स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

पश्चिम अफ्रिकी देश चाडमा रहेका शरणार्थीको सहयोगका लागि राष्ट्रसङ्घको आग्रह

SHARE:

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले पश्चिम अफ्रिकी देश चाडमा रहेका शरणार्थीको सहयोगका लागि आग्रह गरेको छ ।
पछिल्लो समयमा देखिएको राजनीतिक लगायतका सङ्कटका कारण यहाँका शरणार्थीहरूको अवस्था निकै सङ्कटपूर्ण रहेको जनाइएको छ ।
चाडमा पाँच लाख ७५ हजारभन्दा बढी शरणार्थी रहेका र उनीहरुलाई सहयोग नपुगेको संयुक्त राष्ट्रसङ्घीय प्रवक्ताले जनाएका छन् । उनका अनुसार यहाँ हरेक दिन शरणार्थीहरू बढ्ने क्रम जारी रहेको छ ।
संयुक्त राष्ट्रसङ्घीय महासचिवका प्रवक्ता स्टेफान डुजारिकले चाडमा रहेका शरणार्थीको अवस्था नाजुक रहेको भन्दै सहयोगका लागि सबैसँग अपिल गर्नुभएको हो । उहाँले चाडमा सन् २०२० का तुलनामा यसवर्ष शरणार्थी बढेर दोब्बर पुगेका पनि बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घले हालैमात्र सरकारहरूले राखेका तथ्याङ्कमा भन्दा पनि बढी शरणार्थीहरू अफ्रिकी देशहरूमा रहेका र उनीहरूका समस्या समाधानका लागि ठोस पहल हुन नसकेको बताएको एक दिनपछि आज प्रवक्ता डुजारिकको सो प्रतिक्रिया आएको हो ।
राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता डुजारिकले यहाँ पछिल्ला दिनहरूमा शरणार्थी बढ्दै गएका भए पनि संयुक्त राष्ट्रसङ्घीय खाद्य कार्यक्रमले आवश्यकताको १० प्रतिशत मात्र सहयोगको तयारी गरेको बताउनुभएको हो ।
उता हाल देखा परिरहेका शरणार्थीहरूमा पनि आगामी दिनमा उक्त सङ्ख्या थप बढ्ने चेतावनी पनि संयुक्त राष्ट्रसङ्घले दिएको छ ।संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो ग्रान्डीले अफ्रिकी देशहरूमा शरणार्थीहरूको सङ्ख्या बढ्दै गएसँगै कतिपय स्थानमा उनीहरूको अवस्था थप अज्ञात तथा नाजुक बन्दै गएको बताउनुभएको थियो ।
सोमालियमा मात्र यसवर्ष कम्तीमा दश लाख नागरिक खडेरीका कारण विस्थापित भएका तथ्याङ्क संयुक्त राष्ट्रसङ्घसँग रहेको छ । सोमालियमा नै आन्तरिक राजनीतिक विवाद र हिंसाका कारण विस्थापित भएकाहरूको सङ्ख्या कम्तीमा पनि पाँच लाख रहेको छ ।
पछिल्ला केही वर्षयतादेखि चाड बाढी र पहिरोबाट बढी मात्रामा पीडित भएको छ । केही वर्षयताको बाढीबाट चाड प्रभावित भएको र यहाँका नागरिक लाखौँको सङ्ख्यामा विस्थापित भएका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: पश्चिम अफ्रिकी देश चाडमा रहेका शरणार्थीको सहयोगका लागि राष्ट्रसङ्घको आग्रह
पश्चिम अफ्रिकी देश चाडमा रहेका शरणार्थीको सहयोगका लागि राष्ट्रसङ्घको आग्रह
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/10/blog-post_763.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/10/blog-post_763.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content