बाराको रामपुर टोलमा यादव र साहको रात्री सभा, जसपा पार्टीका उम्मेदवारलाई जिताउने प्रतिबद्धता
कलैया , बारा
कार्तिक १९ गते।
बाराको क्षेत्र नम्बर ३ मा जसपा पार्टीका उम्मेदवार जित सुनिश्चित रहेको मतदाताहरु बताउँछन् ।
जसपा पार्टीबाट क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामबाबू कुमार यादव र क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार पारस प्रसाद साहको प्रतिस्पर्धी नै कोही नभएका रामपुर टोलका मतदाताहरुले ठोकुवा गरेका छन् ।
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुर टोलमा शुक्रवार सम्पन्न रात्री सभामा सहभागी मतदाताहरुले क्षेत्र नम्बर ३ बाट दुवै उम्मेदवारको जित सुनिश्चित रहेको बताए । रात्री सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुर्व सांसद यादव समेत रहेका यादवले विकास र परिवर्तनका लागि आफुलाई मतदान गर्न आग्रह गरेका छन् ।
आफु सांसद सम्म गरेका कामहरुको फेहरिस्त हेर्न आग्रह गर्दै उनले आफुले जितेमा बारा क्षेत्र नम्बर ३ को कायापलट गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । जसपा पार्टीका उम्मेदवारलाई भारी मतका साथ जिताउन आग्रह गरेका हुन् ।
रात्री सभालाई सम्बोधन गर्दै क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार पारस प्रसाद साहले सबै क्षेत्रमा बिकास गर्ने जिम्मेवारी समहाल्दा पनि आफुले उल्लेख्य काम गरेको स्मरण गर्दै उनले जनतालाई निराश नबनाउने विश्वास दिलाएका छन् ।
रामपुर टोलमा रात्री सभामा यादव र साह जनसागर उर्लिएको थियो। रात्री सभामा सहभागीहरुले दुवै जना जनताले खोजेको जस्तै नेता भएको बताउँदै जसपाकै उम्मेदवारलाई मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रात्री सभालाई प्रकाश चौगाइ, सुजित पाण्डे , कमलेश मण्डल , इन्द्रदेव प्र. यादव लगायतले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया