$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

माओवादी अध्यक्ष गोरखा–२ बाट चुनाव लड्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा क्षेत्र नं २ बाट निर्वाचन लड्ने हुनुभएको छ । माओवादीको शुक्रबार...

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा क्षेत्र नं २ बाट निर्वाचन लड्ने हुनुभएको छ । माओवादीको शुक्रबार साँझ बसेको पदाधिकारी बैठकले अध्यक्ष दाहाल गोरखा क्षेत्र नं २ बाट निर्वाचन लड्ने निर्णय गरेको सचिव गणेश साहले जानकारी दिनुभयो ।

गोरखा क्षेत्र नं २ को प्रदेशसभातर्फ माओवादी र नेपाली कांग्रेसको उम्मेदवार बन्ने बताइएको छ । गोरखा क्षेत्र नं २ मा २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्र विजयी भएको थियो । विसं २०६४ मा माओवादी नेता डा बाबुराम भट्टराई विजयी हुनुभएको थियो । यस्तै २०७० सालमा माओवादी केन्द्रका नेता हितराज पाण्डे सोही क्षेत्रबाट विजयी हुनुभएको थियो ।

विसं २०७४ को निर्वाचनमा नेपाली कांग्रेसको सहयोगमा डा भट्टराई पुनः निर्वाचित हुनुभएको थियो । डा भट्टराईले आसन्न निर्वाचनमा प्रतिस्पार्धा नगर्ने सार्वजनिक गरिसक्नुभएको छ । अध्यक्ष दाहाल २०७४ सालको निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट विजयी हुनुभएको थियो ।

पदाधिकारी बैठकमा अध्यक्ष दाहालले सिट बाँडफाँटका बारेमा गठबन्धनमा भएको छलफलको व्रिफिङ गराउनुभएको थियो । अध्यक्ष दाहालले प्रतिनिधिसभातर्फ करिब ४७ सिट माओवादीले पाएको र अझै केही सिटको बाँडफाँट अन्तिम टुङ्गोमा पुग्न बाँकी रहेको जानकारी गराउनुभएको सचिव साहले जानकारी दिनुभयो । “बैठकमा अध्यक्ष दाहालले गठबन्धन बैठकमा भएको सिट बाँडफाँटका बारेमा जानकारी गराउनुभयो”, उहाँले भन्नुभयो ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content