Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

मधेश प्रदेशमा मन्त्रालय टुंग्याउन सकस

२८ पुस, जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी जसपा नेपालका सरोजकुमार यादव नियुक्त भएसँगै दलहरु मन्त्रालयको भागबन्डाम...

२८ पुस, जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी जसपा नेपालका सरोजकुमार यादव नियुक्त भएसँगै दलहरु मन्त्रालयको भागबन्डामा व्यस्त भएका छन् ।

बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका यादवले शुक्रबार १२ बजे पद तथा गोपनियताको शपथ लिने छन् ।

उनले आफूलाई समर्थन गरेका दलबाट कम्तीमा एक–एकजना मन्त्री हुने गरी सानो मन्त्रीमण्डल गठनको तयारी गरेका हुन् ।

तर दलहरुले पहिला मन्त्रालय टुंगो लगाएर मात्रै शपथ ग्रहण गराउने अडानमा छन् । महत्वपूर्ण मन्त्रालयमा दलहरु आआफ्नो दावी गरेपछि टुंगो लगाउन सकस भएको छ ।

मन्त्रालय भागबन्डाको लागि केन्द्रमा छलफल भए पनि टुंगो लाग्न नसकेको नेताहरुले बताएका छन् । प्याकेजमै सहमतिको प्रयास भइरहेको जनमतका नेता वीपी साहले जानकारी दिए ।

मधेस प्रदेशमा यादवलाई हालसम्म ७२ सांसदको समर्थन छ । यादवलाई लोसपाले पनि समर्थन जनाएको छ । उनलाई आफ्नै दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीको १३, लोसपाको ९, नेकपा माओवादी केन्द्रको ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १/१ र १ स्वतन्त्र प्रदेशसभा सदस्यले समर्थन गरेका हुन् । माओवादी केन्द्रका दुईजना सांसदको शपथ विवादको कारण रोकिएको छ ।

जसपाले मुख्यमन्त्री बाहेक ३, एमाले ३ र जनमतले पनि तीन मन्त्रालयको दावी गरेका छन् । तीनै दलको प्रथामिकतामा अर्थ, भौतिक पूर्वाधार र सामाजिक विकास मन्त्रालय छ । त्यस्तै माओवादी केन्द्रले २, लोसपाले कम्तिमा १ मन्त्रालय दिन माग गरिरहेका छन् । मधेश प्रदेशमा १० मन्त्रालय छ ।

यो प्रदेशमा एमालेले सभामुख र जनमतले उपसभामुख पाउने भागबण्डा समेत भइसकेको छ । एमाले ३, जसपा र जनमतले २–२ मन्त्रालय भागबण्डामा पाउने सम्भावना छ । बाँकी तीन मन्त्रालयबाट माओवादी केन्द्र, लोसपा र स्वतन्त्र सांसदलाई दिने तयारी भएको श्रोतले जनाएको छ ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content