Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

गौरको पूर्वमेयरसँग माधव नेपालको प्रतिस्पर्धा

२४ असोज, रौतहट । ‘यहीं जन्मेको छु, यहीं हुर्केको छु, यहीं पढेको छु’ प्रतिनिधिसभा सदस्यका लागि रौतहट–१ बाट उम्मेदबारी दर्ता गराएपछि नेकपा एकी...

२४ असोज, रौतहट । ‘यहीं जन्मेको छु, यहीं हुर्केको छु, यहीं पढेको छु’ प्रतिनिधिसभा सदस्यका लागि रौतहट–१ बाट उम्मेदबारी दर्ता गराएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पत्रकारहरुसँग आफूले चुनाव जित्ने अधार पेश गर्दैन भने ।

रौतहटका नगरिकले बोलाएकाले नै आफूले उम्मेदवारी दिएको भन्दै उनी चुनाव जित्नेमा विश्वस्त देखिए ।

रौतहट सदरमुकामसमेत रहेको गौर नगरपालिका–१ मा नेपालको पुख्र्याैली घर छ । जुन रौतहट–१ मै पर्छ । यसअघि २०५६ को आम चुनाव र २०७० सालको दोस्रो संविधानसभा चुनावमा नेपाल यसै क्षेत्रबाट निर्वाचित भए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने उनी तत्कालिन नेकपा माओवादीका उम्मेदबार देबेन्द्र पटेलसँग पराजित भएका थिए ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–२ बाट निर्वाचित भएका नेपाल यस पटक फेरि आफ्नो गृहजिल्लामा पुगे । तर उनले यसअघि चुनाव जितेको पार्टी छाडेर आफ्नै नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीबाट चुनाव लड्दैछन् ।

एमालेबाट पूर्वमेयर उम्मेदवार 

रौतहट–१ बाट नेपालसहित १७ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । उनको पूर्वपार्टी नेकपा एमालेले अजयकुमार गुप्तालाई उम्मेदवार बनाएको छ । नेता नेपाल नेकपा एमालेमा छँदा पटक पटक चुनाव जितेको हुनाले यो क्षेत्रमा एमाले पनि कमजोर छैन । तर यसपटक एमालेका नेता नवप्रवेशी भएकाले एमालेको मत पनि आफूतिर आउने एकीकृत समाजवादीका नेताहरु बताउँछन् ।

तत्कालिन राजपाबाट २०७४ को स्थानीय तहको चुनावमा गौर नगरपालिकाको मेयरमा निर्वाचित गुप्ता गत २३ साउनमा मात्र एमाले प्रवेश गरेका हुन् । ३० वैशाखमा भएको स्थानीय चुनावमा राजपाबाटै उनी मेयरको उम्मेदबार बनेका थिए । तर एकीकृत समाजवादीका शम्भु साहसँग पराजित भएपछि उनी एमाले प्रवेश गरे ।

गुप्ता यस पटकको निर्वाचनमा नेता नेपाललाई आफूले हराउने दावी गर्छन् । रौतहट १ विकासमा पछि पर्नुमा यहाँबाट निर्वाचित सांसदको पनि भूमिका रहेको बताउँदै उनी यस पटक जनताले आफूलाई जिताउने जिकिर गर्छन् ।

‘विगतका जनप्रतिनिधिले जसरी विकास गर्नुपर्ने हो त्यो गरेको छैन’ उनले भने, ‘जनताले त्यसको मूल्यांकन गरेका छन् । अब मलाई जिताउँछन् ।’

रौतहट–१ मा पाँचवटा स्थानीय तह छन् । ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पाँचवटै पालिकामा सत्तारुढ गठबन्धनमा रहेका दलकै उम्मेदवारले जितेका छन् । गौर र राजदेवी नगरपालिकाको मेयरमा एकीकृत समाजवादीकै उम्मेदवार निर्वाचित भएका छन् । माधवनारायण नगरपालिकामा नेपाली कांग्रेस, यमुनामाई गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी र दुर्गा भगवती गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उमेदवार निर्वाचित भएका छन् ।

गरुडा नगरपालिकाको एउटा वडा र गढीमाई नगरपालिकाको ३ वटा वडा पनि रौतहट–१ मै पर्छ । यी वडाको वडाध्यक्ष पनि पनि सत्तारुढ गठबन्धनकै उम्मेदवार निर्वाचित भएका एकीकृत नेकपा समाजवादीका जिल्ला अध्यक्ष कमल राय यादवले बताए ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रौतहट–१ बाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झा निर्वाचित भएका थिए । झा यस पटक धनुषा–३ मा उम्मेदवार बनेका छन् र लोसपा सत्तारुढ गठबन्धनमै छ । त्यसैले झाको समर्थन पनि नेपाललाई नै रहने एकीकृत समाजवादीका नेताहरु बताउँछन् ।

‘उहाँ (माधवकुमार नेपाल) को जितमा कुनै द्विविधा नै छैन’, अध्यक्ष यादव भन्छन्, ‘उहाँको जन्मस्थल गृह जिल्ला रहेको र यहाँ विकासका काममा उहाँको धेरै योगदान रहेकाले हामी बढी मतान्तरले जित्नेमा ढुक्क छौं ।’


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content