Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

पश्चिम अफ्रिकी देश चाडमा रहेका शरणार्थीको सहयोगका लागि राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले पश्चिम अफ्रिकी देश चाडमा रहेका शरणार्थीको सहयोगका लागि आग्रह गरेको छ । पछिल्लो समयमा देखिएको र...
संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले पश्चिम अफ्रिकी देश चाडमा रहेका शरणार्थीको सहयोगका लागि आग्रह गरेको छ ।
पछिल्लो समयमा देखिएको राजनीतिक लगायतका सङ्कटका कारण यहाँका शरणार्थीहरूको अवस्था निकै सङ्कटपूर्ण रहेको जनाइएको छ ।
चाडमा पाँच लाख ७५ हजारभन्दा बढी शरणार्थी रहेका र उनीहरुलाई सहयोग नपुगेको संयुक्त राष्ट्रसङ्घीय प्रवक्ताले जनाएका छन् । उनका अनुसार यहाँ हरेक दिन शरणार्थीहरू बढ्ने क्रम जारी रहेको छ ।
संयुक्त राष्ट्रसङ्घीय महासचिवका प्रवक्ता स्टेफान डुजारिकले चाडमा रहेका शरणार्थीको अवस्था नाजुक रहेको भन्दै सहयोगका लागि सबैसँग अपिल गर्नुभएको हो । उहाँले चाडमा सन् २०२० का तुलनामा यसवर्ष शरणार्थी बढेर दोब्बर पुगेका पनि बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घले हालैमात्र सरकारहरूले राखेका तथ्याङ्कमा भन्दा पनि बढी शरणार्थीहरू अफ्रिकी देशहरूमा रहेका र उनीहरूका समस्या समाधानका लागि ठोस पहल हुन नसकेको बताएको एक दिनपछि आज प्रवक्ता डुजारिकको सो प्रतिक्रिया आएको हो ।
राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता डुजारिकले यहाँ पछिल्ला दिनहरूमा शरणार्थी बढ्दै गएका भए पनि संयुक्त राष्ट्रसङ्घीय खाद्य कार्यक्रमले आवश्यकताको १० प्रतिशत मात्र सहयोगको तयारी गरेको बताउनुभएको हो ।
उता हाल देखा परिरहेका शरणार्थीहरूमा पनि आगामी दिनमा उक्त सङ्ख्या थप बढ्ने चेतावनी पनि संयुक्त राष्ट्रसङ्घले दिएको छ ।संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो ग्रान्डीले अफ्रिकी देशहरूमा शरणार्थीहरूको सङ्ख्या बढ्दै गएसँगै कतिपय स्थानमा उनीहरूको अवस्था थप अज्ञात तथा नाजुक बन्दै गएको बताउनुभएको थियो ।
सोमालियमा मात्र यसवर्ष कम्तीमा दश लाख नागरिक खडेरीका कारण विस्थापित भएका तथ्याङ्क संयुक्त राष्ट्रसङ्घसँग रहेको छ । सोमालियमा नै आन्तरिक राजनीतिक विवाद र हिंसाका कारण विस्थापित भएकाहरूको सङ्ख्या कम्तीमा पनि पाँच लाख रहेको छ ।
पछिल्ला केही वर्षयतादेखि चाड बाढी र पहिरोबाट बढी मात्रामा पीडित भएको छ । केही वर्षयताको बाढीबाट चाड प्रभावित भएको र यहाँका नागरिक लाखौँको सङ्ख्यामा विस्थापित भएका छन् । रासस/सिन्ह्वा

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content