जसपा पार्टी तर्फ बाट बारा जिल्लाबाट समानुपातिक प्रदेश सभाका लागि पाण्डेको नाम सिफारिस
सन्दिप यादव
कलैया ,बारा
भदौ १८ गते ।
जसपा पार्टीले बारा जिल्ला बाट प्रदेश सभा सदस्यको लागि समानुपतिक तर्फबाट सुजित पाण्डेको नाम सिफारिस गरेको छ ।
जसपा पार्टीको सम्पन्न भेलाले पार्टीका समाजवादी युवा संघका मधेश प्रदेश सदस्य एवम् बारा जिल्ला युवा समिति अध्यक्ष समेत रहेको पुरुष सुजित पाण्डेको नाम समानुपातिक तर्फ सिफारिस गरेको हो ।
(खस-आर्य पुरूष) नेता सुजित पाण्डे एक दशक भन्दा बढी जसपा पार्टीबाट राजनितिक गर्दै समाज सेवामा योगदान पुर्याउदै आएका छन् ।
प्रदेश सभा सदस्यको लागि समानुपातिक तर्फ सिफारिस गरेर पार्टीका क्षेत्रिय समितीले उनको पार्टी र समाजप्रती पुर्याएको योगदानको सहि मूल्यांकन गरेको छ ।
प्रतिक्रिया