Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

सर्वोच्चमा नेपाल बारको धर्ना

काठमाडौँ । नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउँदै मूल गेटमा धर्ना दिएक...

काठमाडौँ । नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउँदै मूल गेटमा धर्ना दिएको छ । 

आज बिहान बसेको नेपाल बारको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेपछि बिहान १०ः०० बजेदेखि साढे एक घण्टा धर्ना दिएको हो । 

निलम्बित प्रधानन्यायाधीश जबरा अदालत आउने सूचना पाएकाले सर्वोच्चको गेटमा धर्ना दिनुपरेको नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । 

उहाँले निलम्बित अवस्थामा जबरा सर्वोच्च अदालत प्रवेश गर्ने विषय कल्पना नै गर्न नसकिने बताउनुभयो । 

निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च आउने भन्ने सूचना आएको भन्दै नेपाल बारको  आजै आकस्मिक बैठक बसेको थियो । बारको आकस्मिक बैठकले जबरा सर्वोच्च अदालत आउने प्रयास गरेमा गेटमा शान्तिपूर्ण प्रदर्शन गर्ने र उहाँलाई भित्र छिर्न नदिने घोषणा गरेको थियो ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च आउने भन्ने बारे आफूलाई औपचारिक जानकारी नभएको बताउनुभयो ।

सर्वोच्च अदालतको मुख्य गेट अगाडि नेपाल बारका पदाधिकारी र कानुन व्यवसायीले धर्ना दिएपछि अघिल्लो दिनको तुलनामा प्रहरीको तैनाथी बढाइएको थियो । 


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content