगरेको नेतृ सांसद शारदा थापा बताउँछिन् । ‘अझै थुप्रै अवसरहरु बाँकी छ । ती अवसरहरुमा मिलाएर व्यवस्थापन गर्छन् होला,’ उनले भनिन् ।

मधेश प्रदेशमा २३ सांसदसहित एमाले सबैभन्दा ठूलो दल हो । तर दोस्रो शक्ति जसपा र तेस्रो शक्ति जनमतले यहाँको सरकारको नेतृत्व दाबी गर्दै आएका छन् । सत्ता साझेदार दलबीच भागबण्डा गर्दा मधेश प्रदेश सरकारको नेतृत्व कसको भागमा पर्छ एकिन भइसकेको छैन ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content