Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

मनाङ : २८ मतदान केन्द्र, ६ हजार सात सय ७९ मतदाता

मनाङ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा २८ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये चामे पा...

मनाङ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा २८ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये चामे पाँच, नांसो र मनाङ ङिस्याङ गाउँपालिकामा नौ/नौवटा मतदान केन्द्र तोकिएका छन् ।

यस्तै जिल्लाको अति विकट नार्पाभूमि गाउँपालिकामा पाँच मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ । भौगोलिक विकटता, मतदाता र मतदान केन्द्रको दूरी र सुरक्षा पोस्टको पहुँच गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको चुनावको समीक्षासहितका विभिन्न सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण पनि गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनु भएको छ ।

उहाँ भन्नुहुन्छ, “अतिसंवेदनशील र संवेदनशील सूचीमा परेका मतदान केन्द्रमा सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइने छ । निर्वाचन सामग्री लैजाने र मतदानसँगै मतदानपश्चात् सुरक्षा व्यवस्था प्रबन्ध, जनशक्ति व्यवस्थापन आदिको प्रबन्ध संवेदनशीलताका आधारमा गरिने छ । “सबैजसो स्थानीय तहका केही मतदान केन्द्र संवेदनशील सूचीमा रहेका छन् । योसँगै संवेदनशीलताका आधारमा चारवटै सुरक्षा निकाय एकसाथ परिचालन गर्ने नीति बनाइएको छ । ” उहाँले भन्नुभयो ।

उहाँका अनुसार हरेक स्थानीय तहमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थित हुनेछ । पहिलो घेराभित्र रहेको सुरक्षा निकायभित्र ३० मिनेटभित्रै ब्याक फोर्स पुग्ने व्यवस्था गरिने छ । जिल्लाका एक प्रतिनिधिसभा तथा दुई प्रदेशसभा निर्वाचन क्षेत्रका लागि आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा तीन हजार दुई य ८१ पुरुष र तीन हजार चार सय ९८ जना महिला गरी कूल ६ हजार सात सय ७९ मतदाताले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content