सन्दिप प्रसाद यादव
कलैया ,बारा
"श्री गढीमाई राष्ट्रिय दैनिकका सह -सम्पादक सन्दिप यादव सहित महिला अस्मिता खनाल गरी ६५ जनाले गरे कलैयामा रक्तदान
"रक्तदान गरि ,गरौँ जीवनदान" भन्ने मुल नाराका साथ बाराको कलैयाको भरत चौकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।कलैया उपमहानगरपालिका वडा नम्बर -६ का वडाध्यक्ष रामविश्वास ठाकुरको अायोजनामा भएको रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।रक्तदान कार्यक्रमलाई जिनियस डान्स एकेडेमी ,गोपाल सेवा समिति र करण राज होटल पैलेसले सहयोग गरेका थिए।कलैया उपमहानगरपालिका वडा नम्बर -६ का वडाध्यक्ष रामविश्वास ठाकुरको अध्यक्ष्ातामा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथि जसपाका नेता एवम् पुर्व प्रतिनिधिसभा सदस्य रामबाबु प्रसाद
यादव रहनु भएको थियो ।मधेस प्रदेशका पुर्व प्रदेश सभा सदस्य पारस प्रसाद साह, जिनियस एकेडेमीका प्रमुख अंकुश ब्याहुत ,गोपाल सेवा समितिका जंगबहादुर प्रसाद यादव ,साझेदारी प्रहरी सेवाका प्रमुख ,चर्चित समाजसेवी एवम् मुस्लिम अगुवा महम्मद सागिर लगायतको विशेष उपस्थिति रहेको थियो।बिहान ७:०० बजे देखि सुरु भएको रक्तदानमा श्री गढीमाई राष्ट्रिय दैनिकका सह-सम्पादक सन्दिप प्रसाद यादव
सहित ,१ महिला अस्मिता खनाल गरी ६५ जनाले रक्तदान गरेको रक्त सञ्चार सेवा समिति बिरगंजकि सभापति मधु राणाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताईन ।उनले भनिन् कि अहिले रगतको कमि हुन नदिन यस्तो कार्यक्रमको अायोजना भएको बताईन।प्रमुख अतिथि रामबाबु प्रसाद यादवले सबै सेवा मध्ये रगतदान गर्नु ,जीवन दान नै गर्ने जस्तो भएकाले यसको महत्त्व अरु सेवासँग तुल्ना गर्न नमिल्ने बताउनुभयो।बाराबासीको चाहना बमोजिम निरन्तर रुपले संघ ,संस्था तथा जनप्रतिनिधिले काम गर्दे अाएको त्यसको उदाहरण वडा नम्बर -६ का वडाध्यक्ष रामविश्वास ठाकुर भएको बताउनुभयो
।वक्ताहरुले रगतको अभाव हुन नदिन सबैले यस्तो महान कार्यमा सहभागिता जनाउनुपर्ने भनाई राखेका थिए।कलैयाका जनताको मनोभावना बुझि अाफूले काम गर्दै अाएको अायोजक एवम् कलैया उपमहानगरपालिका वडा नम्बर -६ का वडाध्यक्ष रामविश्वास ठाकुरले बताउनुभयो ।हामी सक्दो समाजसेवा गर्ने भएकोले अहिले रक्तदानको अायोजना गरेर वडाबासी तथा कलैयाबासीको सेवा तल्लीन भएको वडाध्यक्ष ठाकुरले बताउनुभयो।रगत दानपछि खुशी महशुस भएको रगत दिएकि अस्मिता खनालले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताईन।रगत खाली पुरुषले दिदै अाएकोमा ती भ्रम हटाउनको निम्ति अाफू पनि रक्तदान गरेको महिला खनालले बताईन।६५ जनाले गरेको रक्तदानलाई अमुल्य दान भएको भन्दै रक्तदान गर्नेलाई अायोजकले फलफूल खुअाउनुको साथै प्रशंसा पत्र दिएर सम्मानित गरेका छन्। बाराबाट नियमितरुपले बिरगंज रक्त संचार केन्द्रमा रगत जाने गरेका छन् ।रक्तदानले बाराबासी नै हर्षित भएका छन् ।
प्रतिक्रिया