Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

सत्ता गठबन्धनले राजेन्द्र छाडेर किन गर्‍यो महिन्द्रलाई समर्थन ?

२६ असोज, सर्लाही । जनता समाजवादी पार्टी (जसपा) एमालेतिर लागेपछि सत्तारुढ दलहरुले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई गठबन्धनमा सामेल गर...

२६ असोज, सर्लाही । जनता समाजवादी पार्टी (जसपा) एमालेतिर लागेपछि सत्तारुढ दलहरुले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई गठबन्धनमा सामेल गराए । लोसपालाई प्रतिनिधिसभाको ७ र प्रदेशसभाको १६ सिट दिन सत्तारुढ दलहरु सहमत भए, तर सर्लाही–२ को प्रतिनिधिसभा क्षेत्रमा सहमति जुटेन ।

त्यसैले मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भयो । प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रको चुनाव चिह्न लिने गरी नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव र लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोसहित १७ जनाले उम्मेदवारी दिए ।

उम्मेदवारहरु चुनाव प्रचार प्रसारमा पनि हिँडिसके । बागीको विवाद पनि छैन । तर बुधबार गठबन्धनले वक्तव्य निकालेर महेन्द्र आफूहरुको उम्मेदवार भएको बताएका छन् । शीर्ष नेताहरुले हस्ताक्षर गरेको वक्तव्यमा भनिएको छ, ‘सर्लाही जिल्ला क्षेत्र नम्बर २ प्रतिनिधि सभामा सत्तारुढ गठबन्धनका साझा उमेदवार महेन्द्र राय यादव र सर्लाही २ प्रदेश सभा (१) मा सुनिल साह र २ मा कौशलन्द्र किशोर राय यादव उम्मेदवार रहनुभएको यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’

गठबन्धन यो विज्ञप्ति निकाल्ने निर्णयमा किन पुग्यो त ? नेताहरुका अनुसार यो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जोडबलमा आएको वक्तव्य हो ।

नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रको चुनाव चिह्न लिने सहमति गर्दा नै सर्लाही–२ को टिकट महिन्द्रलाई दिलाउने बचन प्रचण्डले डा. बाबुराम भट्टराईलाई दिएका थिए । सत्ता गठबन्धनको सिट बाँडफाँटमा पनि माओवादी केन्द्रले सर्लाही–२ कुनै हालतमा छाडेन । जबकी स्थानीय तहको मतका आधारमा कांग्रेस बलियो छ र कांग्रेसका जंगीलाल रायले पाँच वर्षदेखि चुनावको तयारी गरेका थिए ।

एक नेताका अनुसार उपेन्द्र यादव नेतृत्वको जसपा गठबन्धनबाट बाहिरिनुको एउटा कारण सर्लाही २ पनि हो । किनकी यो क्षेत्रमा जसपाको पनि दाबी थियो, तर प्रचण्डले सुन्नै चाहेनन् । जसपा, एमालेतिर लागेपछि लोसपा गठबन्धनमा आयो, तर सर्लाही २ मा माओवादीलाई दिन अरु दल सहमत भइसकेका थिए ।

लोसपाले वरिष्ठ नेता महतोका लागि यो क्षेत्र लिन चाहे पनि पाएन र मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भयो । प्रदेशसभाको दुई सिटमध्ये (क) कांग्रेसले लियो भने (ख) लोसपाले पायो । २३ असोजमा उम्मेदवारी दर्ताको दिन कांग्रेसका जंगलाल र लोसपा महतो र मेयुर चौधरी ‘लोसपा र कांग्रेसबाट साझा उम्म्मेदवार’ लेखिएको ब्यानरसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

सत्ता गठबन्धनको साझा उम्मेदवार राजेन्द्र भएको सन्देश जाने देखेपछि महेन्द्र राय पक्षलाई झस्कायो । त्यसको असर बुधबार सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा पनि देखियो । बैठकमा माओवादी अध्यक्ष प्रचण्डले सर्लाही २ मा राजेन्द्र महतोले सत्ता गठबन्धनसँग मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको स्मरण गराए ।

कांग्रेस उम्मेदवार, महतोतिर उभिएको देखेर हुनुपर्छ, उनले बैठकमा कांग्रेसले कसलाई भोट हाल्छ भनेर प्रश्न गरेका थिए । प्रचण्डले सर्लाही–२ मा महिन्द्र नै सत्ता गठबन्धनको उम्मेदवार भएको र कांग्रेसले उनलाई मत दिनुपर्ने बताएपछि शीर्ष नेताहरुले वक्तव्य नै जारी गर्नुपरेको बैठकमा सहभागी एक नेताले बताए ।

कतिसम्म भने सत्ता गठबन्धनले सर्लाही–२ को प्रदेशसभा सिट बाँडफाँटबारे कांग्रेस सभापति शेरबहादुर देउवा र महन्थ ठाकुरबीच भएको सहमतिलाई पनि अस्वीकार गरेको छ । लोसपा गठबन्धनमा आउनुअघि भएको सिट बाँडफाँटअनुसार नै प्रदेशसभा (क) मा माओवादी केन्द्रका सुनीलकुमार शाह र (ख)मा कांग्रेसका कौशल किशोर राय नै सत्ता गठबन्धनको उम्मेदवार भएको वक्तव्यमा उल्लेख छ ।

आक्रोशित महतो

सत्ता गठबन्धनका शीर्ष नेताहरुको वक्तव्यप्रति लोपाका वरिष्ठ नेता महतोले असन्तुष्टि जनाएका छन् । षड्यन्त्रपूर्ण र जनतालाई गुमराहमा राख्ने गरी वक्तव्य आएको भन्दै उनले अनलाइनखबरसँग भने, ‘दुबैलाई मिलाएर विज्ञप्ति निकाल्नुपर्नेमा निकालिएन । यो नेताहरुको असक्षमता हो ।’

महिन्द्र राय भने गठबन्धनको उम्मेदवार आफू भएको बताउँछन् । ‘सहमति नै यही भएको थियो’ उनी भन्छन्, ‘आजको विज्ञप्ति अनुसार हामी तीनै जना गठबन्धनको आधिकारिक उम्मेदवार हौं ।’

प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका जंगीलाल भने सबै गठबन्धनको उम्मेदवार भएको बताउँछन् । ‘यो निर्णय नगरे पनि हुन्थ्यो’ रायले अनलाइनखबरसँग भने, ‘पहिलाको पनि आधिकारिक नै हो, अहिलेको पनि आधिकारिक नै हो ।’

यस्तो छ अंकगणित

सर्लाही क्षेत्र नम्बर २ मा ५ पालिका र दुई पालिकाको केही वडा पर्दछ । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनका आधारमा हेर्दा सर्लाही २ मा कांग्रेस सबभन्दा बलियो छ ।

वडाध्यक्षका उम्मेदवारहरुले पाएको मत हेर्दा कांग्रेसको २४ हजार ६२० छ भने जसपाको १९ हजार ६४२, लोसपाको १२ हजार ३६६, माओवादी केन्द्रको ७ हजार ७३७ र एकीकृत समाजवादीको २ हजार २२१ मत छ ।

यसरी हेर्दा सर्लाही–२ को प्रतिनिधिसभा सदस्यको चुनावमा कांग्रेसको मत नै निर्णायक हुने देखिन्छ । यद्यपि महतो र यादव दुबै आफू अत्यधिक मतले जित्ने दाबी गर्छन् । ‘यस क्षेत्रका बासिन्दाको साथ र सहयोग छ’ लोसपाका उम्मेदवार महतोले अनलाइनखबरसँग भने, ‘जनताले विजयी गराउनेमा आशावादी छु ।’

महतोका प्रतिस्पर्धी एवं नेसपाका अध्यक्ष राय पनि आफू सहजै जित्ने दाबी गर्छन् । ‘यो गठबन्धनको पक्षमा जनमत आउँछ । विगतमा पनि यहींका जनताले जिताए । अहिले त गठबन्धन भएकाले सहज ढंगले जित्नेमा ढुक्क छु ।’


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content